Sunday, November 12, 2017

बाइबल पढ्नलाई चुनौती




अनुवादक: प्रदेश श्रेष्ठ

म बाइबल जान्दछु भनी म ठान्दथेँ,
अलिकति यहाँ, अलिकति त्यहाँ जब म पढ्दथेँ,
कहिले थोरै मत्ती, कहिले थोरै यूहन्ना,
अब उत्पत्तिको एक टुक्रा,
यशैयाका केही अध्याय,
कुनै-कुनै भजनसङ्ग्रह
(तेइस अध्याय विशेष गरी),
रोमीको बाह्रौं, हितोपदेशको पहिलो पनि --
हो, वचन म जान्दछु भन्ने लाग्थ्यो मलाई!
तर वचन पूरै पढ्नु भनेको त
बेग्लै कुरा रहेछ मैले जानेँ,
अनि बाटो नचिनेको जस्तो
जब बाइबल पूरै पढ्न थालेँ।

बाइबलसित खेल्नेहरूहो:
यहाँ र त्यहाँ डुबुल्की मार्नुहुन्छ तपाईं
थाकेर घुँडा टेक्नुअघि
हाइ काट्दै हतारमा प्रार्थना गर्नुहुन्छ तपाईं;
लेखोटहरूका पनि सर्वश्रेष्ठ लेखोटलाई
अन्य किताबसितझैं व्यवहार गर्नुहुन्छ--
छेउ न टुप्पो गरी कुनै खण्ड पढ्नुहुन्छ,
अधीर बनी यस्सो नजर लाउनुहुन्छ --
त्योभन्दा उत्तम उपाय चाखी हेर्नुस् न,
चौडा, अटुट दृष्टि लगाइरहनुस् न;
हर्षले विभोर भई घुँडा टेक्नुहुन्छ तब
बाइबल तपाईं पूरै पढ्नुहुन्छ जब!
-- आमोस आर वेल्स्

No comments:

Post a Comment