Wednesday, November 15, 2017

प्रभु येशू ख्रीष्टको उपासना




येशू ख्रीष्टको ईश्वरत्वको एउटा प्रमाण

जर्ज जेलर

यहोवाका साक्षीहरूका निमित्त समस्याजनक तथ्य
यहोवाका साक्षी नाउँ गरेको झूटा समूह ("कल्ट") को शिक्षाअनुसार येशू केवल एक सृष्टि मात्र हुनुहुन्छ [एक उच्च स्वर्गदूत जसलाई परमेश्वरले शुरुमा सृष्टि गर्नुभयो र जसद्वारा परमेश्वरले अन्य सबै थोक सृष्टि गर्नुभयो]। यहाँ यहोवाका साक्षीहरूलाई एउटा ठूलो समस्या छ। यदि ख्रीष्ट उनीहरूले भनेजस्तै एक सृष्टि मात्र हुनुहुन्छ भने र यदि सृष्टि-पूजालाई परमेश्वरले दण्डनीय कार्य भनी ठहराउनुभएको छ (जसरी रोमी १:२५ जस्ता बाइबलका खण्डमा पाइन्छ) भने, ख्रीष्टलाई उपासना गर्ने कामलाई किन स्वीकार गरिन्छ र अझ यसो गर्न आज्ञा समेत किन दिइएको छ? निम्न कुराहरूलाई विचार गर्नुहोस्:


केवल परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ र सृष्टिको कुनै पनि कुरालाई (त्यो जतिसुकै उच्च भए पनि) उपासना गरिन हुन्न भनेर बाइबलले प्रस्टै सिकाउँछ। उदाहरणको लागि, प्रेरितहरूले उनीहरूलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रेरित १४:११-१५), पत्रुसले उनलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रेरित १०:२५-२६), स्वर्गदूतहरूले उनीहरूलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रकाश १९:१०; २२:८-९), मानिसले परमेश्वरलाई मात्र दण्डवत् गर्नुपर्छ भनेर ख्रीष्टले आज्ञा गर्नुभयो (मत्ती ४:८-१०) र जुन कुरा पाउन परमेश्वरले मात्र योग्य हुनुहुन्छ त्यसलाई मानिसले आफ्नो निम्ति स्वीकार गर्दा मानिस दण्डित भएको पाइन्छ (प्रेरित १२:२१-२३)।

तैपनि यही बाइबलले ख्रीष्टलाई परमेश्वरलाई जस्तै उपासना गरिनु पर्छ भनेर सिकाउँदछ।

ख्रीष्टले यस प्रकारको उपासनालाई स्वीकार मात्र गर्नुभएन, त्यसो गर्न उत्साह समेत दिनुभयो (मत्ती १४:३१-३३; १५:२५-२८; २८:९-१०; २८:१६-१८; यूहन्ना ९:३५-३९)।
ख्रीष्टले यस प्रकारको उपासनाको माग समेत गर्नुभयो (यूहन्ना ५:२३)।
ख्रीष्टलाई दण्डवत् गरियोस् भनी पिताले आज्ञा गर्नुहुन्छ (हिब्रू १:६)। साथै भजनसङ्ग्रह २:१२ सित तुलना गर्नुहोस् ("चुम्बन" = उपासना गर्नु, श्रद्धा-भक्ति चढाउनु।
स्वर्गीय प्राणीहरू अर्थात् स्वर्गदूतहरूद्वारा ख्रीष्ट दण्डवत् गरिनुहुनेछ (प्रकाश ५:८)।
ख्रीष्टको उपासना सर्वव्यापी हुनेछ (फिलिप्पी २:१०-११)। मुक्ति पाएका र नपाएका दुवैले ख्रीष्टलाई घुँडा टेक्नेछन् र उहाँलाई प्रभु भनी स्वीकार गर्नेछन्।

निष्कर्ष: यहोवाका साक्षीहरू येशू वास्तवमा को हुनुहुन्छ भन्ने सवालमा ठूलो भूलमा परेका छन्। उहाँ दण्डवत् गरिन योग्य सृष्टिकर्ता-परमेश्वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ। जसरी रोमी ९:५ मा बताइएको छ, ख्रीष्ट त सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ।

No comments:

Post a Comment