Wednesday, November 15, 2017

येशू ख्रीष्टको ईश्वरत्व




"अनि वचन परमेश्वर हुनुहुन्थ्यो" - यूहन्ना १:१
"अनि थोमाले जवाफ दिएर उहाँलाई भने: "हे मेरा प्रभु! र हे मेरा परमेश्वर!" - यूहन्ना २०:२८
"ख्रीष्ट…जोचाहिँ सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ" - रोमी ९:५
"त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ" - तीतस २:१३

(१) केवल परमेश्वरलाई मात्र जानाउन प्रयोग गर्न मिल्ने नामहरू ख्रीष्टलाई जनाउन प्रयोग गरिएको छ
उहाँलाई परमेश्वर भनिएको छ
यूहन्ना १:१ (यहोवाका साक्षीहरू यसलाई उनीहरूको अङ्ग्रेजी न्यू वर्ल्ड ट्रान्सलेशन (New World Translation) मा "a god" ("एक ईश्वर") भनेर अनुवाद गर्न बाध्य भएका छन्
यूहन्ना २०:२८
रोमी ९:५ (हिजोआजका कतिपय अनुवादहरूमा यस पदको सुस्पष्ट भनाइलाई ओझेलमा पार्न विरामचिह्नको चलाकीपूर्ण प्रयोग गरिएको पाइन्छ)
तीतस २:१३
हिब्रू १:८
१ यूहन्ना ५:२०
यशैया ९:६
उहाँलाई "परमेश्वरको पुत्र" भनिएको छ
टिप्पणी: येशू ख्रीष्टको समयमा "परमेश्वरको पुत्र" भन्ने संज्ञाले "परमेश्वरसित बराबर" भन्ने अर्थ जनाउँथ्यो, अर्थात् "स्वभावमा समान"। येशूले आफू परमेश्वरको पुत्र हुँ भन्ने दाबी गर्नु आफू परमेश्वर भएको पूर्ण दाबी गर्नु थियो। यी पदहरूले यस कुरालाई पर्याप्त गरी छर्लङ्ग पार्दछन्: यूहन्ना ५:१७-१८; यूहन्ना १०:३३,३६; यूहन्ना १९:७।
उहाँलाई "प्रभु" भनिएको छ (ग्रीक: कुरिअस्)
हेर्नू: लूका २:११; यूहन्ना १३:१३; रोमी १०:९; १ कोरिन्थी १२:३; फिलिप्पी २:१० आदि।
टिप्पणी: प्रभु येशूको समयमा प्रायः "सेप्टुवाजिन्ट" (पुरानो नियमको ग्रीक अनुवाद) चलनचल्तीमा थियो जसमा "यहोवा" शब्दलाई रूपान्तर गर्न "कुरिअस्" प्रयोग भएको छ ("यहोवा" लाई नेपाली बाइबलको पुरानो नियममा रूपान्तर गर्न "परमप्रभु" प्रयोग गरिएको छ)। "यहोवा" शब्दले अद्वितीय सत्य परमेश्वरलाई जनाउँछ भन्ने कुरा यशैया ४५:५-६ ले देखाउँछ।
उहाँलाई "महिमाका प्रभु" भनिएको छ: १ कोरिन्थी २:८ लाई भजनसङ्ग्रह २४:८-१० सित दाँज्नुहोस्
उहाँलाई "पवित्र जन" भनिएको छ: प्रेरित ३:१४ लाई होशे ११:९ र यशैया ४८:१७ सित दाँज्नुहोस्
उहाँलाई "प्रथम र अन्तिम" भनिएको छ: प्रकाश १:१७-१८ र २:८ लाई यशैया ४४:६ सित दाँज्नुहोस्
उहाँलाई "अल्फा र ओमेगा" भनिएको छ: प्रकाश २२:१३,१६ लाई प्रकाश १:८ सित दाँज्नुहोस्
उहाँलाई "म हुँ" भनिएको छ: यूहन्ना ८:५८ र १८:६ लाई प्रस्थान ३:१४ सित दाँज्नुहोस्
निष्कर्ष -- नामहरू
येशू ख्रीष्टलाई जानाउन यी नामलाई प्रयोग गर्नेहरू यहूदी थिए, जोहरू पुरानो नियमसित परिचित थिए र यी नामलाई त्यसरी प्रयोग गर्नुको तात्पर्य राम्ररी बुझेका थिए।
अझ, यी यहूदीहरू कट्टर एकेश्वरवादी (परमेश्वर एकमात्र हुनुहुन्छ भन्ने विश्वास गर्ने, monotheist) हरू थिए। यहूदी विश्वासको केन्द्रीय बुँदा यो थियो, "सुन हे इस्राएल, तिमीहरूका परमप्रभु परमेश्वर एउटै प्रभु हुनुहुन्छ" (व्यवस्था ६:४)। परमेश्वर र मानिसका बीच नाप्नै नसकिने दुरी छ भन्ने कुरामा उनीहरू विश्वास राख्थे। तरैपनि यिनै मानिसहरूले यी नामलाई येशू ख्रीष्टलाई जनाउन प्रयोग गरे।
अझ, येशू ख्रीष्ट आफै यहूदी हुनुहुन्थ्यो र परमेश्वर एकमात्र हुनुहुन्छ भनी विश्वास गर्नुहुन्थ्यो र उहाँ मानिसभन्दा नाप्नै नसक्ने गरी उच्च हुनुहुन्छ भनी जान्नुहुन्थ्यो।
(२) येशू ख्रीष्टका त्यस्ता गुणहरू भएको बताइएको छ जो केवल परमेश्वरका मात्र हुन सक्छन्
प्रारम्भिक अवलोकन: यूहन्ना १६:१५ मा पाइने अत्यन्तै ठूलो दाबीलाई विचार गर्नुहोस्।

येशू ख्रीष्टसित स्व-अस्तित्वरूपी (self-existent) जीवन छ
यूहन्ना १:४ "उहाँमा जीवन थियो"
यूहन्ना १४:६ "जीवन म हुँ"
प्रेरित ३:१५ "जीवनका कर्ता"
येशू ख्रीष्ट अनन्त (eternal) हुनुहुन्छ
यशैया ९:६
मीका ५:२
दाँज्नू: यूहन्ना ८:३५; यूहन्ना ८:५८; १ यूहन्ना १:२; १ यूहन्ना ५:११
येशू ख्रीष्ट अपरिवर्तनीय (unchangeable) हुनुहुन्छ: हिब्रू १:१०-१२; हिब्रू १३:८
येशू ख्रीष्ट सर्वव्यापी (omnipresent) हुनुहुन्छ: मत्ती २८:२०
येशू ख्रीष्ट सर्वज्ञानी (omniscient) हुनुहुन्छ: हेर्नू: यूहन्ना २:२४-२५ (दाँज्नू: यर्मिया १७:९-१०); यूहन्ना ६:६४; यूहन्ना १६:३०; कलस्सी २:३; उदाहरणहरू: मत्ती १७:२४-२७; लूका ५:२२; यूहन्ना १:४८; यूहन्ना ४:१६-१९; यूहन्ना २१:६
येशू ख्रीष्ट सर्वशक्तिमान (omnipotent) हुनुहुन्छ: हेर्नू: यूहन्ना ५:१९; फिलिप्पी ३:२०-२१; प्रकाश १:८ (२२:१२-१३ सित दाँज्नुहोस्); उदाहरणहरू: लूका ४:३९; मत्ती ८:२६-२७; मर्कूस ५:१२-१३; लूका ७:१४-१५; यूहन्ना २:१९-२२
येशू ख्रीष्ट सिद्ध (perfect) हुनुहुन्छ ("सिद्ध" को सामान्य बाइबलीय अर्थ: पूर्ण, कुनै कुरा घटी, अपूग नभएको): हेर्नू: कलस्सी १:१९; कलस्सी २:९-१०
येशू ख्रीष्ट असीमित (infinite) हुनुहुन्छ: हेर्नू: यूहन्ना १०:२८; एफेसी ३:८; कलस्सी २:३
येशू ख्रीष्ट अज्ञेय (जानेर नसकिने, incomprehensible) हुनुहुन्छ: हेर्नू: मत्ती ११:२७; एफेसी ३:८; एफेसी ३:१९
येशू ख्रीष्ट पवित्र (holy) हुनुहुन्छ: हेर्नू लूका १:३५; प्रेरित ३:१४
येशू ख्रीष्ट सत्य (true) हुनुहुन्छ: हेर्नू: यूहन्ना १४:६; प्रकाश ३:७
येशू ख्रीष्ट प्रेम (love) हुनुहुन्छ: हेर्नू: यूहन्ना १३:१; रोमी ८:३५-३९; एफेसी ३:१९; १ यूहन्ना ३:१६
येशू ख्रीष्ट धर्मी (righteous) हुनुहुन्छ: हेर्नू: २ तिमोथी ४:८; २ यूहन्ना २:१
येशू ख्रीष्ट विश्वासयोग्य (faithful) हुनुहुन्छ: हेर्नू: प्रकाश ३:१४; प्रकाश १९:११
येशू ख्रीष्ट कृपालु (merciful) हुनुहुन्छ: यहूदा २१; याकूब ५:११ (५:८ सित दाँज्नुहोस्)
निष्कर्ष -- गुणहरू
यूहन्ना १६:१५ -- "पितासँग भएका सबै थोक मेरा हुन्' (पितासँग भएको प्रत्येक गुण (attribute) पुत्रसँग पनि हुन्छ)
यूहन्ना १७:६ -- "मैले ती मानिसहरूकहाँ तपाईंको नाम प्रकट गरिदिएको छु" (पवित्र शास्त्रमा परमेश्वरको "नाम" भन्नाले परमेश्वरको चरित्र भन्ने बुझिन्छ अर्थात् परमेश्वरको सर्वस्व व्यक्तित्व। तसर्थ, येशू भन्दैहुनुहुन्छ, "तपाईं कस्तो किसिमको परमेश्वर हुनुहुन्छ भन्ने कुरा मैले देखाइदिएको छु। मैले तपाईंको चरित्रलाई दर्शाइदिएको छु।")
ख्रीष्टमा परमेश्वरत्वको सारा पूर्णता शारीरिक रूपमै बास गरेको छ भन्ने कुरा बाइबलले स्पष्टै सिकाउँछ (कलस्सी २:९)।

(३) परमेश्वरले मात्र गर्न सक्नुहुने कामहरू येशू ख्रीष्टले गर्नुभएको छ
सबै कुरा प्रभु येशू ख्रीष्टले सृष्टि गर्नुभयो: यूहन्ना १:३; यूहन्ना १:१०; एफेसी ३:९; कलस्सी १:१६; हिब्रू १:२;
ख्रीष्टले सबै थोकहरू सम्हाल्नुहुन्छ र उहाँद्वारा नै सबै कुराहरू स्थिर रहन्छन्: कलस्सी १:१७; हिब्रू १:३
ख्रीष्टले नै इतिहासको प्रवाहलाई निर्धारण र निर्देशित गर्नुहुन्छ
१ कोरिन्थी १०:४,९,११ इस्राएलका सन्तानलाई संरक्षण गर्नुहुने र पाल्नुहुने प्रभु येशू हुनुहुन्थ्यो
हिब्रू १:२ ख्रीष्टले नै युगहरू ("संसारहरू") पनि बनाउनुभयो
यशैया ९:६ ख्रीष्ट नै अनन्तका पिता (युगहरूका पिता) हुनुहुन्छ
ख्रीष्टले मानिसका पापहरू क्षमा गर्नुहुन्छ र अनन्त जीवन प्रदान गर्नुहुन्छ: मर्कूस २:५-१२ र यशैया ४३:२५ तुलना गर्नुहोस् (हेर्नू: भजनसङ्ग्रह ५१:४); यूहन्ना १०:२८; कलस्सी ३:१३
ख्रीष्टले मण्डली निर्माण गर्नुहुन्छ र यसको संस्थागत अस्तित्वलाई कायम गर्नुहुन्छ: मत्ती १६:१८; एफेसी ४:७-१६; फिलिप्पी १:२, ४:२३
ख्रीष्टले प्रार्थनाहरू ग्रहण गर्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ: यूहन्ना १४:१४; प्रेरित ७:५९; २ कोरिन्थी १२:७-९
ख्रीष्टले बौरिउठाइमा मरेकाहरूलाई बौराउनुहुनेछ: यूहन्ना ५:२१; ५:२८-२९; ११:२४-२५; तुलना गर्नुहोस्: फिलिप्पी ३:२०-२१
ख्रीष्ट नै संसारको अन्तिम न्यायधीश हुनुहुन्छ: मत्ती २५:३१-४६; यूहन्ना ५:२२; प्रेरित १०:४२; १७:३१; २ कोरिन्थी ५:१०
निष्कर्ष -- कार्यहरू
उयर्युक्त "कार्यहरू" आश्चर्यकर्महरूको वर्गमा राखिन्नन् किनकि आश्चर्यकर्महरू अगमवक्ता वा प्रेरितहरू जस्ता नियुक्त माध्यमद्वारा गरिनु सम्भव थियो।
पुरानो नियममा यस्ता "कार्यहरू" को श्रेय परमेश्वरलाई दिइएको मात्र छैन, ती त एक मात्र सत्य परमेश्वरको पहिचान दिने सूचक हुन्।
(४) केवल सत्य परमेश्वरलाई मात्र गरिने उपासना येशू ख्रीष्टलाई गरिएको छ
यस्तो उपासनाको योग्य केवल परमेश्वर मात्र हुनुहुन्छ भन्ने कुरा बाइबलले स्पष्टसँग सिकाउँदछ र कुनै पनि सृजित प्राणीलाई उपासना गरिनुहुँदैन, त्यो जतिसुकै उच्च किन नहोस्।
प्रेरितहरूले उपासना गरिन इन्कार गरे (प्रेरित १४:११-१५)।
पत्रुसले उपासना गरिन इन्कार गरे (प्रेरित १०:२५-२६)।
स्वर्गदूतहरूले उपासना गरिन इन्कार गरे (प्रकाश १९:१०; २२:८,९)।
मानिसहरूले केवल परमेश्वरको मात्र उपासन गर्नुपर्छ भनेर येशू ख्रीष्टले आज्ञा गर्नुभयो (मत्ती ४:८-१०)।
जुन कुराको योग्य परमेश्वर मात्र हुनुहुन्छ त्यसलाई आफ्नो निम्ति ग्रहण गर्दा मानिसहरूले दण्ड पाएका छन् (प्रेरित १२:२१-२३)।
तर यही बाइबलले ख्रीष्टलाई परमेश्वरलाई जस्तै गरी उपासना गरिनुपर्छ भनेर सिकाउँदछ।
येशू ख्रीष्टले त्यस्तो उपासनालाई ग्रहण गर्नुभयो र प्रोत्साहन दिनुभयो: मत्ती १४:३१-३३; १५:२५-२८; २८:९-१०; २८:१६-१८; यूहन्ना ९:३५-३९।
येशू ख्रीष्टले त्यस्तो उपासनाको माग गर्नुभयो: यूहन्ना ५:२३।
पिताले ख्रीष्टलाई त्यसरी उपासना गरियोस् भनेर माग गर्नुहुन्छ: हिब्रू १:६।
येशू ख्रीष्ट स्वर्गको समस्त गणद्वारा उपासना गरिनुहुनेछ: प्रकाश ५:८।
येशू ख्रीष्टको उपासना अन्तमा सर्वव्यापी हुनेछ: फिलिप्पी २:१०-११ (सबै मानिसहरूले एक दिन येशू ख्रीष्टका सामु घुँडा टेक्नेछन्)।

५) परमेश्वरले आफ्नो विषयमा मात्र गर्न सक्नुहुने दाबीहरू येशू ख्रीष्टले आफ्नो विषयमा गर्नुभयो
येशू ख्रीष्टले परमेश्वरका व्यवस्था तथा संस्थाहरू (laws and institutions) माथि आफ्नो पूर्ण अधिकार भएको दाबी गर्नुभयो।
मोशाको व्यवस्थामाथि (मत्ती ५:३१-३४; ३८-२९)
परमेश्वरको मन्दिरमाथि (मत्ती १२:६): स्मरण होस्, मन्दिरको नमुना र रचना स्वयं यहोवाद्वारा दिइएको थियो भन्ने कुरा प्रत्येक यहूदीलाई थाहा थियो।
विश्राम-दिन (मत्ती १२:८ -- येशू ख्रीष्ट "विश्रामदिनका पनि प्रभु हुनुहुन्छ")। विश्राम-दिन परमेश्वरले स्थापना गर्नुभएको थियो भन्ने कुरा प्रत्येक यहूदीलाई थाहा थियो।
राज्य (मत्ती १६:१९)।
मुक्ति पाउनलाई मानिसले पितामाथि जसरी सर्वोपरि रूपमा विश्वास गर्नु खाँचो छ त्यसरी नै उसले उहाँमाथि पनि विश्वास गर्नुपर्छ भनेर येशू ख्रीष्टले दाबी गर्नुभयो: यूहन्ना १०:३०; १४:१; १७:३; २१:१५-२२।
येशू ख्रीष्टले कहिलेकाहीँ पिताको कुनै उल्लेख नगरीकन मानिसको विश्वास र भक्ति उहाँतर्फ नै हुनुपर्छ भन्ने कुरा पनि गर्नुभयो: मत्ती ४:१९; ११:२८; यूहन्ना ३:३६।
मान्छेले आफ्नो सबभन्दा गहिरो र प्यारो नातागोताको माया-ममतालाई भन्दा माथि उहाँलाई नै राख्नुपर्छ भन्ने कुरामा हाम्रो प्रभुले जोड गर्नुभयो: मत्ती १०:३७; लूका १४:२६
मानिसका सबैभन्दा गहिरा आत्मिक र अनन्त खाँचोहरू सबै नै पूर्ण रूपमा उहाँमा पूरा हुन्छन् भनेर उहाँले दाबी गर्नुभयो:
परमेश्वरको ज्ञान (मत्ती ११:२७)
परमेश्वरकहाँ जाने बाटो (यूहन्ना १४:६)
मुक्तिको ढोका (यूहन्ना १०:७-९)
प्राणको लागि ज्योति (यूहन्ना ८:१२)
जीवनको पानी (यूहन्ना ७:३७)
परमेश्वरबाटको रोटी (यूहन्ना ६:३५,५१)
प्राणको लागि विश्राम (मत्ती ११:२८-२९)
आत्मिक अगुवाइ (यूहन्ना १०:११)
खतरादेखि सुरक्षा (यूहन्ना १०:२८-३०)
फल फलाउने जीवन-शक्ति (यूहन्ना १५:५)
जीवन र बौरिउठाइ (यूहन्ना ११:२५-२६)।
निष्कर्ष -- दाबीहरू
येशू ख्रीष्टको सम्बन्धमा अचम्मको कुरा के थियो भने उहाँले आफूलाई नै प्रचार गर्नुभयो!

"…...म हुँ"
"मकहाँ आओ"
"जसले ममाथि विश्वास गर्दछ"
आदि।


(६) येशू ख्रीष्टको ईश्वरत्वका अप्रत्यक्ष गवाहीहरू
यसअन्तर्गत पवित्र शास्त्रका ती खण्डहरू पर्दछन् जोहरूमा ख्रीष्टको ईश्वरत्वलाई प्रबल रूपमा इङ्गित गरिएका छन् वा मानिलिइएका छन् यद्यपि तिनमा किटान गरेर नै सो कुराको उल्लेख छैन। यस किसिमको अप्रत्यक्ष गवाहीको महत्त्व यसैमा छ कि यसले ख्रीष्टको ईश्वरत्व नयाँ नियमको संरचनाकै अभिन्न अङ्ग हो भन्ने देखाउँदछ। भन्नुपर्दा, नयाँ नियममा पान्नै पिच्छे ख्रीष्टको ईश्वरत्वलाई स्वीकारिएको छ।

सूचीत गर्न सकिने थुप्रै उदाहरणहरूमध्येमा निम्न खण्डहरू केही हुन्:

लूका ७:३७-३८, ४४-४८ - परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ भन्ने कुरा पाठकले बुझेका छन् भनी लूकाले मानिलिएका छन्। तसर्थ येशू परमेश्वर नै हुनुपर्छ!
यूहन्ना १२:३७-४१ - यहाँ १२:४० का शब्दहरूलाई यशैयाले यहोवालाई देखेपश्चात् लेखेका हुन् (यशैया ६:१,१०)। तर यूहन्ना भन्छन्, यशैयाले ख्रीष्टको महिमा देखेका हुन् (यूहन्ना १२:४१), किनकि पाठकले यशैया ६ अध्यायका यहोवा येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर जान्दछन् भनेर यशैयाले मानिलिएका छन्।
यूहन्ना १४:२८ - "मेरा पिता मभन्दा महान् हुनुहुन्छ" -- यदि येशू स्वयं परमेश्वर नहुनुभएको भए, उहाँले कसरी आफूलाई पितासँग दाँज्न सक्नुहुन्थ्यो र? एउटा जाबो सीमित सृजित प्राणीले "पिता मभन्दा महान् हुनुहुन्छ" भन्ने कुराको विश्वास दिलाउन खोज्दै हिँड्नु भनेको त दुवै ईश्वरनिन्दा र हास्यास्पद कुरो हुन्थ्यो! सृष्टिकर्ता र सृष्टिका बीचको अन्तर अपार (infinite) छ र ती दुईलाई दाँज्नै सकिन्न। येशूले वास्तवमा त्रिएक परमेश्वरका व्यक्तिहरू बीचका कार्यगत भिन्नताहरूको चर्चा गर्दैहुनुहुन्थ्यो (ख्रीष्टले राजीखुशीसित आफैमा मनुष्यत्व र कतिपय सीमितताहरू धारण गर्नुभयो)। यो वास्तवमा ख्रीष्टको ईश्वरत्वकै प्रमाणिकरण गर्ने पद हो।
यूहन्ना १९:३७ - यूहन्नाले जकरिया १२:१० बाट उद्दरण गर्दैछन्। तर उक्त खण्डको प्रसङ्ग हेर्ने हो भने (हेर्नू: जकरिया १२:१) छेडिएका व्यक्ति त यहोवा हुनुहुन्छ। यसर्थ, येशू ख्रीष्ट परमेश्वर नै हुनुपर्छ।
१ तिमोथी १:१३ - ("उहाँ [येशू ख्रीष्ट] ले मलाई … सेवामा नियुक्त गर्नुभयो। हुन त म पहिले निन्दा गर्ने … थिएँ") उनको जीवन परिवर्तित हुनु अगाडि उनले यहोवाको विरुद्धमा बोल्दै हिँड्थे भन्ने कुरा यहाँ पावलको अवश्य पनि होइन [पावल एक कट्टर यहूदी थिए]! तर उनले येशूको विरुद्धमा भने बोलेका थिए। पाठकले येशू नै यहोवा हुनुहुन्छ भन्ने कुरा बुझेका छन् भनेर उनले मानिलिएका हुनाले येशूको विरुद्धमा बोलिएका वचनहरू वास्तवमा ईश्वरनिन्दा थिए भन्ने कुरा पनि उनले मानिलिएका छन्।
गलाती १:१ - "पावल प्रेरित (न ता मानिसहरूबाट, न ता मानिसद्वारा, तर येशू ख्रीष्ट...द्वारा") पावलले येशू ख्रीष्टलाई मानिसभन्दा भिन्न हुनुभएको भनेर यसरी तुलना गर्दछन्; येशू ख्रीष्ट परमेश्वर नहुनुभएको भए यसरी भन्न मिल्दैनथ्यो।
मत्ती १३:४१; १६:२७ र २४:३१ - यी खण्डहरूमा ख्रीष्टका स्वर्गदूतहरूको उल्लेख पाइन्छ। स्वर्गदूतहरू कसका हुन्?

अन्तिम निष्कर्ष
प्रेरितहरूको समयदेखि यता त्यस्तो कुनै इसाईमत छैन जसले ख्रीष्टको ईश्वरत्वलाई प्रमुख सिद्धान्तको रूपमा पक्रेको छैन। यो सत्यता इसाई विश्वासकै जग हो (मत्ती १६:१५-१८)। येशू ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्नेहरूले बाइबलीय र ऐतिहासिक अर्थमा आफूहरूलाई "ख्रीष्टियन" को संज्ञा दिनालाई उनीहरूलाई कुनै पनि अधिकार छैन।

थप सामग्री:
के यहोवा नाउँ येशू ख्रीष्टलाई लागु हुन्छ?
येशू परमेश्वर नै हुनुहुन्छ भन्ने एउटा प्रमाण: उहाँलाई गरिएको उपासना

Adapted from Dr. Alva McClain's notes, revised by Dr. John C. Whitcomb and Ivan French, and put into this present from by George Zeller.

No comments:

Post a Comment