Thursday, November 16, 2017

नरक




डेविड क्लाउड

नरक, परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरूका लागि बनाइएको दण्ड-स्थान र कारागार हो। यो ठाउँ शैतान र त्यसका विद्रोही दूतहरूका निम्ति तयार पारिएको थियो (मत्ती २५:४१)। मुक्ति नपाएका मानिसहरू पनि त्यहीँ जानेछन् (मत्ती २५:४१-४६)। पुरानो नियममा प्रयोग गरिएको नरक (शिओल)भन्ने शब्दका दुईटा माने छन्। कुनै-कुनै ठाउँमा यसले मृतकको शरीर विसाइएको स्थान [अथवा चिहान] लाई जनाउँदछ (भजनससङ्ग्रह ६:५; उपदेशक ९:१०; यशैया ३८:१८,१९)। तर, प्रायः यसले [शरीरबाट] विदा भएका आत्माहरू जाने ठाउँलाई जनाउँदछ (उत्पत्ति ३७:३५; व्यवस्था ३२:२२; भजनसङ्ग्रह ९:१७; १६:१०; ५५:१५; ३०:३; हितोपदेश ९:१८; १५:२४; २३:१४; यशैया ५:१४; १४:१५; इजिकिएल ३१:१६; ३२:२१,२७)।

नरक कस्तो स्थान हो?
दण्डको स्थान (मत्ती २५:४६)
निर्वासनको स्थान (२ थेस्सलोनिकी १:९)
आगोको स्थान (मत्ती १३:४२,५०; मर्कूस ९:४४-४८; प्रकाश २०:१५; १४:१०)
पीडाको स्थान (लूका १६:२३; प्रकाश २०:१०)
किराहरूको स्थान (मर्कूस ९:४४,४६,४८; यशैया ६६:२४)
अन्धकारको स्थान (२ पत्रुस २:१७; यहूदा १३)
चेतना र संवेदनाको स्थान (लूका १६:२३)
तिर्खाको स्थान (लूका १६:२४)
उम्कने आशा नभएको स्थान (लूका १६:२६)
अपूरा अभिलाषाहरू हुने र विन्तीका सुनाइ नहुने स्थान (लूका १६:२७-३१)
रूवाबासी र दाह्राकिटाइको स्थान (मत्ती २५:३०; २४:५१)
पछुतो लागिरहने स्थान (लूका १६:२७-२८)
नरकमा के के हुनेछैन?
निम्‍न कुराहरू नरकमा हुनेछैन: परमेश्वर, बाइबल, ख्रीष्टियनहरू, भजनहरू, आफ्ना साथी तथा प्रियजनहरूसँगको सङ्गति, उज्यालो, उम्कने आशा, प्रेम र दया, सुख, सान्त्वना, सुसमाचारको प्रचार, विश्राम, दुख्‍ने कम गराउने औषधी, पुस्तकहरू, पशुपक्षीहरू, पैसा, मनोरञ्जन, स्वतन्त्रता, रोजाइ, सहानुभूति, खेलकूद, आशा, कृपा।

के दुष्टहरू नरकमा अस्तित्वहीन भई जानेछन्?
पापीले नरकमा अनन्तसम्म कष्ट भोग्‍नेछ भन्ने कुरा बाइबलका सरल खण्डहरूले बताउँदछन् (मत्ती २५:४६; मर्कूस ९:४३-४८; प्रकाश १४:१०-११; १९:२०; २०:१०)
मुक्ति नपाएकाहरूको दण्ड बल प्रयोग गरी मारिनुभन्दा पनि कडा हुनेछ भनेर बाइबलले बताउँछ (मर्कूस ९:४२)। यस कुराले उक्त दण्ड अनन्त पीडा हो भन्ने बुझिन्छ, अस्तित्वहीन भएर जानु होइन।
येशूले भन्नुभयो, यहूदा कहिल्यै नजन्मेका भए बरू उसका लागि असल हुनेथ्यो (मत्ती २६:२४)। यहूदाको अस्तित्व यदि अन्त हुनेथ्यो भने येशूको भनाइ अर्थहीन हुनेथ्यो।
साभार: Way of Life Encyclopedia of the Bible & Christianity (1993), Edited by David W. Cloud.

No comments:

Post a Comment