Monday, November 13, 2017

१-चार्ली कोल्सन-युद्ध ढोलक बजाउने केटो









१-चार्ली कोल्सन-युद्ध ढोलक बजाउने केटो

परमेश्वरले, उहाँको कृपामा मेरो जीवनमा दुई वा तीनपटक मेरो हृदयलाई छुनुभयो, र मेरो परिवर्तनभन्दा पहिले दुई पटक म बेस्सरी कायल भएको थिएँ।

अमेरिकी युद्धको बेला म संयुक्त राष्ट्रको सेनामा चिकित्सक थिएँ, र गेट्टीसबर्गको युद्ध पछि त्यहाँ थुप्रै सयौं घाइते सेनाहरू अस्पतालमा थिए, जसमध्ये अठ्ठाइस जना यति सख्त घाइते थिए कि तिनीहरूलाई मेरो उपचार तुरुन्तै चाहिएको थियो; कसैको खुट्टाहरू काटिनुपर्ने थियो, कसैका हातहरू, र अरूहरूका दुवै हात र खुट्टा। पछिल्लो चोटि ल्याइएकाहरू मध्ये एकजना ठिटो थियो जोचाहिँ केवल तीन महिनादेखि मात्र सेवामा भर्ती भएको थियो, र सेनामा काम गर्नको लागि निकै कलिलो भएको हुनाले युद्ध ढोलक बजाउने (drummer boy) को सूचीमा राखिएको थियो। जब मेरो सहायक चिकित्सक र मेरो एकजना परिचारकले उसको अङ्ग विच्छेद गर्नुअघि उसलाई क्लोरोफोर्म (chloroform वा बेहोस् पार्ने रसायन) दिने इच्छा गरेका थिए, उसले आफ्नो मुख अर्कोतिर फर्काएर सकारात्मक तरिकाले नै त्यो लिन इन्कार गरिदिएछ। उक्त परिचारकले यो चिकित्सकको हुकुम हो भनेर भन्दा उसले यसो भनेछ, “चिकित्सकलाई मकहाँ पठाइदिनुहोस्”।

म उसको खाटको छेऊमा आएर उसलाई भनें: “जवान भाइ, तिमीले क्लोरोफर्म लिन किन इन्कार गर्यौ? जब मैले तिमीलाई युद्ध भूमीमा भेट्टाएको थिएँ, तिमी यति सख्त घाइते भइसकेको थियौ कि तिमीलाई बोकेर ल्याउनु बेकार जस्तो देखिएको थियो, तर जब तिमीले ती ठूला निला आँखाहरू उघार्यौ मैले कतै तिम्री आमाले त्यो समयमा तिनको छोराको बारेमा सोचिरहेकी होलिन् भन्ने सोचेँ। तिमी त्यहिँ युद्ध भूमीमै मरेको मैले चाहिनँ, त्यसैले तिमीलाई यहाँ लिएर आउने आज्ञा दिएँ, तर अब तिमीले क्लोरोफर्मबिना अपरेशन सहनलाई तिमी निकै शिथिल भइसकेको छौ किनभने तिम्रो धेरै रगत बहिसक्यो, त्यसैकारण तिमीलाई क्लोफर्म दिने मलाई अनुमति देऊ।”

उसले आफ्नो हात मेरो हातमा राख्यो, र मेरो अनुहारतर्फ हेर्दै भन्यो, “डाक्टर, सन्डे स्कूलको एउटा आइतबारको साँझ, जब म साँढे नौ वर्षको थिएँ, मैले प्रभु येशू ख्रीष्टलाई मेरो व्यक्तिगत मुक्तिदाताको रुपमा स्वीकार गरेँ। मैले त्यसघडि उहाँलाई भरोसा गर्न सिकेँ, त्यस दिन यता मैले सँधै नै उहाँलाई भरोसा गर्दै आइरहेको छु, र म जान्दछु म उहाँलाई अहिले पनि भरोसा गर्न सक्छु। उहाँ मेरो सामर्थ्य र मेरो आड हुनुहुन्छ; तपाईँले मेरो हात र खुट्टा काट्नुहुँदा उहाँले मलाई सहायता गर्नुहुनेछ।”

त्यसपछि उसलाई अलिकति ब्र्याण्डी मद्य (brandy) दिने अनुमति उसले मलाई दिन्छ कि भनी मैले उसलाई सोधेँ। फेरी उसले जवाफ दिँदै मेरो अनुहारमा हेर्यो, “डाक्टर, जब म पाँच वर्षको थिएँ मेरी आमा मेरो छेऊमा घुँडा टेकेर मेरो घाँटीमा अङ्गालो हाल्नुभयो र भन्नुभयो, “चार्ली, तिमीलाई कहिल्यै पनि कडा पेय पदार्थको स्वाद थाह नहोस् भनेर अब म प्रभु येशूलाई प्रार्थना गर्दैछु। तिम्रो प्यारो बुबा मतवाला भएर मर्नुभयो, र मतवालाको चिहानमा पुग्नुभयो, र मैले परमेश्वरलाई प्रतिज्ञा गरेकि थिएँ, कि यदि तिमी हुर्कनु उहाँको इच्छा हो भने, तिमीले अरु जवान मानिसहरूलाई त्यो तीतो कचौराको बारेमा चेतावनी दिनुपर्छ।” म अहिले सत्र वर्षको भएँ, तर मैले कहिल्यै पनि चिया र कफीभन्दा कडा पेय पदार्थ कुनैपनि चाखेको छैन, र जब हरेक सम्भावनामा म, मेरो परमेश्वरको उपस्थितिमा जाने वाला छु, के तपाईंले मलाई ब्र्याण्डी गन्हाउनेगरी पठाउनुहुन्छ?”

त्यो ठिटाले मलाई हेरेको नजर म कदापि बिर्सने छैन। त्यो समयमा मैले येशूलाई घृणा गर्दथेँ, तर उक्त ठिटाले उसको मुक्तिदातालाई देखाएको इमान्दारीलाई मैले आदर गरेँ, र जब उसले उहाँलाई अन्तिम सम्मै प्रेम गरेको र भरोसा गरेको देखेँ, त्यहाँ केहि-न-केहि थियो जसले मेरो हृदयलाई छोयो, र मैले त्यो केटाको निम्ति यस्तो काम गरेँ जुन काम मैले कहिल्यै कुनै सेनाको निम्ति गरेको थिइनँ—उसले प्रचारकलाई (chaplain) भेट्न चाहन्छ कि भनी मैले उसलाई प्रश्न गरेँ। “अहो! हुन्छ नि हजुर!” जवाफ यस्तो थियो।

जब प्रचारक आर— आउनुभयो, उहाँले त्यो बालकलाई पालमा हुने गरेको प्रार्थना सभामा प्राय: भेटेको हुनाले झट्टै चिन्नुभयो, र उसको हात समात्नुभयो, अनि भन्नुभयो, “अहो, चार्ली, तिमीलाई यो दु:खद अवस्थामा देख्नुपरेकोले म एकदम दु:खी छु।”

“अहो, म त एकदम ठीक छु, हजुर” उसले जवाफ दियो। “डाक्टरले मलाई क्लोरोफर्म लिने प्रस्ताव दिनुभयो, तर मैले इन्कार गरेँ, त्यसपछि उहाँले मलाई ब्र्याण्डी दिने इच्छा गर्नुभयो, त्यो पनि मैले इन्कार गरिदिएँ, र अब, यदि मेरो मुक्तिदाताले मलाई बोलाउनुभयो भने, म तयार छु, र म उहाँकहाँ ठीक हृदय लिएर जान सक्छु।”

“तिमी मर्दैनौ होला, चार्ली” प्रचारकले भन्नुभयो, “तर यदि परमप्रभुले तिमीलाई बोलाउनु भयो भने, तिमी उहाँकहाँ गएपछि तिम्रो लागि मैले गरिदिन सक्ने केहि छ कि?”

“प्रचारकज्यू, कृपया तपाईंको हात मेरो सिरानीमनि हाल्नुस् र मेरो सानो बाइबल निकाल्नुहोस्, त्यसमा तपाईंले मेरी आमाको ठेगाना भेट्टाउनुहुनेछ। कृपया यो उहाँलाई पठाइदिनुहोस्, र एउटा पत्र लेखिदिनुहोला, अनि उहाँलाई यो पनि भनिदिनुहोस् कि मैले घर छोडेको दिनदेखि परमेश्वरको वचनबाट थोरै खण्ड मात्र पनि नपढि एक दिन पनि बिताएको छैन, र चाहे म सेनाको चलतीमा होऊँ, वा युद्ध भूमीमा, वा अस्पतालमा, मेरी प्रिय आमालाई परमेश्वरले आशिष दिनुभएको होस् भनी दिनहुँ प्रार्थना गरिरहेको छु।”

“तिम्रो लागि गरिदिनुपर्ने अरू केहि छ त, मेरो बाबु?” प्रचारकले भन्नुभयो।

“हस्, कृपया स्याण्ड्स स्ट्रीट सन्डे स्कूल, ब्रूकलीन, न्यू योर्कको निरीक्षकलाई पत्र लेखिदिनुस्, र उहाँलाई भनिदिनुस् कि उहाँको कोमल शब्दहरू, धेरै प्रार्थनाहरू, र उहाँले मलाई दिनुभएको ठीक सल्लाहलाई मैले कहिल्यै पनि बिर्सेको छैन; तिनीहरूले युद्धका मेरा सबै खतराहरूमा, र अहिले, मेरो मृत्युको घडिमा मलाई पछ्याइरहेका छन्, म मेरो प्यारो बुढा निरीक्षकलाई आशिष दिनुभएको होस् भनी म मेरो मुक्तिदातासँग विन्ती गर्दछु; त्यति मात्रै हो।”

मतर्फ फर्केर उसले भन्यो: “अब, डाक्टर, म तयार छु, र म तपाईंलाई प्रतिज्ञा गर्दछु कि यदि तपाईंले मलाई क्लोरोफर्म दिनुभएन भने तपाईंले मेरो हात र खुट्टा मबाट काट्नुहुँदा म चिच्च्याउने धरि छैन।”

मैले प्रतिज्ञा गरेँ, तर पहिले अर्को कोठामा गएर आफैंलाई हतोत्साहित नबनाइ मेरो कर्तव्य पूरा गर्न थोरै मद्य नलिइ चक्कु आफ्नो हातमा लिएर उक्त अपरेशन गर्नलाई ममा साहस थिएन। मासु काट्दाहुँदि चार्ली कोल्सन चिच्च्याउँदै चिच्च्याएन, तर जब मैले त्यस बालकको हड्डी अलग गर्न आरा लिएँ, त्यस बालकले सिरानीको एउटा कुना आफ्नो मुखभित्र हाल्यो, र उसले बरबराइरहेको यी शब्दहरूमात्र मैले सुन्न सक्थेँ, “हे येशू, धन्य येशू, अब मेरो छेऊमा उभिनुहोस्!” उसले उसको प्रतिज्ञा पूरा गर्यो, र चिच्च्याउँदै चिच्च्याएन।

त्यस रात म सुत्नै सकिनँ, जतातर्फ फर्किए तापनि मैले ती कोमल नीला आँखाहरू देख्थेँ, र जब मैले मेरा आँखा बन्द गरेँ, “धन्य येशू, अब मेरो छेऊमा उभिनुहोस्!” भन्ने शब्दहरू मेरो कानमा गुञ्जिरह्यो।

रातको बाह्र र एक बजेको बीचमा मैले आफ्नो ओछ्यान छोडेँ र अस्पताल भ्रमण गर्न गएँ, जुनचाहिँ आपत्कालिन अवस्थामा मलाई नबोलाइए सम्म मैले कहिल्यै गर्ने गर्थिनँ, तर त्यस बालकलाई हेर्ने मेरो इच्छा व्यग्र भएको थियो। त्यहाँ म आइपुगेपछि आशारहित अवस्थाका सोह्रजनाको मृत्यु भयो, र शव-घरमा लगियो भनी परिचारकद्वारा मलाई जानकारी गरियो।

“चार्ली कोल्सनलाई कस्तो छ? के मृतकहरू मध्येमा ऊ पनि पर्छ?” मैले प्रश्न गरेँ।

“पर्दैन, हजुर” परिचारकले जवाफ दियो; “ऊ त सानो मायालु बालकझैँ सुतिरहेको छ।”

जब म ऊ सुतिरहेको ओछ्यान नजिक आइपुगेँ, एकजना नर्सले मलाई जानकारी दिइन् कि करिब ९ बजेतिर जवान इसाई संघका दुईजना सदस्यहरू अस्पतालमा भजनहरू गाउन र वाचन गर्न आएका थिए। उनीहरूलाई प्रचारक आर— ले साथ दिइरहेका थिए। उनीहरूले चार्ली कोल्सनको खाटछेऊमा घुँडा टेके अनि मीठो र प्राणलाई उत्तेजित पार्ने प्रार्थना गरे, त्यसपछि उनीहरूले “येशू प्राणको शरणस्थान” भनिने भजन गाए, जुन भजन चार्ली कोल्सनले पनि गाएछ। त्यस्तो बालकले, जो यस्तो भयानक पीडामा थियो, कसरी गाउन सकेछ भन्ने कुरा मैले बुझ्न सकिनँ।

त्यो प्रिय बालकको हात र खुट्टा काटेको पाँच दिनपछि उसले मलाई बोलाइ पठायो, अनि त्यस बेला पहिलो सुसमाचार प्रचार मैले सुनेको उहिबाट थियो। “डाक्टर,” उसले भन्यो, “मेरो समय आइपुगेको छ, अर्को सुर्योदय मैले देख्न पाउँछु जस्तो मलाई लाग्दैन, तर, परमेश्वरलाई धन्यवाद होओस्, म जानको निम्ति तयार छु, र म मर्नु भन्दा पहिले मप्रतिको तपाईंको दयाको निम्ति म तपाईंलाई मेरो सम्पूर्ण हृदयले धन्यवाद दिन चाहन्छु। डाक्टर ज्यू, तपाईं यहूदी हुनुहुन्छ—तपाईं येशूमा विश्वास गर्नुहुँदैन; के तपाईं, कृपया यहिँ उभिएर, म मेरो जीवनको अन्तिम घडीमा मेरो मुक्तिदातामा भरोसा गर्दै मरेको हेरिदिनुहुन्छ?”

मैले त्यहिँ बस्ने कोशिश गरेँ, तर सकिनँ, किनभने जुन येशूलाई घृणा गर्न मलाई सिकाइएको थियो, त्यहि येशूको प्रेममा आनन्द मनाउँदै एकजना ख्रीष्टियन जवानको मृत्यु भएको त्यहाँ उभिएर हेर्ने ममा हिम्मत थिएन। त्यसैले म हत्तारिँदै त्यो कोठाबाट निस्किएँ। करिब बीस मिनटपछि मेरो व्यक्तिगत कोठामा दुवै हातले आफ्नो मुख ढाकिरहेको अवस्थामा मलाई भेट्टाउने परिचारकले यसो भन्यो, “डाक्टर ज्यू, चार्ली कोल्सनले तपाईंलाई भेट्न चाहनुहुन्छ।”

“मैले उसलाई भर्खर भेटेको हुँ,” मैले जवाफ दिएँ, “र म फेरी उसलाई हेर्न सक्दिनँ।”

“तर, डाक्टर ज्यू, तर ऊ मर्नुभन्दा अगाडि फेरी एकचोटी तपाईंलाई भेट्नैपर्छ भनी उसले भन्दैछ”। मैले उसलाई हेर्ने, सहानुभूतीका शब्दहरू दिने, र उसको मृत्युसम्म पर्खने मनस्थिति बनाएँ, तर कम्तीमा पनि येशूको बारेमा उसको कुनै पनि शब्दले आफूलाई प्रभाव पार्न नदिने मैले निधो गरेको थिएँ। जब म अस्पताल भित्र पुगेँ ऊ तिव्र गतिमा शिथिल भइरहेको मैले देखेँ, यसैले म उसको खाटको छेऊमा बसेँ। उसको हात समाउन बिन्ति गर्दै उसले भन्यो, “डाक्टर ज्यू, म तपाईंलाई प्रेम गर्छु किनभने तपाईं एक यहूदी हुनुहुन्छ; मैले यो संसारमै भेट्टाएको सबैभन्दा मिल्ने साथि पनि यहूदी नै हुनुहुन्थ्यो।”

मैले सोधेँ, “को हो र ऊ?”

उसले जवाफ दियो, “येशू ख्रीष्ट, जसलाई म मर्नुभन्दा अगाडि तपाईंलाई चिनाउन चाहन्छु, र डाक्टर ज्यू, मैले जे तपाईंलाई भन्न गइरहेको छु, यो तपाईंले कहिल्यै पनि बिर्सनुहुँनेछैन भनी के तपाईं मलाई प्रतिज्ञा गर्नुहुन्छ?”

मैले प्रतिज्ञा गरेँ, र उसले भन्यो, “पाँच दिन अगाडि, जब तपाईंले मेरो हात र खुट्टा काट्दै हुनुहुन्थ्यो, मैले प्रभु येशू ख्रीष्टलाई तपाईंको आत्मा बचाइदिनु भएको होस् भनी प्रार्थना गरेको थिएँ।”

ती शब्दहरू मेरो हृदयमा निकै गहिरो गरी पस्यो। यो कसरी हो भनी मैले बुझ्नै सकिनँ, जब म उसलाई अति साह्रो पीडा दिइरहेको थिएँ, उसले आफ्नो बारेमा सबै बिर्सेर, र अरू कुनै पनि कुराको बारेमा नसोचेर, कसरी ती मुक्तिदाता र मेरो नबदलिएको अवस्थाको बारेमा सोच्न सक्छ। मैले उसलाई यति मात्र भन्न सकेँ, “ठीक छ, मेरो प्यारो बाबु, तिमी छिट्टै पूरै ठीक हुनेछौ।” यति भनेर मैले उसलाई छोडेर गएँ, र बाह्र मिनटपछि ऊ निदायो, “येशूको अङ्गालोमा सुरक्षित।”

युद्धको समयमा मेरो अस्पतालमा सयौं सेनाहरू मरे, तर केवल एकजनालाई मैले कबरस्थानसम्म पछ्याएँ—ऊ चार्ली कोल्सन, युद्ध ढोलक बजाउने केटो थियो, र म उसको दफन हेर्न करिब ५ किलोमिटर यात्रा गरेर गएँ। मैले उसलाई नयाँ वर्दी पहिर्याउन, र अधिकृतहरू राख्ने बाक्सामा राखेर त्यसमाथि संयुक्त राष्ट्र अमेरिकाको नयाँ झण्डा ओडाउन लगाएँ।

मृत्युको शय्यामा भएको त्यस बालकका शब्दहरूले ममा साह्रै गहिरो छाप पार्यो। पैसाको कुरा गर्ने हो भने म त्यस समय धनी थिएँ, तर मैले ख्रीष्टको बारेमा चार्लीले झैं सोच्न सक्नको निम्ति मैले मसँग भएको सबै पैसा दिनेथिएँ, तर त्यो भावना पैसाले किन्न सकिँदैन। चार्ली कोल्सनको मृत्युको केहि महिनासम्म त्यस प्रिय बालकले भनेका शब्दहरूबाट मैले छुटकारा पाउन सकिनँ। ती शब्दहरू मेरा कानमा गुञ्जिरहे, तर संसारिक अधिकृतहरूको सङ्गतमा भएको हुनाले, बिस्तारै मैले चार्ली कोल्सनले उसको मृत्युको शय्यामा गरेको प्रचार बिर्सँदै गएँ, तरैपनि त्यस्तो व्यग्र पीडाहरूमा पनि उसको उदेकको धीरजलाई, साथै त्यस येशूमा, जसको नाम त्यस समयमा मेरो निम्ति घृणा र निन्दा सरह थियो, उसको सहज भरोसालाई मैले कहिल्यै पनि बिर्सन सकिनँ।

दस वर्षको लामो अन्तरालसम्म मैले एउटा कट्टर यहूदीले झैँ सम्पूर्ण घृणासहित ख्रीष्टको बिरुद्ध लडिरहेँ। जब एकदिन परमेश्वरले उहाँको कृपामा मलाई एकजना ख्रीष्टियन हजामको सम्पर्कमा ल्याउनुभयो, त्यस व्यक्तिले परमेश्वरतर्फको मेरो परिवर्तनको निम्ति दोस्रो भाँडाको रुपमा आफैंलाई प्रमाणित गर्नुभयो।

अमेरिकन युद्धको अन्तिममा मलाई निरिक्षक चिकित्सक हुन र ग्याल्भेस्टोन, टेक्सास अवस्थित एक सैनिक अस् पतालको जिम्मा लिन खटाइएको थियो। एकदिन निरिक्षणात्मक भ्रमणबाट वासिङ्ग्टनतर्फ फर्किँदा, न्यू योर्कमा केहि घण्टा विश्राम लिन म रोकिएँ। खाना खाइसकेपछि म तल सैलुन तिर ओर्लिएँ (सैलुनहरू प्राय: संयुक्त राष्ट्रको हरेक ठूला होटलहरूसँगै जोडिएका हुन्छन्)। त्यहाँ भित्र पस्ने बित्तिकै विभिन्न रङ्गहरूमा सुन्दरतासाथ सजाइएका सोह्र ओटा बाइबलका पदहरू देखेर म दङ्ग परेँ। सैलुनभित्र कुनै एउटा कुर्सीमा बसेपछि सोझै मेरो पछिल्तिर, भित्तामा झुण्डिएको एउटा सुचना देखेँ, जसमा यस्तो लेखिएको थियो—

“कृपया यस कोठामा कसम नखानु होला”
मेरो मुखमा ब्रश दल्न सुरु गर्न नपाउँदै हजामले मसँग येशूको बारेमा पनि कुरा गर्न थाल्नुभयो। तिनले यति आकर्षक र प्रेमिलो तरिकामा कुरा गरे कि मेरा पुर्वाग्रहहरू निशस्त्र भए, र म बढ्दो उत्सुक्तासाथ तिनले भनेका कुराहरूलाई सुन्न थालेँ। तिनले कुरा गरिरहँदा, “चार्ली, युद्ध ढोलक बजाउने ठिटो”, जसको मृत्यु भएको दश वर्ष भइसकेको भए तापनि, मेरो मस्तिष्कमा उर्लिन थाल्यो। त्यस हजामका शब्दहरू र तौरतरिकाहरूबाट यति सन्तुष्ट भएँ कि तिनले मेरो दाह्री खुर्किन नभ्याउँदै मैले तिनलाई मेरो कपाल पनि काटिदिन आग्रह गरेँ, यद्यपि त्यहाँ भित्र छिर्दा ममा त्यस्तो कुनै विचार वा मनसाय थिएन। मेरो कापल काटिरहँदाको पूरै समयमा तिनले मलाई दृढतापूर्वख ख्रीष्ट प्रचार गरिनै रहे, र ऊ आफैं यहूदी नभए तापनि, म त्यो बेला भएझैं तिनी पनि एकसमय ख्रीष्टदेखि टाढा थिए।

मैले ध्यान दिएर सुनेँ, हरेक शब्दहरूमा मेरो चासो पनि यतिसम्म बढिरहेको थियो कि जब तिनले मेरो कपाल काट्ने काम सिद्ध्याए तब मैले भनेँ, “हजाम दाजु, अब तपाईंले मलाई श्याम्पू पनि लगाइदिन सक्नुहुन्छ”, वास्तवमा, मैले उसको व्यवसायले एकजना व्यक्तिको निम्ति एकपटकमा गर्नसकिने सबै सेवाहरू गर्ने अनुमति दिएँ। तर, त्यहाँ सबै कुराहरूको अन्त्य हुन्छ, र मेरो समय पनि थोरै भएको हुनाले त्यहाँबाट निस्कने तयारी गरेँ। मैले मेरो बिल चुक्ता गरेँ, हजामलाई तिनको विचारहरूको निम्ति धन्यवाद दिएँ, र भनेँ, “म अबको रेलमा जानै पर्छ।” यद्यपि तिनी अझै सन्तुष्ट भएका थिएनन्। यो फेब्रूअरीको साह्रै चिसो समय थियो, र जमीनमा वरफ भएकोले सडकमा हिँड्न केहि जोखिमपूर्ण बनाएको थियो। होटेलबाट रेल स्टेशनसम्म जम्मा दुई मिनटको दुरी थियो, र उक्त दयालु हजामले मसँग स्टेशनसम्म हिँड्नको लागि प्रस्ताव राखे। मैले तिनको प्रस्तावलाई एकैपटकमा सहर्ष स्वीकार गरेँ, अनि सडकमा नपुग्दै तिनले मलाई लड्नबाट जोगाउन मेरो पाखुरामा आफ्नो पाखुरा राखे। हाम्रो गन्तव्यसम्म आइपुग्दा तिनले थोरै मात्र कुरा गरे, तर जब हामी स्टेशन आइपुग्यौं तिनले यसो भन्दै आफ्नो मौनतालाई तोडिदिए, “अपरिचित दाजु, मैले आफ्नो यति प्रिय विषयमा तपाईंसँग कुरा गर्न किन रोजेँ भनी तपाईंले बुझ्नु भएको छैन होला। जब तपाईं मेरो पसलमा आउनुभयो, तपाईंको अनुहारबाट तपाईं एक यहूदी हुनुहुँदोरहेछ भनी मैले देखें।”

तिनले यी “प्रिय मुक्तिदाता”को बारेमा मसँग कुरा गर्न निरन्तरता दिए, र कुनै यहूदी तिनको सम्पर्कमा आए भने, उनलाई एकजनाको बारेमा परिचय दिन, आफ्नो जिम्मेवारी हो भनी महसुस गरेको बताए, जो यस संसारको निम्ति र आउनेवाला संसारको निम्ति तिनको अति प्रिय मित्र हुनुहुन्थ्यो। तिनको मुहार दोस्रो पटक हेर्दा, मैले तिनको गालाहरूमा आशुहरू बगिरहेको देखेँ, र तिनी एकदमै गहिरो मनोभावमा डुबेका थिए। मैले यो बुझ्ने सकिनँ, कसरी यो मानिस, जो मेरो निम्ति पूरै अपरिचित थिए, मेरो भलाइको यति गहिरो चासो लिएको र मसँग कुरा गर्दाहुँदि आँशु पनि झारेको हो।

मैले बिदाइको निम्ति आफ्नो हात अघि बढाएँ। तिनले मेरो हात आफ्नो दुवै हातमा राखे र नम्रतासाथ दबाए, आँशु अझै पनि तिनको मुहारबाट तप्किरहेको थियो, र यसो भने, “अपरिचित दाजु, यदि तपाईं यो विषयमा सन्तुष्ट हुनुहुन्छ भने, यदि तपाईंले मलाई तपाईंको कार्ड वा नाम दिनुहुन्छ भने, म तपाईंलाई प्रतिज्ञा गर्दछु, ख्रीष्टियन मानिस भएको ओहदाले, अर्को तीन महिनासम्म म राती मेरा प्रार्थनाहरूमा तपाईंको नाम लिएर प्रार्थना नगरी विश्राम लिन ढल्कनेछैनँ। र अब मेरो मुक्तिदाताले तपाईंलाई पछ्याउनुभएको होस्, तपाईंलाई बाधा दिनुभएको होस्, र तपाईंले उहाँलाई जसरी मैले उहाँलाई भेट्टाएको छु, त्यसरी नभेट्टाउञ्जेल तपाईंलाई विश्राम नदिनुभएको होस्, एकजना अमूल्य मुक्तिदाता, र तपाईंले बाटो हेरिरहनुभएको मसीह।”

मैले तिनको ध्यान र तिनको विचारको निम्ति तिनलाई धन्यवाद दिएँ, र मेरो कार्ड तिनलाई थमाए पछि, भनेँ, [मलाई डर लाग्छ कि सायद खिल्ली उडाउँदै], “म कुनै पनि समयमा ख्रीष्टियन बन्ने त्यहाँ केहि खतरा छैन।”

त्यसपछि तिनले मलाई आफ्नो कार्ड थमाएर यसो भने, “यदि परमेश्वरले तपाईंको निम्ति मेरो प्रार्थनाको जवाफ दिनुभयो भने, के तपाईंले मलाई कुनै लेखोट वा चिठ्ठी पठाउनुहुनेछ?” मैले अविश्वाससाथ हाँस्दै जवाफ दिएँ, “हुन्छ, भइहाल्छ नी”। तर परमेश्वरले उहाँको अनुग्रहमा उक्त हजामको प्रार्थनाको जवाफ अर्को ४८ घण्टा भित्र दिनुहुनेछ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले हृदयबाट नै तिनीसँग हात मिलाएँ र भनेँ, “गुड बाई;” तर बाहिरबाट बेवास्ताको रूप देखाए पनि, मेरो हृदयमा तिनले गहिरलो प्रभाव पारेका छन् भनी मैले महसुस गरेँ। उनको व्यवहारको क्रमले पनि यो देखाउँछ।

यो सबैलाई थाह भएकै कुरा हो, अमेरिकी रेलमार्ग ढुवानी चाहिँ सामान्य अङ्ग्रेजी रेलमार्ग ढुवानीभन्दा लामो हुन्छ। यसमा ६०-८० जना मानिस बस्न मिल्ने एउटा मात्र डिब्बा हुन्छ। मौसम निकै चिसो भएको हुनाले, यस रेलमा यात्रीहरू धेरै थिएनन्—म चढेको डिब्बा आधा मात्र ओगटिएको थियो। मैले आफैंले थाह नपाइकन, दश देखि पन्ध्र मिनटभित्र, डिब्बाको सबै खाली सीटहरूमा बस्न भ्याइसकेको थिएँ।

कुनै ठोस वस्तुबिना त्यति थोरै समयमा छिटो-छिटो मेरो सीट परिवर्तन गरेको हुनाले यात्रीहरूले मलाई शंकाको नजरले हेरे। मेरो तर्फमा, त्यो समयमा मेरो हृदयमा केहि खराबी थियो जस्तो मलाई लाग्दैन, यद्यपि मेरो अनौठो चालहरूको उचित कारण म दिन सक्दिनँ। अन्त्यमा, सुत्छु भन्ने दृढ संकल्पसाथ म त्यस डिब्बाको कुनाको एउटा खाली सीटमा गएर बसेँ। मैले मेरा आँखाहरू बन्द गरेको घडी, मैले आफैंलाई दुई आगोहरूको बिचमा भएको महसुस गरेँ। एकापट्टी त्यहाँ न्यू योर्कको ख्रीष्टियन हजाम थियो, र अर्को पट्टी गेट्टीसबर्ग (Gettysburg) को युद्ध ढोलक बजाउने ठीटो। दुवैजनाले मसँग येशूको बारेमा कुरा गरिरहेका थिए, जसको नामलाई म घृणा गर्दथेँ। मैले यी दुवै कुराहरू असम्भव भएको महसुस गरेँ, निदाउन र मेरो मस्तिष्कबाट यी दुई विश्वासयोग्य ख्रीष्टियनहरूले पारेको प्रभाव, जसमध्ये एउटाले मलाई केहि घण्टा अगाडि मात्र बिदाइ गरेको थियो, जबकी अर्कोको मृत्यु भएको झण्डै दश वर्ष भइसकेको थियो, र यसरी नै म सङ्कटमा र म रेलमा भएको सम्पूर्ण समयहरूमा दुविधामा परिरहेँ।

वासिङ्ग्टन (Washington) आइपुगेपछि मैले बिहानीको खबरपत्रिका किनेँ, र सुरुमा नै डा. रेनकिन (Dr. Rankin) को मण्डलीमा (वासिनङ्ग्टनको सबैभन्दा विशाल मण्डली) पुनरुज्जीवन सेवा (Revival Service) हुने घोषणामा मेरो ध्यानाकर्षण भयो। मैले अरू खबर पढ्नुभन्दा पहिले नै त्यस घोषणा सन्देशले मलाई “त्यो मण्डलीमा जाऊ” भनेझैं लाग्यो। म कहिल्यै पनि ईश्वरीय सेवा हुँदा मण्डलीमा पसेको थिइनँ, र अन्य समयहरूमाचाहिँ, त्यस्तो विचार धरि शैतानबाटको हो भनी मैले खिसी गर्ने गर्दथेँ। म बालक हुँदा मेरो बुबाले म रब्बी बन्नुपर्छ भनी सोच राख्नुहुन्थ्यो। त्यसैले मैले उहाँलाई म कहिल्यै पनि “येशू, ती धूर्त मानिस”लाई परमेश्वरको रूपमा उपासना गरिने स्थानमा जानेछैन, र त्यो नाम भएको कुनै पनि पुस्तक पढ्ने जमर्को गर्नेछैनँ भनी प्रतिज्ञा गरेको थिएँ, र त्यो प्रतिज्ञालाई मैले त्यस घडीसम्म विश्वासयोग्यतापूर्वक पालन गरिरहेको थिएँ।

अघि भर्खर मैले बताएको पुनरुज्जीवन सेवा (Revival Service) को सवालमा चाहिँ, यो लेखिएको थियो कि त्यस शहरका विभिन्न मण्डलीहरूबाट एककृत रूपमा भजन गाउने समूह हुनेछ, जसले प्रत्येक सेवाहरूमा गाउनेछ। सङ्गीतको उग्र प्रेमी भएको हुनाले, त्यस कुराले मेरो ध्यान आकर्षण गर्यो, र त्यस रात उक्त मण्डलीको पुनरुज्जीवन सेवा (Revival Service) मा सहभागी हुन मैले त्यस सङ्गीतलाई आफ्नै निम्ति बहाना बनाएँ। म उपासकहरूले भरिएको भवनभित्र पसेपछि, एकजना स्वागतकले, निश्चय पनि मेरो सुनौलो एपलेट (epaulettes—सैनिक वा प्रहरी अधिकृतको कुममा लगाउने बिल्ला— मैले मेरो वर्दी परिवर्तन गरेको थिइनँ) देखेकोले मलाई अगाडिको कुर्सीमा लगेर राखे, जुनचाहिँ दुवै बेलायत र अमेरीकामा प्रख्यात प्रचारकको ठीक अगाडि थियो। मधुर गायनले म मुग्ध भएँ, तर प्रचारकले बोल्न थालेको पाँच मिनट पनि नबित्दै, कसैले तिनलाई म को हुँ भनी बताएको हुनुपर्छ भन्ने निश्कर्षमा म आइपुगेँ, किनभने तिनले मलाई नै आफ्नो औंला ठड्याइरहेछन् जस्तो मलाई लागेको थियो। तिनले मलाई हरिरहे, र हरेक समय उनले आफ्नो मुठी मतर्फ हल्लाइरहेको जस्तो देखिन्थे। यो सबैको बाबजुदपनि, तिनले भनेको कुराहरूमा मलाई निकै चासो लाग्यो। तर त्यति मात्र थिएन, मेरा कानहरूमा अझै पनि ती पुराना प्रचारकहरूको शब्दहरू गञ्जिरहेका थिए—न्यू योर्कको ख्रीष्टियन हजाम र गेट्टिसबर्ग (Gettysburg) को युद्ध ढोलक बजाउने ठिटो—एकातिर प्रचारकको कुरालाई पनि ध्यान दिइरहेको थिएँ, र मैले मेरो मस्तिष्कमा ती दुई प्रिय मित्रहरूले आ-आफ्नो सन्देश दोहोर्याइरहेको सफा सँग देख्न सक्थेँ। प्रचारकको शब्दहरूमा झन्-झन् चासो बढ्दै जाने क्रममा, मैले मेरो अनुहारमा आँशु चुहिरहेको अनुभव गरेँ। यो कुराले मलाई झस्कायो, र म एक कट्टर यहूदी भएको हुनाले, कुनै ख्रीष्टियन चर्चमा आँशु झार्नु बच्चाको काम जस्तो हुन्छ भनी लाज मान्न थालेँ। मैले यस्तो ठाउँमा आँशु झारेको पहिलो पल्ट थियो।

मैले यो भन्न छुटाएछु कि त्यस सेवाक क्रममा, जब प्रचारकले मलाई हेरिरहेको थियो, सायद उसले अरू कसैलाई पो औंल्याएको हो कि जस्तो लागेर मैले मेरो पछाडी त्यो मान्छे को रहेछ भनी जान्नलाई मोडिएँ। तर आश्चर्यको कुरा, समाजको हरेक वर्गका झण्डै २००० भन्दा बेसी मानिसहरूले मलाई नै हेरिरहेको जस्तो लाग्यो। म त्यहि घडि निश्कर्षमा आइपुगेँ, त्यो पुरै जमातमा यहूदी त म एकजना मात्र रहेछु, र खराब समूहमा रहेछु भन्ने सोचेर मलाई मनबाट नै बाहिर निस्कने इच्छा जाग्यो। वासिङ्ग्टनमा दुवै यहूदी र अन्यजातिद्वारा राम्री परिचित भएको हुनाले, मेरो मस्तिष्कमा यस्तो विचार पलायो: वासिङ्ग्टन खबर पत्रिकामा यस्तो कसरी पढिएला, “डा. रोस्भ्याली (Dr. Rossvally), एक यहूदी, पुनरुज्जीवन सेवा (Revival Service) मा उपस्थित भएका थिए, जुनचाहिँ उनी प्राय: गइरहने गरेको यहूदी सभाघरभन्दा पाँच मिनट पनि टाढो छैन, र प्रचारको समयमा आँशु झारिरहनुभएको देखिनुभएको थियो”? आफैंलाई स्पष्टसाथ नदेखाउने चाहना गर्दै (किनभने त्यहाँ मेरो निम्ति चिरपरिचित अनुहारहरू थिए), आफ्नो आँशुहरू पुछ्नलाई मेरो रूमाल ननिकाल्ने मनस्थिती बनाएँ—ती आफैं सुकुन्; तर परमेश्वरलाई धन्यवाद होओस्, मैले ती लुकाउन सकिनँ, किनभने ती झन्-झन् छिटो बग्न थाले।

२-चार्ली कोल्सन-युद्ध ढोलक बजाउने केटो


केहि समयपछि प्रचारकले आफ्नो प्रचार सिद्ध्याए, र तिनले सभासिद्धिएपछि पनि बस्न चाहनेहरूलाई स्वागत छ भने। उक्त निमन्त्रणालाई मैले स्वीकार त गरिनँ, बरू मण्डलीबाट बाहिर निस्कने अवसर पाएकोमा म ज्यादा खुशी थिएँ। त्यहि मनसायले म कुर्सीबाट उठेँ, र जब म ढोकासम्म पुगिसकेको थिएँ, तब कसैले मेरो कोटको एकछेऊ समातेको महसुस गरेँ। फर्केर हेर्दा, मैले एकजना वृद्ध देखिने महिलालाई देखें जसको नाम श्रीमती योङ्ग (Mrs. Young) थियो, जो वाडिङ्गटनकोस चर्चित सेविका थिइन्।

मलाई यसो भन्दै बोलिन, “मलाई क्षमा गर्नुहोस् अपरिचित भाई, तपाईं आर्मीको अधिकृत हुनुहुन्छ जस्तो छ। यो पुरै साँझ मैले तपाईंलाई ख्याल गरिरहेकी थिएँ। यो भवन छोडेर नजानुहोस् भनी म तपाईंलाई विन्ती गर्दछु, किनभने तपाईं पापको कारणले कायल हुनुहुन्छ भनी म सोच्दछु। मलाई विश्वास छ कि तपाईं यहाँ मुक्तिदाताको खोजीमा आउनुभएको छ, र तपाईंले उहाँलाई अझै भेट्टाउनुभएको छैन। फर्कनुहोस्; म तपाईंसँग कुरा गर्न चाहन्छु, र तपाईंको अनुमती भएमा, म तपाईंको निम्ति प्रार्थना गर्दछु।”

“म्याडम,” मैले जवाफ दिएँ, “म एक यहूदी हुँ।”
तिनले जवाफ दिइन्, “तपाईं यहूदी हुनुभएकोमा मलाई वास्ता लाग्दैनँ; येशू ख्रीष्ट यहूदी साथ-साथै अन्यजातिको निम्ति मर्नुभएको हो।”

तिनले बोल्नुभएका शब्दहरूको प्रभावकारी शैली असररहित थिएन। मैले हतारमा छोडेर हिँडेक त्यहि स्थानतर्फ म तिनको पछि-पछि लम्किएँ, र जब हामी त्यहाँ अगाडि आइपुगे पछि तिनले यसो भनिन्, “तपाईंले घुँडा टेक्नु भएमा म तपाईंको निम्ति प्रार्थना गर्नेछु।”

“म्याडम, त्यो त मैले कहिल्यै नगरेको काम हो, र म कहिल्यै गर्ने पनि छैनँ,” किनभने कट्टर यहूदीहरू वर्षको दुई पटक, अर्थात् तुरहीको चाड र प्रायश्चितको दिनमा बाहेक कहिल्यै पनि घुँडा टेक्ने गर्दैनन्। र ख्रीष्टियनहरूले गरेको जस्तो घुँडा टेक्ने गरिँदैन; हाम्रो तरिकामा भुइँसम्मै मुख टेकाएर घोप्टो परिन्छ।

दयालु तरिकाले मेरो मुखमा हेर्दै श्रीमती योङ्गले भन्नुभयो, “प्रिय अपरिचित भाई, मैले प्रभु येशूमा यस्तो प्यारो, प्रेमिलो, र क्षमाशील मुक्तिदातालाई भेट्टाएको छु जसले आफ्नो खुट्टामा उभिरहेको यहूदीलाई परिवर्तन गर्नसक्नुहुन्छ भनी म दृढ विश्वास गर्दछु, र म मेरो घुँडा टेकेर यस कुराको निम्ति प्रार्थना गर्नेछु।” तिनले आफ्नो शब्दलाई व्यवहारमा उतारिन, आफ्नो घुँडा टेकिन् , र प्रार्थना गर्न थालिन्। तिनले तिनको मुक्तिदातासँग यस्तो साधारण, बालकले झैं कुरा गरिन् कि यो देखेर म हतोत्साहित भएँ। त्यस्तो प्यारी वृद्ध महिला मचाहिँ उभिरहँदा मेरो सामु आफ्नो घुँडा टेकेर मेरो निम्ति त्यति यत्नपूर्वक प्रार्थना गरेको देखेर म आफैंप्रति लज्जित भएँ। मेरो पूरै विगतको जीवन मेरो हृदयको सामु यसरी बहन थाल्यो कि भुईँ फाट्टिएर म त्यहाँबाट कतै हराउन पाए हुन्थ्यो भनी मैले कामना गरेँ। जब तिनी घुँडाबाट खडा भइन्, एउटी आमाको प्रेमले झैं आफ्नो हात फैलाएर यसो भनिन्: “आज राती सुत्नु अगाडि के तपाईं येशू ख्रीष्टलाई प्रार्थना गर्नुहुन्छ?”

“म्याडम,” मैले जवाफ दिएर भनेँ, “म मेरो परमेश्वरसँग प्रार्थना गर्नेछु, अब्राहाम, इसहाक, र याकूबका परमेश्वर, तर येशूलाई चाहिँ गर्नेछैनँ।”

“तपाईंलाई आशिष होस्!” तिनले जवाफ दिइन्, “अब्राहाम, इसहाक, र याकूबका तपाईंको परमेश्वरनै मेरो ख्रीष्ट र तपाईंको मसीह हुनुहुन्छ।”

“शुभरात्री म्याडम, र तपाईंको दयाकोनिम्ति धन्यवाद,” भन्दै म मण्डलीबाट निस्किएँ।

घर तर्फ जाँदैगर्दा, मेरो पछिल्ला अनौठो अनुभवहरूलाई सम्झँदै, मै आफैंसँग कुरा गर्न थालेँ: “किन यी ख्रीष्टियनहरूले उनीहरूको निम्ति वास्तवमै यी अपरिचित व्यक्तिहरू, यहूदी र अन्यजातिहरूको निम्ति चासो लिएको? विगत १८०० वर्षदेखि येशूमा विश्वास राख्दै जिउने र मर्ने यी करोडौं पुरुष र स्त्रीहरू गलत हुन र विश्वभरी फैलिएको यी थोरै यहूदीहरू चाहिँ ठीक हुन के सम्भव छ होला र? किन त्यो मृत्युको मुखमा भएको युद्ध ढोलक बजाउने ठिटोले मेरो मुक्ति नपाएको प्राणको बारेमा मात्र सोच्न आनन्दित भएको होला? र, फेरि, किन न्यू योर्कको त्यो ख्रीष्टियन हजामले मप्रति त्यस्तो गहिरो चासो देखाएको होला? किन आज राती त्यस प्रचारकले मलाई औंल्याएको होला, अथवा किन त्यस प्यारी वृद्ध महिलाले ढोकासम्म पछ्याएर मलाई फिर्ता लगेको होला? सायद यो सबै उनीहरूको येशूको निम्ति भएको प्रेमको कारणले हुनुपर्छ, अर्थात् ती येशू जसलाई म साह्रै तुच्छ ठान्दथेँ।”

जती मैले यो सोचेँ उती नै नराम्रो महसुस गरेँ। अर्को पट्टी, मैले विवाद गरेँ: “के मलाई अति प्रेम गर्ने मेरो बुबा र आमाले मलाई त्यस्तो गलत कुरा सिकाउन सक्नुहुन्छ? मेरो बाल्यवस्थामा उहाँहरूले मलाई येशूलाई घृणा गर्न, र त्यहाँ केवल एक परमेश्वर हुनुहुन्छ, र उहाँको कुनै पुत्र छैन भनी सिकाउनुभएको थियो।” अब मैले मेरो हृदयमा ख्रीष्टियनहरूले अति प्रेम र उपासना गरेका ती येशूसँग आवद्ध हुने इच्छा पलाउँदै गरेको महसुस गरेँ। म छिटो-छिटो हिँड्न थालेँ, र यदि साँच्चै येशू ख्रीष्टको धर्ममा केहि सत्यता रहेछ भने म सुत्नुभन्दा अगाडि यसको बारेमा केहि थाह गर्नेछु भन्ने कुरामा पूर्ण रूपमा निर्धारण गरेको थिएँ।”

जब म घर आइपुगेँ, मेरो श्रीमतीले (जो कठोर वा कट्टर यहूदी थिइन्) मलाई अलि उत्साहित देखेकी हुनाले म कहाँबाट आउँदैछु भनी प्रश्न गरिन्। उसलाई सत्य कुरा बताउने मैले हिम्मत गरिनँ, र झूट म बोल्न सक्दिन थिएँ। त्यसैले मैले भनेँ, “श्रीमती, कृपया मलाई केहि प्रश्न नगर। मैले एकदम महत्त्वपूर्ण कार्य गर्नुपर्ने छ। म मेरो व्यक्तिगत अध्ययन कोठमा गएर एक्लै रहन चाहन्छु।”

म झट्टै मेरो अध्ययन कोठामा छिरेँ, ढोकामा चुकुल लगाएँ, सदाझैं उभिएरै पूर्व तर्फ आफ्नो मुख फर्काएर प्रार्थना गर्न थालेँ। मैले जति धेरै प्रार्थना गरेँ, उती नै मलाई खराब महसुस भयो। मभित्र आएको भावनाको व्याख्या गर्न सक्दिनँ। मैले बेस्सरी चासो भएका पुराना नियमहरूका भविष्यवाणीहरूका अर्थको सवालमा म ठूलो दोधारमा परेँ। मेरो प्रार्थनाले मलाई केहि सन्तुष्टता दिएन, र त्यसपछि ख्रीष्टियनहरूले प्रार्थना गर्दा घुँडा टेक्छन् भन्ने कुरा मेरो दिमागमा आयो। त्यसमा केहि विशेष छ कि? एउटा कट्टर यहूदीको रूपमा हुर्किएको हुनाले, प्रार्थना गर्दा कहिल्यै पनि घुँडा नटेक्न मलाई सिकाइएको थियो। ती येशू जो धूर्त हुन् भनी म विश्वास गर्दथेँ, तिनको सामु आफ्नो घुँडा टेक्दा मैले धोका खाएको जस्तो हुने हो कि भन्ने ममा डर उत्पन्न भयो।

रातको समय साह्रै चिसो भए तापनि, मेरो अध्ययन कोठामा आगो बालिएको थिएन (मैले उक्त रात त्यो कोठा प्रयोग गर्नेछैन होला भनी सोचिएको थियो), तरैपनि त्यस रातमा जस्तो मेरो जीवनमा कहिल्यै पनि पसिना आएको थिएन। त्यस कोठाको भित्तामा फिल्याक्टरीहरू (Phylacteries_सानो कागजमा पदहरू लेखेर राखिने एक प्रकारको साधन जसलाई यहूदीहरूले आफ्नो शिरमा वा पाखुरामा बेर्ने गर्दथे) झुण्डिएको मैले देखेँ। म तेह्र वर्षको हुँदादेखि विश्रामदिनहरू र चाडहरूमा बाहेक मैले त्यो नलगाएको कुनै दिन थिएन। मैले त्यो सामानलाई अति प्रेम गर्दथेँ। मैले त्यो सामानलाई हातमा लिएँ, र त्यसलाई हेर्दा मेरो हृदयमा उत्पत्ति ४९:१० सम्झना भयो, “शिलो नआउन्जेल यहूदाबाट न राजदण्ड हट्नेछ, न ता उसको वंशबाट व्यवस्था दिनेवाला हट्नेछ; अनि जाति-जातिका मानिसहरूको आज्ञापालन उहाँलाई हुनेछ।”

मेरो हृदयमा खेलेको र मैले प्राय: जसो पढ्ने र विचार गर्ने गरेको दुईओटा अर्को खण्डहरूमध्ये पहिलो मिका ५:२ हो, “तर तँचाहिँ, हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्, जसका उद्गमहरू ता प्राचीनकालदेखि, अँ, अनन्तकालदेखि नै हुन्।”

अर्को खण्डचाहिँ यशैया ७:१४ हो, “यसकारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ—हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उसको नाम इम्मानुएल राख्नेछिन्।”

यी तीनओटा खण्डहरूले मेरो हृदयमा यति शक्तिशाली छाप पार्यो कि मैले यसरी कराएँ, “हे अब्राहाम, इसहाक र याकूबका परमप्रभु, यो कुरामा म गम्भिर छु भनी तपाईं जान्नुहुन्छ। यदि येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भने, यस रात मलाई उहाँ प्रकट गरिदिनुहोस्, र म उहाँलाई मेरो मसीहको रूपमा स्वीकार गर्नेछु।” मैले यो भनिनसिद्ध्याउँदै मैले लगभग बिनाहोसमा मेरो फिल्याक्टरीहरू कोठाको एउटा कुनामा फ्याँकिदिएँ, र निकै छिटो म मेरो घुँडामा थिएँ र त्यहि कुनाको मेरो फिल्याक्टरीहरू छेऊमा म आफ्नो घुँडामा प्रार्थना गरिरहेको थिएँ। फिल्याक्टरीलाई मैले गरेको झैं फ्याँक्नुचाहिँ कुनै यहूदीको निम्ति निन्दाजनक कार्य थियो। म अब जीवनमा पहिलो चोटि मेरा घुँडाहरूमा प्रार्थना गर्दै थिएँ, र मैले गरेको प्रकृयाप्रति मेरो हृदयमा खलबली र शंका थियो।

त्यसबेलाको मेरो अनुभवलाई मैले सबैभन्दा सुरुमा रचेको पहिलो भजनमा सर्वोत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ, जसलाई मैले त्यस प्रचारकप्रति समर्पण गरेको छु जसले मलाई यति सारो असर पार्नुभएको थियो।

LEAVE ME NOT ALONE: THE PRAYER OF A
CONVERTED JEW
Dedicated to my Dear Friend, E. Payson Hammond
My life is filled with sad regrets;
No peace attends my way;
Each day the sun in darkness sets,
Oh, hear me Lord, I pray:
Oh, let me not in darkness rove,
But melt my heart of stone;
Accept my faint attempts at love,
And fix my heart on things above.
Come, Holy Spirit, heavenly dove,
Oh leave me not alone.
Indulgent God of love and power,
To Thee for help I fly;
Be with me at this solemn hour,
And hear my contrite sigh;
Renew my heart and be my Guide
To Thy celestial throne:
Oh, let me see Thy wounded side;
I come to Thee, the crucified Lord,
Condescend to be my Guide,
Oh, leave me not alone.
My heart with inward horror shrinks,
I feel this load of sin;
Far from the shadow of Thy wings,
All darkness is within.
Now, take me, Lord, into Thy care,
And melt my heart of stone;
My load is more than I can bear,
And Thou didst not disdain to hear
The publican in fervent prayer,
Oh, leave me not alone.
I know Thou canst not let me go--
Thy blood for me was shed;
Now let me sink beneath its flow,
And raise me from the dead,
And bid me stretch my withered arm
To Thee whose love is shown,
And grasp Thy mantle with its charm
To take from Death its dread alarm,
And then, reclining on Thine arm,
I shall not be alone.

येशूलाई गरेको मेरो पहिलो प्रार्थना म कहिल्यै बिर्सनेछैनँ। यो यस्तो थियो: “हे प्रभु येशू ख्रीष्ट, यदि तपाईं परमश्वरको पुत्र हुनुहुन्छ भने; यदि तपाईं संसारको मुक्तिदाता हुनुहुन्छ भने; यदि तपाईं हामी यहूदीहरूले अझै पनि पर्खिरहेको मसीह हुनुहुन्छ भने, र यदि ख्रीष्टियनहरूले भनेझैं तपाईंले पापीहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ भने, तपाईंले मलाई पनि परिवर्तन गर्न सक्नुहुन्छ, किनभने म एउटा पापी हुँ, र म मेरो जीवनको बाँकी सबै दिनहरूमा तपाईंको सेवा गर्ने प्रतिज्ञा गर्नेछु।”

मेरो यो प्रार्थना, यद्यपि, मेरो शिरभन्दा धेरै माथि गएन। कारण पत्ता लगाउन धेरै घोरिनुपर्दैन। किनभने उहाँले मैले उहाँबाट मागेको कुरा गरिदिनुभएको खण्डमा, मेरो तर्फबाट उहाँलाई प्रतिज्ञा गरेबमोजिम गर्नेछु भनी येशूसँग मैले मोलतोल गर्न खोजिरहेको थिएँ। म मेरो घुँडामा झण्डै आधा घण्टासम्म बसिरहेँ, र त्यसबेला मेरो मुहारबाट पसिनाहरू तल बगिरहेका थिए। मेरो शिर पनि तातो भएको महसुस भयो, र मैले मेरो शिरलाई चिसो पार्न कोठाको भित्तामा टँस्साएर राखेँ। म पीडामा थिएँ, तर मेरो परिवर्तन भएको थिएन। म उठेँ र कोठाको यता र उता हिँड्न थालेँ। त्यसपछि म धेरै नै टाढा पुगेछु कि जस्तो भावना ममा आयो, र मैले फेरी कहिल्यै घुँडा नटेक्ने प्रतिज्ञा गरेँ। मैले आफैंसँग तर्क गर्न थालेँ, “मैले किनँ घुँडा टेक्नु? येशूले अन्यजातिहरूको निम्ति गर्नुहुन्छ भनी भनिएको काम के अब्राहामका परमेश्वरले मेरो निम्ति गर्न सक्नुहुन्न र जसको प्रेम, सेवा र उपासना म गर्दछु?” मैले निश्चय नै यहूदीको नजरबाट हेरिरहेको थिएँ र मैले अझै पनि तर्क गरेँ, “म किन पुत्रकहाँ जानु र? के पिता पुत्रभन्दा ठूला होइनन् र?”

जति मैले तर्क गर्दथेँ, त्यति नै खराब महसुस गर्दथेँ, र झन् बेसी दुविधामा पर्दथेँ। कोठाको एउटा कुनामा मेरो फिल्याक्टरी थियो, जसको अझै पनि ममा चुम्बकीय प्रभाव थियो। म भित्रैबाट भावुक भएर ती प्रति फर्किएँ, र शक्तिहिन हुँदै मेरो घुँडाहरू टेकेँ, तर केहि शब्द पनि उच्चारण गर्न सकिनँ। मेरो हृदय दुखेर आयो, किनभने यदि ख्रीष्ट मसीह हुनुहुन्छ भने ममा उहाँसँग परिचित हुने निष्कपट इच्छा थियो। मैले दश बज्न पन्ध्र मिनटदेखि बिहानको दुई बजेर पाँच मिनट सम्म समय-समयमा आफ्नो आसन परिवर्तन गरिरहेँ र यता र उता हिँडिरहेँ। त्यस समयमा मेरो हृदयमा प्रकाश आउनथाल्यो, र मैले मेरो हृदयमा येशू ख्रीष्ट वास्तवमै साँचो मसीह हुनुहुन्छ भन्ने विश्वास र विचार गर्न थालेँ। मैले यो महसुस गर्ने बित्तिकै त्यस रातको निम्त अन्तिम पटक म मेरो घुँडाहरूमा बसेँ; तर यो समयमा मेरा शंकाहरू टाढा भइसकेका थिए, र मैले आफ्नो जीवनमा कहिल्यै थाह नगरेको र मेरो हृदयभित्र आएको आनन्द र खुशीको निम्ति परमेश्वरको प्रशंसा गर्न थालेँ। मैले साँचो शिलो, इस्राएलको शासक, इम्मानुएल—“परमेश्वर हामीसँग” भनिने व्यक्तिलाई भेट्टाएको छु—मैले साँचो मसीह—येशूको बारेमा यशैयाको विवरणलाई विश्वास गरेँ, जो “मानिसहरूद्वारा .. तुच्छ ठानिएको र त्यागिएको छ — शोकहरूको मानिस, र दु:खसँग परिचित” हुनुहुन्थ्यो। र जो “हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो; र उसका कोर्राका चोटहरूद्वारा हामी निकौ भयौं।” (यशैया ५३:५)। मैले उहाँलाई हेरेको थिएँ जसलाई तिनीहरूले घोचेका थिए, र मेरो परिवर्तन भएको छ भनी मैले जानेँ, ख्रीष्टको खातिर परमेश्वरले मेरो पाप क्षमा गर्नुभयो। मैले अब बुझेँ कि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि।

म मेरा घुँडाहरूबाट उठेँ र, मैले भेट्टाएको नयाँ खुशीमा मैले सोचेँ कि मैले मेरी श्रीमतीलाई ममा आएको ठूलो परिवर्तनको बारेमा बताउँदा तिनी झट्टै मेरो आनन्दमा सहभागी हुनेछिन्। मेरो हृदयमा त्यो बिचार राख्दै, म मेरो अध्ययन कोठाबाट सुत्ने कोठातर्फ कुदेँ। तिनलाई अङ्गालो हालेर चुम्बन गर्दै भनेँ, “श्रीमती, मैले मसीहलाई भेट्टाएँ।” तिनी चिढिएको जस्तै देखिइन्, मलाई आफूबाट पर धकाल्दै, रूखोपनले प्रश्न गरिन्, “कसलाई भेट्टाएँ?” मेरो जवाफ थियो, “मेरो मसीह र मुक्तिदाता येशू ख्रीष्टलाई।” तिनले केहि बोलिनन्, तर पन्ध्र मिनटभन्दा कम समयमा तिनले लुगा लगाइन् अनि बिहानको २ मात्र बजेको र निकै चिसो भएकैबेला घर छोडेर गइन्, र सडक पारी बस्ने गरेका तिनकी आमा-बाबुको घरमा पसिन्। मैले तिनको पिछा गरिनँ, तर मेरो श्रीमतीको पनि मेरो झैं आँखा खोलियोस् भनी मैले नयाँ गरी भेट्टाएको मेरो मुक्तिदाताको सामु घुँडा टेकेँ, र त्यसपछि म सुतेँ। बिहान मेरो श्रीमतीलाई तिनकी बुबा-आमाले भनेछन् कि यदि उसले मलाई “श्रीमान्” भनी बोलाएमा उसलाई उसको अधिकारबाट वञ्चित गरिनेछ, सभाघरबाट निकालिनेछ र श्रापित तुल्याइनेछ। त्यहि समयमा मेरा दुई सन्तानहरूलाई उनीहरूले मलाई फेरी “बुबा” भन्नु हुँदैन; र “धूर्त”येशूको उपासना गर्दाहुँदि म आफैं ऊजस्तै खराब भएको छु भनी तिनीहरूका हजुरबुबा-आमाद्वारा भनि पठाइयो।

ओहो! परमेश्वरको सुसमाचारप्रति मानिसको हृदय कति घृणात्मक छ। रोमीको पुस्तकका एकजना जीवन परिवर्तन भएको हिब्रूहरूको पनि हिब्रू लेखकले यसो भनी ठीक कुराको घोषणा गरेका छन्, “यहूदी र ग्रीकहरू दुवैलाई ‘यिनीहरू सबै पापका वशमा छन्’ भनी दोष लगाइसकेका छौं; जस्तो लेखिएको छ: धर्मी कोही छैन, एउटै पनि छैन... किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” (रोमी ३:९०१०, २३)।

मेरो मुक्तिको पाँच दिनपछि मैले वासिङ्गटनको चिकित्सक-अधिकृतबाट सरकारी कामको निम्ति पश्चिमतर्फ जाने आदेश पाएँ। मैले आफ्नी श्रीमतीसँग कुरा गर्न र ऊसँग बिदाइ माग्न मेरो शक्तिले भ्याएसम्म हर तरिकाले कोशिश गरेँ, तर तिनले न मलाई भेटिन् न ता केहि लेखिन्। यद्यपि तिनले एकजना छिमेकीद्वारा खबर पठाइन् कि मैले येशू ख्रीष्टलाई मेरो मुक्तिदाता भनी भनुन्जेल मैले तिनलाई मेरो श्रीमती भनी बोलाउन पाउँदिनँ, किनभने तिनले मसँग बस्न चाहन्नथिइन्। आफ्नो श्रीमतीबाट यस्तो खबर पाउने आपेक्षा मैले गरेको थिइनँ, किनभने मैले तिनलाई र मेरा प्रिय नानीहरूलाई प्रेम गर्दथेँ। त्यसैले दु:खित हृदय लिएर म त्यस बिहान आफ्नो कामको निम्ति करिब २१०० किलोमिटर यात्रा गर्न आफ्नो श्रीमती र नानीहरूको अनुहार पनि हेर्न नपाइ घरबाट निस्किएँ।

चौवन्न दिनसम्म मेरी श्रीमतीले मैले हरेक दिन एउटा पत्र लेखे तापनि मेरो कुनै पनि पत्रको जवाफ लेखिनन्। र हरेक पत्र पठाउँदा परमेश्वरले कम्तिमा एउटा मात्र भए पनि पत्र पढ्न उसको हृदय नम्र बनाउनुभएको होस् भनी प्रार्थना गरेँ। यदि उसले केवल एउटैमात्र पत्र पढिदिए पनि (किनभने हरेक पत्रमा ख्रीष्ट प्रचार गरिएको थियो र मैले मेरो हृदयमा महसुस गरेको आनन्दको बारेमा बताइएको थियो), मैले घर छोड्नुभन्दा अगाडि तिनले भनेको र गरेको कुरामा पुनर्विचार गर्नेछिन् भनी मैले बिचार गरेँ। मेरो अनुभवमा कौपरको शब्दहरू यसरी पहिले कहिल्यै पनि पूरा भएका थिएनन्:

“God moves in a mysterious way His wonders to perform; He plants His footsteps in the sea, And rides upon the storm”

किनभने मेरो छोरीको अनाज्ञाकारिताले मेरो श्रीमतीले मुक्ति पाएकी हुन्। मेरो छोरी मेरो नानीहरूमध्येको सानी चाहिँ हो, र उसलाई उनको बाबुको प्यारी भनिन्थ्यो। ख्रीष्टतर्फको मेरो परिवर्तन पछि, एकातिर आमाप्रतिको उसको जिम्मेवारी र अर्कोतिर बुबाप्रतिको उसको प्रेमले उसको हृदयलाई व्याकुल बनाएको थियो।

त्रिपन्नौँ रातमा उसले सपनामा उसको बुबाको मृत्यु भएको देखिछन्। उसमा डर उत्पन्न भयो, र जे सुकै व्यहोर्नु परे तापनि, उसले अब आउने चिट्ठी नाश हुन नदिने अठोट गरिन्। अर्को बिहान उसले ढोकामा हुलाकीको प्रतिक्षा गरिन्। जब तिनले उसलाई चिट्ठी हातमा थमाए, उसले बुबाको चिट्ठी झट्टै आफ्नो पाखुरामा लुकाइन्, उसको कोठामा कुदेर गइन्, ढोकामा ताल्चा लगाइन् र तीनचोटी सम्म दोहोर्याएर पढेर मात्र रोकिइन्। उक्त चिट्ठीले उसको हृदयलाई यति सम्म दु:खित बनाएछ कि जब ऊ तल गइन् उसको आमाले ऊ रोइरहेकी देखिछन्, र उसको दु:खको कारण सोधिछन्।

“आमा, यदि मैले तपाईंलाई बताएँ भने, तपाईंले ठेस खानुहुनेछ; तर यदि तपाईं शोकित नहुने प्रतिज्ञा गर्नुहुनेछ भने, म तपाईंलाई बताउनेछु।”

“के हो र, मेरी छोरी?” उसको आमाले सोधिन्।

उसको लुगाबाट मेरो पत्र निकाल्दै, उसले आमालाई गएरातीको सपनाको बारेमा बताइन्, र भनिन्, “मैले आज बिहान मेरो बुबाको पत्र खोलेको छु, र अब मेरो बुबा खराब मानिस हुनुहुन्छ भनी मेरो हजुरबुबा र हजुरआमा वा कसैले पनि भनेको कुरालाई म विश्वास गर्नेछैन, किनभने खराब मानिसले आफ्नो श्रीमती र नानीहरूलाई यस्तो पत्र लेख्न सक्दैन। आमा, म विन्ती गर्दछु, यो पढ्नुहोस्” भन्दै त्यो पत्र आफ्नी आमालाई थमाइन्।

मेरो श्रीमतीले त्यो पत्र लिएर अर्को कोठामा गइन्, र तिनको टेबलको घर्रामा ताल्चा मारेर राखिन्। त्यस साँझ तिनले आफ्नो कोठामा ताल्चा लगाइन् र टेबलको घर्रा खोलेर मेरो पत्र लिइन् र पढ्न थालिन्। जति तिनले त्यो पढिन्, त्यति नै तिनले खराब महसुस गरिन्। पछि तिनले मलाई बताइन् कि त्यो पत्र तिनले पाँचचोटि पढेर मात्र राखेकि रहिछन्। अन्तिम पटक पढेपछि मेरी श्रीमतीले उक्त चिट्ठी टेबलमा फिर्ता राखिन् र अर्को कोठामा फर्केर गइन्। तिनको आँखा आँशुले भरिएको थियो, र अब सोध्ने पालो मेरी छोरीको थियो, “आमा, तपाईं किन रुँदैहुनुहुन्छ?” “छोरी, मेरो हृदय दु:खिरहेको छ”, तिनको जवाफ यस्तो थियो; “म एकछिन विश्राम कक्षमा सुत्न चाहन्छु”। तिनले त्यसै गरिन्। कमाराले तिनको हृदयको दु:खाइ हटाउनलाई चिया भए पुग्छ भनी सोचेर तिनको निम्ति चिया पकाएर दियो। एक कप चियाले सम्भावत: काम गर्न सक्ने त्यस्तो धेरै कुराहरू हुन सक्छ, तर यसले मेरो बिचरी श्रीमतीलाई केहि सान्त्वना दिएन।

केहि समयपछि मेरो श्रीमतीको आमा हाम्रो घरमा आउनुभएछ, मेरी श्रीमती निकै बिरामी भइछन् भनी सोचेर, एउटी आमाले प्राय: गर्ने जस्ता धेरै घरेलु उपायहरू प्रयोग गर्नुभएछ। यसले पनि निको पार्न सकेनछ। साँझको साँढे सात बजेपछि मेरी सासु-आमाले डा. डि— लाई बलाउनुभएछ। उनी झट्टै आएछन् र केहि औषधिहरू खाने सल्लाह दिएछन्, तर उनको औषधिले पनि मेरी श्रीमतीको हृदयको दु:खाइलाई कम गर्न सकेनछ। त्यस रात मेरी श्रीमतीको हेरचाह गर्न मेरी सासु-आमा रातको सवा एघार बजेसम्म हाम्रै घरमा बस्नुभएछ। पछि मेरी श्रीमतीले मलाई बताए अनुसार त्यस रात तिनको आमा त्यहाँबाट गइदिनुभए हुन्थ्यो भनी तिनले इच्छा व्यक्त गरिछन्, किनभने आमा जानुभए बित्तिकै मैले पहिले गरेझैँ घुँडा टेक्न तिनले पूरा हृदय बनाइसकेकि रहिछन्। नभन्दै, सासु-आमाले घर छाडेर त्यहाँबाट जानबित्तिकै, मेरी श्रीमतीले ढोका बन्द गरिछन् र आफ्नो खाटको छेऊमा घुँडा टेकिछन्, र दुई मिनटभन्दा पनि कम समयमा नै ख्रीष्ट, अर्थात ती महान् चङ्गाइकर्ताले तिनलाई भेट्नुभयो, निको पार्नुभयो र मुक्ति दिनुभयो।

तिनको श्रीमानले झैँ, त्यस घडी तिनी मानवीय प्रयत्न, सांसारिक बुद्धि र व्यर्थको रीतिरिवाजको अन्त्यमा आइपुगिन्, अनि आफैंलाई र प्राण, आत्मा र शरीरलाई परमेश्वरकहाँ सुम्पिइन्। पवित्र आत्मा तिनको अन्धो आँखाहरू खोल्न, तिनलाई अन्धकारबाट ज्योतिमा फर्काउन, र शैतानबाट परमेश्वरकहाँ ल्याउन (प्रेरित २६:२८) तयार रहनुभएको तिनले भेट्टाइन्। तिनले “परमेश्वरका थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ” हेर्न सकिन्, तिनले पुरानो समयको फिलिपसँगै भन्न सक्थिन्, “हामीले उहाँलाई भेट्टाएका छौं, जसको विषयमा मोशाले व्यवस्थामा लेखे, र भविष्यवक्ताहरूले लेखे, अर्थात् यूसुफका पुत्र, नासरतका येशूलाई” र नथनएलसँगै भन्न सक्थिन्, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ! तपाईं इस्राएलका राजा हुनुहुन्छ!” (यूहन्ना १:२९, ४५, ४९)।

अर्को बिहान मैले यस्तो लेखिएको एउटा पत्र पाएँ, “प्रिय श्रीमान्, --एकचोटि घर आउनुहोस्। तपाईं गलत हुनुहुन्छ र म ठीक छु भनी मैले सोचेँ, तर तपाईं ठीक हुनुहुन्छ र मचाहिँ गलत रहेछु भनी मैले थाह पाएको छु। तपाईंको ख्रीष्ट नै मेरो मसीह हुनुहुन्छ—तपाईंको येशू, मेरो मुक्तिदाता हुनुहुन्छ। अघिल्लो रात, एघार बजेर १९ मिनट बित्दा, म मेरो जीवनमा पहिलो पटक मेरा घुँडाहरू टेकिरहेको थिएँ, र प्रभु येशूले मेरो आत्मा बचाउनुभयो।”

उक्त पत्र पढेपछि एकछिनको निम्ति त मैले सेवा गरेको सरकारको कुनै पनि फिक्री छैन जस्तो महसुस गरेँ। मेरो कामलाई अपूरो छोड्दै द्रुत गतिले चल्ने पहिलो रेल चढेँ, र वासिङ्ग्टन जानको निम्ति हिँडेँ। त्यसबेला मेरो घर विशेषगरी यहूदीहरूको माझमा राम्रो परिचित भएको हुनाले (किनभने म प्राय: जसो सभाघरमा गाउने काम गर्दथेँ), हलचल मच्च्याउन चाहिनँ, र त्यसैले मेरो श्रीमतीलाई मलाई स्टेशनमा नभेट्न पत्र लेखेँ। वासिङ्ग्टन पुगेर आफ्नो सामानहरू लिएर म चुपचापसँग घर पुगेँ। जब म मेरो घरको अगाडि पुगेँ, मेरी श्रीमती ढोकामा उभ्भिएर मेरो बाटो हेरिरहेको भेट्टाएँ। तिनको अनुहार खुसीले उज्यालो भएको थियो। म गाडीबाट बाहिर निस्कनसाथ तिनी कुदेर मलाई भेट्न आइन् र मलाई अङ्गालो हालेर चुम्बन गरिन्। घरको सडकपारीबाट तिनको बुबा-आमा पनि खुला ढोकामा उभिरहेका थिए, र जब तिनीहरूले हामीलाई एक-अर्काको अङ्गालोमा देखे, तब तिनीहरूले म र मेरो श्रीमती दुवैलाई सराप्न थाले। मेरी श्रीमतीले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गरेको दश दिनपछि, मेरी छोरीले पनि मुक्ति पाइन्। ऊ अहिले एक ख्रीष्टियनको श्रीमती भएकीछिन्, र तिनको श्रीमानसँगै फसलको खेतमा काम गर्ने सहकर्मी हुन्। मेरो छोराले (उसको बारेमा मैले छोरीको जस्तै वयान दिन पाएको भए हुन्थ्यो भनी म परमेश्वरसँग विन्ति गर्दछु) आमापट्टीको उसको हजुरबुबा र हजुरआमाबाट प्रतिज्ञा पाएको थियो कि उसले मलाई “बुबा” र उसको आमालाई “आमा” भनी कहिल्यै नबोलाएको खण्डमा, उनीहरूले उसलाई आफ्नो सबै सम्पत्ति छोड्दिनुहुनेछ। र अहिलेसम्म पनि ऊ आफ्नो प्रतिज्ञामा खडा रहेकोछ।

३-चार्ली कोल्सन-युद्ध ढोलक बजाउने केटो


मेरी श्रीमतीले मुक्ति पाएको नौ महिनापछि उसको मृत्यु भयो। मृत्यु हुनुभन्दा अगाडि आफ्नो छोरालाई देख्न पाउनु तिनको हृदयको इच्छा थियो, जो हाम्रो घरबाट केवल सात मिनटको पैदल दुरीमा बस्दथ्यो। मैले बारम्बार उसलाई आउन र मृत्युको मुखमा भएकी उसको आमालाई हेर्न विन्ति गरिरहेँ। त्यस शहरको एकजना सेवकले पनि उसको श्रीमतीको साथमा गएर व्यक्तिगत रूपमा मेरो छोरालाई भेट्नुभयो र मृत्युको मुखमा भएकी उसको आमाको इच्छा पुरा गरिदिनलाई मनाउने कोशिश गर्नुभयो तर उसको एउटै जवाफ यस्तो थियो, “तिनी श्रापित होऊन्, तिनी मरून्, तिनी मेरी आमा होइनन्।”

बिहिबार बिहान (तिनको मृत्युको दिन), मेरी श्रीमतीले तिनी उपस्थित हुने गरेको मण्डलीको सकभर धेरै सदस्यहरू, तिनको मृत्युको घडीमा तिनीसँग हुन आउनेछन् कि भनी बोलाउन लगाइन्। साँढे दश बजे तिनले एकजना सेवकको श्रीमती रायली (Mrs. Ryle)लाई, जो तिनीसँग एकदम नजिकको मित्र थिइन्, तिनको देब्रे हात समाउन र बाँकी सबै दिदी-बहिनीहरूले उहाँसँगै हातेमालो गर्न अनुरोध गरिन्। म खाटको अर्को तर्फ उभिएको थिएँ र मैले तिनको दाहिने हात समाएँ। अनि अरू दाजु-भाइहरूले मसँगै हातेमालो गरे, र मेरी श्रीमतीको अनुरोधमा हामी गोलो भएर बस्यौं, हामीहरू करिब अड्तीस जना थियौं, र हामीले त्यसपछि एउटा भजन गायौं,

“येशू प्राणको शरणस्थान, म तपाईंकहाँ भागी आऊँ,
चल्दा बाढी मेघ तुफान, आँधीदेखि आड म पाऊँ।
जीवन कष्ट रहुन्जेल, रक्षा गर्नोस् मेरो प्राण,
जब आउँछ मृत्युकाल, पसूँ स्वर्गीय आश्रयस्थान”
एकदम मन्द आवाजले, हामीले गाउन सुरु गर्यौं,
येशू खाली तपाईंलाई, म अपनाउन चाहन्छु,
मनको आपद दु:ख हटाई, लौ डोर्याउनुहोस् प्रभु।
म ता सब अशुद्ध छु, भरेको पाप कपटले,
तपाईं पवित्र प्रभु, भरेको अनुग्रहले।

मेरी श्रीमतीले शक्तिहीन, तर स्पष्ट आवाजमा भनिन्: “हो, मैले चाहेको यति मात्र हो; मसँग भएको यति मात्र हो। आउनुहोस्, प्रभु येशू, मलाई घर लैजानुहोस्”, र तिनी सुतिन्।

ऊ, जसलाई बालककालदेखि नै येशूको नामलाई घृणा गर्न सिकाइएको थियो, अनुग्रहद्वारा “त्यो नाम, जो हरेक नामभन्दा उच्च छ”, त्यस नामलाई मूल्यवान ठान्न सिकिन् जुन नामले उसको अमूल्य आत्मालाई बचाउनुभयो, र परिक्षाका अन्तिम महिनाहरूमा उसलाई स्थिर राख्नुभयो, र हाम्रो उपस्थितिमा यस पाप र दु:खले भरिपूर्ण संसारबाट अब्राहाम, इसहाक र याकूब, साथै चाहे यहूदी वा अन्यजाति, सबै मुक्ति पाएकाहरूको निम्ति तयार बनाइएको बासस्थानमा बिजयी प्रस्थान गराउनुभयो।

तिनको घर जाने कार्यलाई मैले निम्न कवितामा सक्दो वर्णन गर्ने कोशिश गरेको छु:

I AM COMING
O glorious hour! I’m going home,
The gate’s ajar for me,
The angels’ wings are rustling near,
Their forms I almost see.
The shadows of that sinless throng
Are falling over me;
Saviour! loving Saviour!
I come, I come to Thee.
Chorus:
I am coming, I am coming,
Coming now to Thee;
I am coming, blessed Saviour,
Coming now to Thee.
What though this temple slow decays,
And pain is hard to bear,
I have a home not made with hands,
Eternal over there.
Thy blood alone has purchased it,
Those mansions bright and free,
Jesus! loving Jesus!
O glorious hour! the gates of pearl
Are open wide, I’m free!
The angel songs are ringing clear,
Praise God, praise God with me.
My work is done, I’m going home,
Sinless soon I’ll be;
Saviour! loving Saviour!
I come, I come to Thee.

मेरो छोरा दफनकार्यमा आएन, र मैले जानेसम्म न उसको आमाको चिहानमा गएको छम नता उसले मलाई “बुबा” भनी बोलाएको छ, नता मेरो मुक्तिपछाडिको कुनै पनि पत्रको जवाफ दिएको छ, यद्यपि उसलाई भेट्ने कोशिश गर्न र मिलाप गर्न म एट्लान्टिक (Atlantic), अमेरिकाबाट जर्मनीतर्फ तीन पटक यात्रा गरेँ, तर हरेक पटक म विफल भएँ, किनभने ऊ आफैं मसँग भेट्न चाहँदैनथियो। यद्यपि यस कुराले उसको निम्ति अझै गम्भिर भएर प्रार्थना गर्न उत्साह दिएको छ ताकि उसले पनि यहूदी पक्षपातको दासत्वबाट मुक्ति पाउन सकोस्, र “हेर, परमेश्वरका थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ” (यूहन्ना १;२९) भन्दै येशूलाई हेर्न सकोस्। सन् १८८७को जुलाईमा जर्मनीको चौथो भ्रमणले मेरो विश्वासलाई बलियो र निश्चित बनाएको छ, किनभने मेरो छोराले मलाई भेट्न केवल सहमत मात्र भएन, तर बिगतलाई सम्झेर उसले तीतो आँशु पनि झार्यो, र अमेरिकामा उसको प्रिय बहिनीलाई भेट्ने इच्छा पनि व्यक्त गर्यो।

मैले मुक्ति पाएपछि तुरुन्तै नै मैले मेरी आमालाई, जो जर्मनीमा बस्ने गर्दथिन्, कसरी मैले साँचो मसीहलाई भेट्टाएको छु भनी बताउँदै चिट्ठी लेखेँ। मैले यो असल खबर उहाँबाट रोकिराख्न सकिनँ, र उहाँले मेरो कुरा (म जो चौधजना सन्तानहरूमा जेठो थिएँ) विश्वास गर्नुहुनेछ भनी मेरो हृदयमा सोचेको थिएँ। निश्चय नै, म भन्न सक्छु कि मैले मुक्ति पाएपछिको मेरो पहिलो इच्छा भनेको मेरा सबै यहूदी तथा अन्यजाति साथीहरूले मसँगै मैले भेट्टाएको नयाँ आनन्दमा सहभागी हुनेछन् भन्ने थियो। भजनसङ्ग्रहका लेखकले झैं मैले अनुभव गरेँ: “हे सबै परमेश्वरको डर मान्नेहरूहो, आओ र सुन; र उहाँले मेरो प्राणको लागि के-के गर्नुभएको छ, सो म बताउनेछु” (भजनसङ्ग्रह ६६:१६)। यो आशा, जहाँसम्म मेरो आमाको कुरा गर्ने हो, एउटा असध्यै तीतो निराशा बन्न पुग्यो जब उहाँले मलाई एउटा पत्र लेख्नुभयो (यदि श्रापलाई पत्र भन्न सकिन्छ भने)। हुन त निकै समयसम्म पत्र नआएर छाएको मौनताले मभित्र एउटा शंका उत्पन्न गराएको थियो, कि यदि उहाँले कुनै पत्र लेखिहाल्नुभयो भने पनि उक्त पत्र त्यो श्राप पठाउनको निम्ति हुनेछ जुन श्राप हरेक यहूदीले ख्रीष्टियनवादलाई अपनाउँदा आफ्नो नजिकका आफन्तहरूबाट आश गर्न सक्छ। यो शंका साँढे पाँच महिनापछि पूर्णतया निश्चयतामा परिवर्तन भयो, जुन महिनाहरूमा म उहाँद्वारा निलम्बनमा परेको थिएँ, किनभने मैले मुक्ति पाउनुभन्दा अगाडि उहाँले मलाई महिनाको एकपटक लेख्ने गर्नुहुन्थ्यो।

एउटा बिहान जब हुलाकले मकहाँ मेरो पत्रहरू ल्यायो, जसमध्ये एउटामा जर्मनी हुलाकछाप भएको मैले देखेँ जसमा मेरी आमाको उही पुरानो, चिरपरिचित अक्षर थियो। मैले त्यो देख्ने बित्तिकै मैले मेरी श्रीमतीलाई भनेँ: “श्रीमती, अन्त्यमा यो आइपुगेको छ।” मैले सबैभन्दा पहिले त्यहि पत्र खोलेँ भनी भनिराख्नुपर्दैन। त्यस पत्रमा अरू बेलाको पत्रहरूमा सामान्यतया हुने गरेको कुनै शिर्षक थिएन, कुनै मिति थिएन, कुनै “मेरो प्रिय छोरा” लेखिएको थिएन। तर त्यस पत्रमा यस्तो लेखिएको थियो:

“म्याक्स—तिमी अबदेखि उसो मेरो छोरा होइनौ; हामीले तिमीलाई पुतला बनाएर गाड्यौँ; तिमी मृत भएझैं गरी हामीले शोक मनायौं। र अब अब्राहाम, इसहाक र याकूबमा परमेश्वरले तिमीलाई अन्धो, बहिरो र गुंगा बनाउनलाई हिर्काएका होऊन्, र आत्मालाई सदा-सर्वदाको निम्ति दण्डित तुल्याएका होऊन्। तिमीले त्यस “धूर्त” येशूको निम्ति आफ्नो बाबुको धर्म र सभाघरलाई त्यागेका छौ र अब तिम्रो आमाको श्राप लिऊ। –-क्लारा”
यद्यपि यस बेलासम्म येशू ख्रीष्टको सुसमाचारलाई अङ्गाल्दा तिर्नु पर्ने मूल्यलाई मैले पूरै बुझिसकेको थिएँ, र सभाघरलाई आफ्नो पिठ्यूँ फर्काउँदा मेरा आफन्तहरूबाट मैले के आश गर्न सक्छु भन्ने मैले जानेको थिएँ, म स्वीकार गर्दछु कि मेरी आमाबाट यस्तो चिट्ठी आउनेछ भनी म कठीनसाथ तयार थिएँ। तथापि, अब मेरो श्रीमती र म हामीले भेट्टाएको नयाँ जीवनमा एक-अर्काप्रति पूरै सहानुभूति प्रकट गर्न सक्थ्यौँ, किनभने मैले अघिनै बताए अनुसार, तिनको बुबा-आमाले पनि तिनले ख्रीष्टमाथि विश्वास गरेको हुनाले तिनको सम्मूखमै तिनलाई सरापेका थिए। तरैपनि, त्यहाँ पूरै दू:ख थिएन, किनभने यो भन्दा अगाडि कहिल्यै पनि भजनका लेखकले लेखेका यी शब्दहरू मेरो श्रीमती र मेरा निम्ति उत्साहपूर्ण र अर्थपूर्ण भएको थिएन, “जब मेरा बाबु र मेरी आमाले मलाई त्याग्लान्, तब परमप्रभुले मलाई सम्हाल्नुहुनेछ”।

एउटा यहूदीलाई ख्रीष्टियन हुनु एकदम सजिलो छ भनी कसैले पनि नसोचोस्। उसले परमेश्वरको राज्यको खातिर आफ्नो बाबु, आमा, र श्रीमतीलाई पनि त्याग्न तयार हुनुपर्छ। तरैपनि त्यस्तो सतावटहरूले मलाई झन्-झन् मेरो नयाँ मालिकका शब्दहरू मूल्यवान ठान्न प्रेरित बनायो, “म तिमीहरूलाई साँचो भन्दछु, नयाँ सृष्टिमा, जब मानिसका पुत्र आफ्नो महिमामा सिंहासनमा बस्नेछन्, तब तिमीहरू पनि, जो मरो पछि लागेका छौ, इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै बाह्रओटा सिंहासनहरूमा बस्नेछौ, अनि हरेक, जसले मेरा नामका निम्ति घरहरू वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा बाबु वा आमा वा स्वास्नी वा नानीहरू वा जग्गाजमिनहरू त्यागेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकारी हुनेछ” (मत्ती १९:२८-२९)।

मैले उहाँलाई एउटा कविता लेखेर उहाँको पत्रको जवाफ दिएँ:

ANSWER TO MY MOTHER'S CURSE
Far away from home, my mother,
Daily I will pray for thee.
Why should I be cursed, my mother?
Why such message sent to me?
Once convinced of sin, my mother,
I cried, u Jesus, set me free! "
I am happy now, my mother,
Christ, the Jew, has died for me.
Him you taught me to hate, mother,
Him you still u Impostor" call,
Died for me on Calvary, mother,
Died to save me from the Fall.
Let me lead you to Him, mother,
While I pray on bended knee:
u Jesus, now accept my mother;
0 Lord Jesus, set her free! "
Be persuaded, dearest mother,
Do not now so hardened be;
Jesus Christ, the Jew's Messiah,
Surely died for you and me.
Can you spurn such mercy, mother?
Can you turn away your face?
Come to Jesus, come, dear mother,
Fly, oh fly; to His embrace!

(हाललाई अङ्ग्रेजीमा मात्र उपलब्ध)

यद्यपि उहाँले मलाई त्यसपछि कहिल्यै पनि पत्र लेख्नुभएन, मलाई यो बताएको थियो कि मृत्युको शैय्यामा उहाँले बोल्नुभएको शब्द मेरै नाम थियो, “म्याक्स”। र कसले भन्न सक्छ होला र कि उहाँले सायद अन्तिम घडीहरूमा उहाँको सरापको दु:खद सम्झना र यहूदीवादको असन्तोष र आत्माको भोकले उहाँलाई साँचो मसीह—येशूमा परमेश्वरद्वारा प्रबन्ध गरिएको थुमालाई भेट्टाउन डोर्यायो कि (यूहन्ना ४:२६-६:३७)।
“चार्ली कोल्सन”को पछिल्लो भाग बताउन बाँकी नै छ।
मेरो मुक्तिको अठार महिनापछि एक साँझ म ब्रूकलीन शहरको एउटा प्रार्थना सभामा उपस्थित भएको थिएँ। यो त्यस्तो खालको सभा थियो जहाँ ख्रीष्टियनहरूले उनीहरूको मुक्तिदाताले गर्नुभएको प्रेममय दयाको गवाही दिनेगर्दछन्। उनीहरूमध्ये केहिले बोलिसकेपछि, एकजना वृद्ध महिला उठ्नुभयो र भन्नुभयो, “प्रिय मित्रहरू, ख्रीष्टको लागी गवाही दिने विशेषाधिकार पाउने यो मेरो अन्तिम अवसर हुन सक्छ। मेरो पारिवारिक चिकित्सकले हिजो मलाई भन्नुभयो कि मेरो दाहिने फोक्सो बिग्रिसकेको छ र मेरो देब्रे फोक्सो पनि धेरै असर परेको छ, त्यसैले, थोरै समयको निम्ति मात्र म तपाईंहरूको माझमा हुनेछु, तर मेरो जे जति बाँकि छ, त्यो सबै येशूकै हुन्। आहा! यो ठूलो आनन्द हो कि म मेरो छोरालाई येशूको साथमा स्वर्गमा भेट्नेछु। मेरो छोरा उसको देशको निम्ति मात्र सिपाही थिएन, तर ऊ त ख्रीष्टको पनि सिपाही थियो। ऊ गेट्टीसबर्गको एउटा युद्धमा घाइते भएको थियो, र एउटा यहूदी चिकित्सकको हातमा परेको थियो, जसले उसको हात र खुट्टा काट्नुभएको थियो, तर उक्त शल्यक्रियाको पाँच दिनपछि उसको मृत्यु भयो। सैनिक बटालिनका प्रचारकले मलाई चिट्ठि लेख्नुभयो र मेरो छोराको बाइबल पठाउनुभयो। त्यस पत्रमा मलाई बताइएको थियो कि चार्लीले उसको मृत्युको घडीमा यहूदी चिकित्सकलाई बोलाउन पठाएछ र उहाँले यसो भनेछ, “चिकित्सकज्यू, पाँच दिन अगाडि, जब तपाईंले मेरो हात र खुट्टा काट्दै हुनुहुन्थ्यो, मैले प्रभु येशू ख्रीष्टलाई तपाईंको आत्मा बचाइदिनु भएको होस् भनी प्रार्थना गरेको थिएँ।”

जब मैले उक्त महिलाको गवाही सुनेँ, म अझै चुपचाप बसिरहन सकिनँ। मैले मेरो कुर्सी छोडेँ, कोठाको अर्कोपट्टी हिँडे, र उहाँको हात समात्दै भनेँ, “परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस्, मेर प्रिय बहिनी; तपाईंको छोराको प्रार्थनाको सुनुवाइ भएर जवाफ दिइएको छ। म नै त्यो यहूदी चिकित्सक हुँ जसको निम्ति चार्लीले प्रार्थना गरेको थियो, र उसको मुक्तिदाता अब मेरो मुक्तिदाता हुनुहुन्छ।” यहूदी र अन्यजाति “ख्रीष्ट येशूमा एक” बनाइएको दृश्यले सभामा स्वर्गीय उमङ्ग छर्यो, र मृत्यु-शैय्यामा भएको त्यस युद्ध ढोलक बजाउने ठीटोलाई क्रूसको शत्रुहरूको निम्ति प्रार्थनामा उसको मालिकको आत्मा प्रकट गर्न योग्य तुल्याएको महसुस भयो।

And there among the saved at last,
For ever blest and glad,
The mother dear and doctor saved
Shall meet that drummer lad.

सन् १८८७ को अक्टोबरमा डाक्टरले यसो भन्दै लेख्नुभयो, “मेर हृदयको ठूलो आनन्द र धन्यवादसहित म मेरो प्रिय छोराको मुक्ति पाएको कुरा लेख्दछु। मे निश्चयसाथ विश्वास गर्दछु कि सन् १८८७को जुलाईमा हाम्रो भेट भएको समयभन्दा अगाडीदेखि नै प्रिय मुक्तिदातले उसको हृदयलाई विचलित पारिरहनुभएको थियो। चौध वर्षमा पहिलो पटक उसले मलाई “बुबा” भनी बोलायो। हाम्रो भेटमा ऊ बेस्सरी रोयो, र उसको बहिनीलाई भेट्नुचाहिँ उसको आत्माको इच्छा थियो। यो सुनेर मेरो हृदय रमाहटले उफ्रियो, किनभने म जान्दथेँ ऊ आफ्नी बहिनीसँग (जो अमेरीकाको निष्ठावान ख्रीष्टियन हुन्) असल हातहरूमा सुरक्षित रहनेछ।

“केहि दिनहरूको निम्ति मेरो केहि साथीहरूसँग जर्मनमा यात्रा गर्दाहुँदि (जुन समयमा उसले आफ्नो आमाको बारेमा खुलेर मसँग कुरा गरेको थियो, तिनको मृत्यु अगाडि भेट्न नपाइकोमा उसले पछुतो गरेको थियो, र तिनलाई स्वर्गमा भेट्ने इच्छा रहेको कुरा व्यक्त गरेको थियो), ऊ अमेरिका फर्कियो, जहाँ उसले अगष्ट १५को सोमबार साँझ उसको बहिनीलाई भेट्यो। त्यो भेटलाई व्यख्या गर्नुभन्दा कल्पनाचाहिँ राम्ररी गर्न सकिन्छ, किनभने १४ वर्षसम्म उनीहरूको भेट भएको थिएन। त्यसपछिको शुक्रबारमा, मेरो छोराले उसको बहिनीलाई आमाको चिहानसम्म सँगै जानको निम्ति अनुरोध गर्यो। त्यहि रात मेरी छोरीले मलाई यसो भन्दै चिट्ठी लेखिन् कि उसको भाइ आमाको चिहान अगाडि उभिँदा उसको हृदय तोडिएको थियो र तिनले यसरी लेखेकि थिइन्, ‘प्रिय बुबा, म परमेश्वरलाई धन्यवाद चढाउँछु कि मेरो भाइ पापको निम्ति कायल हुँदै छ; उसले विगतमा उसको बुबा, आमा र बहिनी प्रति कसरी आफ्नो दायित्वको वास्ता गरेन भनी पूर्ण रूपले महसुस गरेको छ। म निरन्तर उसको निम्ति प्रार्थना गरिरहेको छु, मेरो श्रीमान् र यहाँका अरू धेरै ख्रीष्टियन साथीहरूको पनि उसको मुक्तिको निम्ति प्रार्थना गरिरहेका छन्’”

“शुक्रबाट, अगष्ट १९मा, ऊ फेरि पनि उसको आमाको चिहानमा गयो (तर यो पाली एक्लै), र त्यहाँ हुँदा परमेश्वरले उहावको कृपाअनुसार, ख्रीष्टको नामको खातिर, उसको पापहरू क्षमा गर्नुभयो र उसको आत्माको उद्धार गर्नुभयो। ऊ घर फर्कियो, आफ्नो बहिनीलाई त्यो असल खबर सुनायो, र त्यहि रात मलाई पनि चिट्ठी लेख्यो। बहिनीले पनि उसको दाजुलाई जानकारी नदिई मलाई चिट्ठी लेखिछन्, र दुवै पत्रहरू एकै हुलाकमार्फत मकहाँ आइपुग्यो, र साँच्चै त्यस दिन असल खबरहरूको दिन बन्यो। धेरै वर्षसम्म मैले सहेका दु:खहरूको बदला मैले खुशी पाएँ र भजनलेखकसँगै भन्न सकेँ, “रुवाइ रातभर रहला, तर बिहानै आनन्द आउँछ।”

“र अब निश्कर्षमा, म प्रार्थना गर्दछु कि मेरो एउटै छोराले पनि मैले त्यत्रो समय इन्कार गरेको ती प्रिय मुक्तिदाताको (जो आज उसको सबै थोक हुनुहुन्छ) सुसमाचार प्रचार गरेको सुन्न पाउन्जेल परमेश्वरले मेरो जीवन मलाई बक्सिनुभएको होस् भनी प्रार्थना गर्दछु, किनभने उसको पछिल्लो पत्रमा उसले आफैंलाई सुसमाचारीय कार्यको निम्ति तयार पार्दैछु भनी लेखेको थियो।”

सेप्टेम्बर १३, १८९२मे डा. रोस्भ्यालीले यसो लेख्नुभयो: “मेरो छोराको विषयमा म तपाईंहरूलाई यो बताउन सक्छु। उसले आफ्नो सम्पूर्ण समय परमप्रभुको कामको निम्ति समर्पण गर्दैछ। मेरो स्वास्थ्य यसरी बिग्रनुभन्दा केहि वर्ष अगाडि मैले जसरी गर्दथेँ, त्यसरी नै उसले पनि सुसमाचारीय कार्य गर्ने योजना गर्दैछ, अर्थात्, ठाऊँ-ठाऊँमा गएर गरीब, संघर्षरत मण्डलीहरू र सेवा कार्यहरूलाई सहायता गर्दैछ। परमेश्वरले उसको मेहनरहरूमा प्रशस्त आशिष दिनुभएकोछ भनी भन्न पाउँदा म धन्यवादी छु। उसले मेरा पर्चाहरू पनि अमेरिकामा नि:शूल्क वितरणको लागी छाप्ने काम गर्दैछ।”

परमेश्वरतर्फ पश्चात्ताप गरेको केहि समयमै, डा. रोस्भ्यालीले संयुक्त राष्ट्र अमेरिकाको उनको कार्यलाई राजिनामा दिए र यहूदी भाइहरूको मुक्तिको निम्ति सेवाकार्य सुरु गरे। उनले पहिले निकै विरोधहरूको सामना गर्नुपर्यो, तर उनी लागिरहे, र अन्त्यमा राम्रै सङ्ख्यामा—धनी र गरिब, वृद्ध र जवान यहूदी पुरुष र महिलाहरूले यसो भन्दै बताएको देख्न पाए: “हामीले मसीहलाई (जसको अर्थ ‘ख्रीष्ट’ हो) भेट्टाएका छौं” (यूहन्ना १:४१ख)।

पछि तिनले वृहत सुसमाचारीय यात्राहरू गरे, र यूरोप, अमेरिका, क्यानडा, जर्मनी, र अरू धेरै ठाउँहरूका शहरहरू घुमे, ठूला सङ्ख्याका श्रोताहरूलाई तिनको शक्तिशाली तरिकाले नि:शूल्क र पूर्ण मुक्तिको असल खबरहरू प्रचार गरे। परमेश्वरको अधिनमा रहेको तिनको सेवकाइले थुप्रै यहूदी साथै अन्यजातीहरूलाई अन्धकारबाट ज्योतिभित्र र शैतानको सामर्थ्यबाट परमेश्वरतर्फ डोर्यायो।

केहि वर्षको आनन्दित सेवा र केहि महिनाको साह्रो संकष्ट पश्चात सन् १८९२ को अक्टोबरमा एम. एल. रोस्भ्यालीलाई (M. L. Rossvally) स्वर्गको अझै उच्च सेवकाइको निम्ति बोलाइयो।

“तिनी मरे तापनि अझै बात गर्दछन्” किनभने “चार्ली कोल्सन, युद्ध ढोलक बजाउने ठीटो”को लाखौं प्रति र उनको अन्य पर्चाहरू अमेरिका, बेलायत, इन्डिया, अस्ट्रेलिया र न्यूजिल्याण्ड, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, रस्सिया, र अरू देशहरूमा फैलिएका छन्, र धेरैलाई उहाँलाई चिन्ने ज्ञानमा ल्याएका छन्।

निश्चय पनि यो सत्य र हृदय छुने सत्य जीवन कथाले हाम्रै दिनहरूमा पनि एकजना चर्चित मुक्ति पाएको यहूदीको शब्दहरूलाई पुन: निश्चित पार्दछ—टार्ससका शाउल—जसले भनेका छन्, “किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिनँ; किनकि विश्वास गर्ने हरेकका लागि — पहिले यहूदीका लागि र ग्रीकका लागि पनि — मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो” (रोमी १:१६)।

याद गर्नुहोस्, यो कुनै ख्रीष्टियनवाद वा यहूदीवादको सुसमाचार होइन, नता कुनै मण्डलीको, पन्थको वा समूहको सुसमाचार हो, तर यो त ख्रीष्टको सुसमाचार हो, त्यो सुसमाचार जसले परमप्रभु येशू ख्रीष्टको अतुलनीय व्यक्तित्वको बारेमा बताउँछ, जो “पवित्र-शास्त्रहरूमुताबिक हाम्रा पापहरूका निम्ति मर्नुभयो, र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक तेस्रो दिनमा बौराइनुभयो” (१ कोरिन्थी १५:३-४)। “यसैकारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ; र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि हुनेहरूको हरेक घुँडा येशूको नाममा टेकिनुपर्छ; र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले ‘येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ’ भनी स्वीकार गर्नुपर्छ” फिलिप्पी २:९-११)।

हामीले विचार गर्नुपर्ने ठूलो प्रश्न—के मैले, युद्ध ढोलक बजाउने त्यस ठीटो र डाक्टरले झैं, व्यक्तिगत रूपमा, मेरो हराएको र “अपराध र पापहरूमा मरेको” अवस्थालाई महसुस गरेको छु (एफेसी २:१), र प्रभु येशू ख्रीष्टलाई मेरो आफ्नै व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गरेको छु?—र “परमेश्वरले ख्रीष्टको खातिर मेरो पापहरू क्षमा गर्नुभएको छ” भनी के म जान्दछु? यदि छैन भने, किन यसमा विवरण दिइएझैं यहूदी र अन्यजातिले जस्तो यी कुराहरूलाई जाँच नगर्ने? “हेर, परमेश्वरका थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ” (यूहन्ना १:२९), र तपाईंले यसो भन्न सक्नुहुनेछ, “तर ऊ ता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो; र उसका कोर्राका चोटहरूद्वारा हामी निकौ भयौं।” (यशैया ५३:५)।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्”(यूहन्ना ३:१६)।

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ”(यूहन्ना ५:२४)।

“यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ। किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ” (रोमी १९:९-१०)।

'Whosoever heareth,’ shout, shout the sound,
Send the blessed tidings all the world around:
Spread the joyful news wherever man is found,
‘Whosoever will may come.’
‘Whosoever will, whosoever will,’
Send the proclamation over vale and hill;
'Tis a loving Father calls the wanderer home;
‘Whosoever will may come.’
Whosoever cometh need not delay;
Now the door is open, enter while ye may;
Jesus is the true, the only Living Way;
‘Whosoever will may come.’
‘Whosoever will,’ the promise is secure;
‘Whosoever will,’ for ever shall endure;
‘Whosoever will,’ 'tis life for evermore;
‘Whosoever will may come.’

No comments:

Post a Comment