Friday, November 17, 2017

मुक्ति पाउनु र चेला बन्नुमा भिन्नता के छ?




मुक्ति
मुक्ति भन्ने कुरा सित्तैंमा, बिना दाम पाइने कुरा हो (रोमी ६:२३; यशैया ५५:१), यद्यपि कुनै पनि हिसाबले मुक्ति सस्तो कुरा भने होइन (१ पत्रुस १:१८-१९; १ कोरिन्थी ६:२०)।

चेलापन
चेला हुन चाहने व्यक्तिले भने मूल्य चुकाउनैपर्छ, आफूले तिर्नु पर्ने दाम उसले हिसाब गर्नैपर्छ (लूका १४:२५-३३)।

मुक्ति
समयको सवालमा मुक्ति भनेको एकै क्षणमा पाइने कुरा हो (प्रेरित २:४७)।

चेलापन
समयको सवालमा चेला बन्ने काम आजीवन चल्ने प्रक्रिया हो (यूहन्ना ८:३१; मत्ती २८:१९-२०)।

मुक्ति
मुक्ति पाउनलाई प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ (प्रेरित १६:३०-३१)।

चेलापन
चेला हुनलाई ख्रीष्टलाई पछ्‍याउनुपर्छ (मत्ती ४:१८-२२)।

मुक्ति
मुक्ति पाउनु भनेको ख्रीष्टकहाँ आउनु हो र पापको बोझाबाट विश्राम पाउनु हो (मत्ती ११:२८)।

चेलापन
चेला हुनु भनेको ख्रीष्टको जुवा बोक्‍नु हो र उहाँबाट सिक्नु हो (मत्ती ११:२९)।

मुक्ति
ख्रीष्टले मलाई प्रेम गर्ने कुरा मुक्ति अन्तर्गतको कुरा हो (रोमी ५:८; गलाती २:२०)।

चेलापन
मैले ख्रीष्टलाई प्रेम गर्ने कुरा चेलापन अन्तर्गतको कुरा हो (मत्ती १०:३७)।

मुक्ति
सुसमाचार विश्वास गर्ने व्यक्ति एउटा साँच्चै मुक्ति पाएको व्यक्ति हो (रोमी १:१६; ६:१७)।

चेलापन
ख्रीष्टको वचनमा लागिरहने व्यक्ति एउटा साँच्चीकै चेला हो (यूहन्ना ८:३१)।

मुक्ति
मुक्ति पाउनलाई एउटा व्यक्ति क्रूसमा टाँगिनुभएको ख्रीष्टको पाउमा झुक्नुपर्छ र परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ (लूका १८:१३)।

चेलापन
चेला बन्नलाई एउटा व्यक्ति ख्रीष्टको पाउनेर बस्नुपर्छ र उहाँको वचनलाई नम्र र सिकाउन सकिने हृदय लिएर सुन्नुपर्छ (लूका १०:३९)।

मुक्ति
मुक्ति पाइसकेको व्यक्ति एक विश्वासी हो (१ यूहन्ना ५:१)।

चेलापन
सिक्दै गरेको व्यक्ति एक चेला हो [ग्रीक भाषामा चेलाको शाब्दिक अर्थ "सिकारु, विद्यार्थी, शिष्य, अनुयायी" हो]

मुक्ति
मुक्ति पाइसकेको व्यक्तिले ख्रीष्टलाई स्वीकार गर्दछ (रोमी १०:९-१०)।

चेलापन
एउटा चेलाले आफैलाई इन्कार गर्दछ (लूका ९:२३)।

मुक्ति
मुक्ति पाएको व्यक्तिले ख्रीष्टलाई प्राप्‍त गरेको हुन्छ (१ यूहन्ना ५:१२)।

चेलापन
एउटा चेलाले आफ्ना सम्पत्तिहरू त्याग्दछ (लूका १४:३३)।

मुक्ति
भरोसा गर्ने काम मुक्ति अन्तर्गतको कुरा हो (एफेसी १:१३)।

चेलापन
अभ्यास गर्ने काम चेलापन अन्तर्गतको कुरा हो (मत्ती २८:१९-२०)।

मुक्ति
मुक्ति पाउनु भनेको हामीले परमेश्वरको वरदानलाई ग्रहण गर्नु हो (यूहन्ना १:१२; एफेसी २:८-९)।

चेलापन
चेला बन्नु भनेको परमेश्वरका शिक्षाहरू ग्रहण गर्नु हो (प्रेरित २:४२)।

मुक्ति
परमेश्वरले माग गर्नुभएको त्यो सिद्ध धार्मिकताको सवालमा प्रत्येक विश्वासी प्रभु येशू ख्रीष्टमा अलिकति पनि घटी छैन (२ कोरिन्थी ५:२१)।

चेलापन
चेलापानले राखेका ती सबै मागहरूको सवालमा विश्वासीहरू प्रायः घटी नै हुन्छन् (लूका १४:२५-३३)।

मुक्ति
मुक्तिचाहिँ ख्रीष्टमा भएको एउटा व्यक्तिको ओहोदासित सम्बन्धित छ (ख्रीष्टमा भएको हाम्रो सिद्ध पद)।

चेलापन
चेलापनचाहिँ एउटा व्यक्तिको अवस्थासित सम्बन्धित छ (हाम्रो वास्तविक अभ्यास वा हिँडाइ)।

मुक्ति
मुक्तिको सवालमा परमेश्वरले के गरिदिनुभएको छ भन्ने कुरामा जोड दिइन्छ (१ कोरिन्थी १५:३-४)। \

चेलापन
चेलापनको सवालमा मान्छेले के गर्नुपर्छ भन्ने कुरामा जोड दिइन्छ (लूका १४:२५-३३)।

मुक्ति
मुक्तिको केन्द्रबिन्दुमा ख्रीष्टले सम्पन्न गर्नुभएको कार्य रहेको छ (१ कोरिन्थी १:१८)।

चेलापन
चेलापनको केन्द्रबिन्दुमा ख्रीष्टको वचन अर्थात् उहाँको शिक्षा रहेको छ (यूहन्ना ८:३१)।

मुक्ति
परमेश्वरले आफ्नो पुत्रले गर्नुभएको कार्यको आधारमा आफ्नो वचन पूरा गर्न आफूलाई सुम्पिनुभएको कुरा (रोमी ३:२४)।

चेलापन
विश्वासीले ख्रीष्टसितको आफ्नो सम्बन्धको आधारमा ख्रीष्टको वचन पूरा गर्न आफूलाई सुम्पने कुरा (यूहन्ना ६;६८)।

मुक्ति
मुक्ति पाएको व्यक्ति एक पवित्र जन हो (१ कोरिन्थी १:२)।

चेलापन
चेला एक शिष्य अथवा सिक्ने व्यक्ति हो (मत्ती ११:२९)। कुनै विश्वासीहरू अरू भन्दा असल शिष्य हुन्छन्।

मुक्ति
मुक्ति पाउनलाई निमन्त्रणा: मकहाँ आऊ (यूहन्ना ६:३७; मत्ती ११:२८)

चेलापन
चेला हुनलाई निमन्त्रणा: मेरो पछि लाग (लूका ९:२३)।

मुक्ति
मुक्ति पाउनलाई विश्वास गर भन्ने आज्ञालाई पालन गर्नुपर्छ (१ यूहन्ना ३:२३क; यूहन्ना ३:३६)

चेलापन
चेलापनले ख्रीष्टका सबै आज्ञाहरू पालन गर्नुपर्ने माग गर्दछ (मत्ती २८:१९-२०)।

मुक्ति
मुक्ति पाउनु भनेको एउटा पापीले उहाँको वचन सुन्नु हो र उहाँमाथि विश्वास गर्नु हो (यूहन्ना ५:२४)।

चेलापन
चेला हुनु भनेको एउटा पवित्र जन उहाँको पाउनेर वस्नु हो र उहाँको वचन सुन्नु हो (लूका १०:३९)।

मुक्ति
एउटा पापीले मुक्ति पाउने हेतुले चेलापनका मागहरू पूरा गर्न खोज्नुहुँदैन। यो भनेको कामहरूद्वारा मुक्ति पाउन खोज्नु हो।

चेलापन
एउटा पवित्र जनले उसले मुक्ति पाएको हुनाले चेलापनका सबै मागहरू पूरा गर्न खोज्दछ। यो भनेको "असल कामहरूका लागि" बचाइएको हुनु हो (एफेसी २:१०)।


मुक्ति
क्रूसको सन्देश सुनेर विश्वास गर्नु (१ कोरिन्थी १:१८; १५:१-४)

चेलापन
दिनहुँ आफ्नो क्रूस बोक्नु (लूका ९:५३)


मुक्ति
परमेश्वरबाटको मुक्ति सिद्ध छ, कुनै घटी छैन (कलस्सी २:१०; १ कोरिन्थी १:३०)।

चेलापन
चेलापनका सबै मागहरू पूरा गर्ने मेरो जिम्मेवारीको सवालमा म सिद्ध भइसकेको छैन तर "म त्यसको पछि लाग्छु" (फिलिप्पी ३:१२-१३)।


मुक्ति
मुक्ति पाएको व्यक्ति हुन आवश्यक कुरा: विश्वास गर्नुपर्छ; सर्वपर्याप्‍त मुक्तिदाता प्रभु येशू ख्रीष्टमा सरल भरोसा (यूहन्ना ३:१६; प्रेरित १६:३१)।

चेलापन
साँचो चेला हुन ऊ ख्रीष्टको वचनमा लागिरहनुपर्छ, ख्रीष्टलाई सर्वोपरी प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ, आफ्ना सारा सम्पत्तिलाई त्याग्नुपर्छ, आफ्नो क्रूसलाई दिनहुँ बोक्नुपर्छ, आदि। चेलापनका मागहरू थुप्रै छन् र कठीन छन्।


मुक्ति
चेलापन (र यसमा समावेश सबै कुरा) मुक्तिका लागि आवश्यक कुरा होइनन्।

चेलापन
चेलापन मुक्ति पाएको प्रत्येक व्यक्तिको कर्तव्य नै हो।


मुक्ति
मुक्ति मूलतः धर्मीकरणसित सम्बन्धित कुरा हो।


चेलापन
चेलापन मूलतः पवित्रीकरणसित सम्बन्धित कुरा हो।
धर्मीकरण र पवित्रीकरण आपसमा सम्बन्धित कुरा हुन् तर ती दुईबीच अलमल हुनुहुन्न। ती दुईलाई छुट्टाछुट्टै राखिनु आवश्यक छ। मुक्ति र चेलापनलाई पनि त्यसैगरी छुट्टाछुट्टै राखिनु आवश्यक छ।


मुक्ति
मुक्तिले एउटा व्यक्तिलाई ख्रीष्ट (शिक्षक) सित ठीक सम्बन्धमा ल्याउँछ।

चेलापन
चेलापनचाहिँ शिक्षक र शिष्यबीच निरन्तर चलिरहने सम्बन्ध र अन्तरक्रिया हो (आजीवन प्रक्रिया)।

No comments:

Post a Comment