Tuesday, November 28, 2017

केवल सिकाउनकै लागि मात्र सिकाइनु जस्तो नीरस र अर्थहीन काम अरु छैन !

परमेशवरको उत्तम योजना !!!



 " बाइबलको शिक्षा "
 केवल सिकाउनकै लागि मात्र सिकाइनु जस्तो नीरस र अर्थहीन काम अरु छैन !

" सत्यता "
जब जीवन सम्मत हुँदैन , बाइबलीय अर्थमा त्यो सत्यता नै होइन, त्यो अर्कै कुरा हो, सत्यता भन्दा निम्न कुरा हुन !

" बाइबल "
चाहीँ परमेश्वर, मानिस र सृष्टीको बारेमा मानिसलाई थाह नभएका कुराहरु र तथ्यहरुको सँगालो मात्र नभएर यो त ती तथ्यहरुमा आधारित तथ्यहरुको पुस्तक हो । बाइबलको अधिकांश भागले मानिसलाई आफ्नो चाल बदलेर आफ्नो जीवनलाई त्यसका पन्नाहरुमा प्रकाशित परमेश्वरको इच्छा अनुरुप बनाउँदै लैजान मानिसलाई मनाउने जोडदार प्रयास गरेको पाइन्छ । पालना नगरिए सम्म ईश्वर-शास्त्र बिना कामको हुन्छ । सबै शिक्षाको पछाडि एउटै उद्देश्य छ , त्यो हो नैतिक काम । नैतिक जिम्मेवारी-बोध बिनाको बाइबल प्रचारलाई कुने विरोध आउंदैन । तर जब त्यो सत्यता श्रोताको हृदयको विरुद्धमा  छ भनी जब उसलाई बोध गराइन्छ, तब युद्ध प्रारम्भ हुन्छ । ठीक-ठीक शिक्षालाई जीवनसंग अ-सम्बन्धित रुपमा प्रस्तुत गरुन्जेल मानिसले बिना आपत्ति मण्डली सभा आउने र साहयता गर्ने गर्दछ । प्रचलित इसाईवाद अधिकांशरुपमा वस्तुगत सत्यतालाई संगीतले मीठो बनाइएको अभ्यास भन्दा बढी छैन " !!!
                                                                      ---- ए डब्ल्यू टोजर

Friday, November 17, 2017

ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ




ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ
“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

"तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो" (१ कोरिन्थी १५:१०)।

"ईश्वरको अनुग्रह हेरी, ऋणी आफूलाई ठान्छु!"
"स्तुति गाओ ख्रीष्टका जन हो! बेहिसाब छ ऋण हाम्रो!
आनन्दसित अर्पण गरौँ, हाम्रो तन मनलाई!"
(दुइ ओटा भजनहरूबाट लिइएको)

ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्। एउटा धारणाले बताउँछ कि विश्वासीको जीवन व्यवस्थामुनि हुन्छ र यसैद्वारा ऊ पवित्र हुँदछ। तर, ख्रीष्टिय जीवनको चाबी सिनाइ पर्वतमा होइन तर कलवरीको डाँडामा पाइँदछ। ख्रीष्टिय जीवन हामीले गर्नुपर्ने कुनै काममा होइन, तर ख्रीष्टले गरी सक्नुभएको काममा आधारित छ। ख्रीष्टले क्रूसमा गरी सिद्धाउनुभएको काम कसरी हाम्रो ख्रीष्टसँगको दिन-दिनको हिँडाइसित सम्बन्धित छ भनी देख्नलाई हाम्रा समझहरूका आँखाहरू परमेश्वरले खोलिदिनुभएको होस्।
प्रभु येशू ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ।

"यसकारण हे मेरा भाइहरूहो, परमेश्वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका अर्थात जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ"

(रोमी ७:४)। परमेश्वरको अनुग्रहद्वारा हामी ख्रीष्टसित एक आश्चर्यजनक एकतामा ल्याइएका छौँ। यी कुराहरू देख्नलाई प्रभुले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्।
विभिन्न विभाजनहरूमा राखिएका तलका खण्डहरूले तपाईंलाई ख्रीष्टिय जीवन भनेको के हो र यो कसरी जिइनुपर्छ भनी बुझ्नलाई मद्दत गर्नेछ। नयाँ नियमका पत्रहरूको शिक्षा एकदमै सफा छ। यी कुराहरू बुझ्नलाई परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।

१) ख्रीष्टिय जीवन ख्रीष्टको जीवन भन्दा केही कम होइन।
"दाखको बोट म नै हुँ; तिमीहरूचाहिँ हाँगा हौ"(यूहन्ना १५:५)


". . . जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्दछ"(रोमी ६:४)


"ख्रीष्ट मभित्र जिउनुहुन्छ"(गलाती २:२०)


"किनकि मेरा निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ"(फिलिप्पी १:२१)


"महिमाको आशा ख्रीष्ट तिमीहरूभभित्र . . . जब ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ"(कलस्सी १:२७; ३:३-४)


"येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर . . . किनकि येशूको जीवन पनि हाम्रो मरिजाने शरीरमा प्रकट होओस् भनेर" (२ कोरिन्थी ४:१०-११)


"हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बिनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु"(गलाती ४:१९)


ख्रीष्टले आफ्नो जीवन विश्वासीको जीवनमा प्रकट र outwork गर्नु नै ख्रीष्टिय जीवन हो!
२) ख्रीष्टको जीवनको प्रकटीकरण अन्तर्वास गर्नुहुने पवित्र आत्माको सामर्थ्यद्वारा कार्यकारी हुन्छ
"किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ, र तिमीहरूभित्र हुनुहुनेछ" (यूहन्ना १४:१७)
"उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ . . . उहाँले मेरो महिमा गर्नुहुनेछ" (यूहन्ना १५:२६; १६:१४)


"तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ" (प्रेरित १:८)


"अनि बढो सामर्थ्यसित प्रेरितहरूले प्रभु येशूको बौरिउठाइको गवाही दिन्थे; अनि तिनीहरू सबैमाथि ठूलो अनुग्रह भएको थियो" (प्रेरित ४:३३)


"किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ" (रोमी ८:२)


"यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्मा अनुसार हिँड्दछौं, पूरा होओस्"(रोमी ८:४)


"तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ"(गलाती ५:१६)


"उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ, सो जान्न सक" (एफेसी १:१९)


"अब उहाँलाई, जसले हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ" (एफेसी ३:२०)

३) ख्रीष्टिय जीवनको गतिशील शक्ति चाहिँ परमेश्वरले मभित्र गरिरहनुभएकोठूलो कार्य हो।
“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्”

(१ कोरिन्थी १:२९; ३० पदलाई पनि हेर्नुहोस् जसबाट म जान्दछु कि येशू ख्रीष्ट मेरो पवित्रता हुनुहुन्छ)
“किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ” (एफेसी २:१०)


“किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि” (गलाती ६:१५)


“किनकि उहाँको शुभ इच्छाअनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरूभित्र काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ” (फिलिप्पी २:१३)


"मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ"(यूहन्ना १५:५)


"यसैका निम्ति म पनि, उहाँको प्रभावकारी कार्यअनुसार, जसले ममा सामर्थ्यसाथ काम गर्छ, संघर्ष गर्दै परिश्रम गर्दछु" (कलस्सी १:२९)


"तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नाका निम्ति सिद्ध पारेका होऊन्, र उहाँको दृष्टिमा जे अति मनपर्दो छ, सो येशू ख्रीष्टद्वारा तिमीहरूमा गरेका होऊन्; उहाँलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।" (हिब्रू १३:२१)


४) ख्रीष्टिय जीवन ख्रीष्टले गरी सिद्ध्याउनुभएको काममा आधारित छ।
चाबी चाहिँ मैले के गर्छु होइन, तर येशू ख्रीष्टले के गरीसक्नुभयो। जब हामी हाम्रो मुक्तिको विषयमा सोच्दछौँ, यो सत्य हो भनी हामी सबैले जान्दछौं। हामी ख्रीष्टले गरी सिद्धाउनुभएको काममा विश्राम लिंदछौं। तर जब हामी ख्रीष्टिय जीवनको सवालमा आउँदछौं, धेरै विश्वसीहरूले यसो गर्न छोड्छन्। हामीले केवल विश्वस गरेर यसलाई आफ्नै बनाउनुपर्दछ OR अपनाउनुपर्दछ।
"पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन" (रोमी ६:६)

। पुरानो मानिसलाई हामीले क्रूसमा टाँग्नु पर्दैन अर्थात् पुरानो मानिसलाई क्रूसमा टाँग्ने काम हाम्रो होइन। यो त लगभग २००० वर्ष अघि पूरा भइसकेको कुरा हो।
"म ख्रीष्टसित क्रूसमा टाँगिएको छु"

(गलाती २:२०-- यो त पूरा भइसकेको सत्यता हो!)
"यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्"(२ कोरिन्थी ५:१७)

। हामीलाई नयाँ सृष्टि हुन आज्ञा दिइएको छैन। यो पालन गरिनुपर्ने आज्ञा होइन, तर विश्वास गर्नुपर्ने सत्यता हो!
"एउटाले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ, अनि नयाँ मान्छेलाई पहिरेका छौ, जो चाहिँ आफ्नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ हुँदै जान्छ" (कलस्सी ३:९-१०)।

याद गर्नुहोस् कि पावलले हामीलाई "पुरानो मान्छेलाई निकाल र नयाँ मान्छेलाई पहिर" भन्दैनन् [यद्दपी उनले हामीलाई यो एफेसी ४ अध्यायमा बताउँछन्]। कलस्सी ३ मा विश्वासीको अवस्थाको सत्यतालाई जोड दिइएको छ र पावलले भन्छन् कि पुरानो मान्छेलाई निकाल्ने काम विश्वसीले गर्नुपर्दैन किनभने यो पूरा भइसक्यो। तिमीहरूले पुरानो मान्छेलाई निकालिदिएका छौ, र यो एक सत्यता हो! हामीले परमेश्वरको सत्यतालाई विश्वासद्वारा आफ्नो बनाउनुपर्छ।

५) सम्मिलिकरण (Identification) का महत्त्वपूर्ण सत्यताहरू
पाउनलाई मैले यस महिमापूर्ण सत्यतालाई विश्वास गरें: मेरो निम्ति येशू ख्रीष्ट मर्नुभयो र फेरी बौरेर उठ्नुभयो। ख्रीष्टिय जीवन जिउनलाई मैले यस महिमापूर्ण सत्यतालाई विश्वास गर्नैपर्छ: म ख्रीष्टसँगै मरें र म ख्रीष्टसँगै बौरें। यी दुवै सत्यताहरू पूरा भइसके। मेरो मुक्ति (धर्मिकरण) सँग सम्बन्धित सत्यता प्रतिस्थापना (SUBSTITUTION) हो (ख्रीष्ट मेरा पापहरूका निम्ति मर्नुभयो!)। मेरो ख्रीष्टिय जीवन (पवित्रीकरण) सँग सम्बन्धित सत्यता हो सम्मिलिकरण (IDENTIFICATION) (म ख्रीष्टसित मरें!):

"हामी, जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र?" (रोमी ६:२)


"हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै" (रोमी ६:६)


"म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु"(गलाती २:२०)


"तिमीहरू ख्रीष्टसँग मरेका छौ" (कलस्सी २:२०)


"किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ" (कलस्सी ३:३)


"हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो" (१ पत्रुस २:२४)

६) परमेश्वरको वचनका सत्यताहरूलाई विश्वसद्वारा आफ्नो बनाउनु अपनाउनु।
यी सत्यताहरू हरेक विश्वासीका निम्ति साँचो छन्। यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा सत्य हुनाको निम्ति चाबी चाहिँ विश्वास हो। जति हामी यी सत्यताहरूलाई विश्वास गर्दछौ, त्यती नै यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा साँचो हुन्छन्। धेरै पटक हामीले हाम्रा आँखाहरू येशू ख्रीष्टमा भएको हाम्रो सिद्ध अवस्थाको सत्यताबाट फर्काएर गलत तवरले हाम्रो हारपूर्ण र सङघर्षपूर्ण अभ्यासमा लगाउँदछौं। एक जना विश्वासीले यो सहायताजनक उदाहरण दिएका छन्: "सत्यता, विश्वास र अभ्यास पर्खालमाथि हिँडिरहेका थिए। सत्यता स्थिरतासाथ अघि बढे; तिनले दायाँ पनि हेरेनन्, बायाँ पनि हेरेनन्, न ता पछाडि नै हेरे। विश्वासले पछ्याउँदै थिए र उनले सत्यतालाई हेरून्जेल ठिकै थियो; तर जब उनले अभ्यासको चिन्ता गरी "उसलाई कस्तो छ होला?" भनी फर्केर हेरे, उनले आफ्नो सन्तुलन गुमाए र पर्खालबाट खसे र बिचरा बुढो अभ्यास पनि तिनको पछि लडिहाले।" विश्वास नै चाबी हो!

"यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान [सत्यतालाई विश्वास गर]!" (रोमी ६:११)>


"बप्तिसमामा तिमीहरू उहाँसित गाडियौ, जसमा उहाँलाई मरेकाहरूबाट बिउँताउनुहुने परमेश्वरको कार्यमाथि राखिएको विश्वासद्वारा तिमीहरू पनि उहाँसित बिउँताइयौ" (कलस्सी २:१२)


"म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो" (गलाती २:२०)


"किनकि ख्रीष्ट येशूमा न खतना न बिनाखतना केही कामको छ, तर विश्वास, जसले प्रेमद्वारा काम गर्छ" (गलाती ५:६)


"यसकारण हामी देख्दछौं, अविश्वासको कारणले तिनीहरू प्रवेश गर्न सकेनन् . . . यसकारण त्यस विश्राममा प्रवेश गर्नालाई हामी प्रयत्न गरौं, नत्र त्यही अविश्वासको नमुनाअनुसार कुनै मानिस लड्ला" (हिब्रू ३:१९; ४:११)


"किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि जय प्राप्त गर्छ; अनि हाम्रो विश्वास नै यो विजय हो, जसले संसारमाथि जय प्राप्त गर्छ" (१ यूहन्ना ५:४)


"विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा बास गरून्" (एफेसी ३:१७)


"धर्मी जन विश्वसद्वारा जिउनेछ" (हिब्रू १०:३८)


७) ख्रीष्टिय जीवन जसरी सुरु भयो, त्यसरी नै अघि बढ्नुपर्छ।
"यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ, उसरी नै तिमीहरू उहाँमा हिँड" (कलस्सी २:६)


"किनकि हामी रूप देखेर होइन, तर विश्वासद्वारा हिँड्छौं" (२ कोरिन्थी ५:७)


"तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?" (गलाती ३:२-३)


"किनकि आत्माद्वारा हामी विश्वासले धार्मीकताको आशाको बाटो हेर्दछौं . . . तिमीहरू राम्ररी दगुरिरहेका थियौ; सत्यलाई नमान्नू भनेर कसले तिमीहरूलाई बाधा दियो?" (गलाती ५:५-७)


"धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै" (हिब्रू १२:१-२)


८) जसरी क्रूस सुसमाचारको केन्द्र/ मा प्रमुख हो, त्यसरी नै क्रूस ख्रीष्टिय जीवनको केन्द्र हुनुपर्छ/ मा प्रमुख हुनुपर्छ।
"तर हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा म गर्व गर्दिनँ, जसद्वारा संसार मेरो निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छु" (गलाती ६:१४)


"म ख्रीष्टसित क्रूसमा टाँगिएको छु" (गलाती २:२०)


"हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै " (रोमी ६:६)


"किनकि मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट, र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेको थिएँ" (१ कोरिन्थी २:२)


"उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई, उहाँको बौरिउठाइको सामर्थ्यलाई र उहाँका दु:खहरूको सङ्गतिलाई जान्न सकूँ" (फिलिप्पी ३:१०)


"येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर प्रभु येशूको 'मराइ' सधैंभरी शरीरमा लिएर यताउता हिँड्छौं; . . . हामी जिउँदाहरू येशूको कारणले सधैंभरी मृत्युको हातमा सुम्पिइन्छौं" (२ कोरिन्थी ४:१०-११)

"किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं − सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे; अनि सबैका निम्ति उहाँ मर्नुभयो; यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनिहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनुभयो" (२ कोरिन्थी ५:१४-१५)

"साँचो-साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन भने त्यो एकलै रहन्छ; तर मर्यो भने त्यसले धेरै फल फलाउँछ। जसले आफ्नो प्राणलाई माया गर्छ, त्यसले त्यो गुमाउनेछ; अनि जसले यस संसारमा आफ्नो प्राणलाई घृणा गर्छ, त्यसले यसलाई अनन्त जीवनसम्म जोगाइराख्नेछ" (यूहन्ना १२:२४-२५)

"किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ" (कलस्सी ३:३)


"यसकारण ख्रीष्टले हाम्रा लागि शरीरमा दु:ख भोग्नुभएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार भिर" (१ पत्रुस ४:१)


९) ख्रीष्टिय जन व्यवस्थामनि जिउनु पर्दैन, र ख्रीष्टिय जन व्यवस्थाद्वारा पवित्र हुँदैन।
"किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ" (रोमी ६:१४ र १५ पद हेर्नुहोस्)


"तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु − तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?" (गलाती ३:२३)


"तर तिमीहरू आत्माद्वारा डोर्याइँदछौ भने तिमीहरू व्यवस्थाको अधीनतामा छेनौ" (गलाती ५:१८)


"'धर्मी जन विश्वासद्वारा जिउनेछ।' तर व्यवस्था विश्वासबाटको होइन; तर 'जुन मान्छेले तिनलाई पालन गर्दछ, ऊ तीद्वारा जिउनेछ'" (गलाती ३:११-१२)

व्यवस्थाले जीवन दिन सक्दैन। व्यवस्थाले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन। यसले शुद्ध पार्न सक्दैन। व्यवस्थामा कुनै समस्या छैन (रोमी ७:१२)। समस्या यो हो कि पापी, deprived मानिसहरूले यसलाई पालन गर्न सक्दैनन् (रोमी ७:१४)। ज-जसले आफूलाई व्यवस्थामुनि राख्दछन् तिनीहरूले अवश्य पनि बन्धनको महसुस गर्नेछन् किनभने पापले तिनीहरूमाथि राज्य गर्नेछ (दाँज्नुहोस् रोमी ६:१४)। येशू ख्रीष्ट हाम्रो जीवनको नापदण्ड हुनुहुन्छ: "मेरो निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ" (फिलिप्पी १:२१)। परमेश्वरको पवित्र व्यवस्था पालन गर्नलाई हाम्रो शरीरिक प्रयासहरू र सङ्घर्षहरू struggle कहिल्यै सफल हुनसक्दैनन्। "किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ" (रोमी ८:२)। व्यवस्था हामीद्वारा कहिल्यै पूरा हुनेवाला छैन, तर विश्वासद्वारा अपनाइएको परमेश्वरको सामर्थ्य र कामद्वारा त्यो हामीमा पूरा हुनसक्छ।

"यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्दछौं, पूरा होओस्" (रोमी ८:४)। जसरी मुक्ति "विश्वासद्वारा अनुग्रहले" हो, पवित्रीकरण पनि त्यस्तै हो।

१०) ख्रीष्टिय जन सम्पूर्णत परमेश्वरको अनुग्रहको ऋणी छ!
"कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्" (१ कोरिन्थी १:२९)


"तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो" (१ कोरिन्थी १५:१०)

"किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ . . . किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ . . . किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि। अनि जतिजना यस नियममुताबिक हिँड्छन्, उनीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्" (एफेसी २:८-१०; गलाती ६:१५-१६)

"तब के? हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन!" (रोमी ६:१५ र १४ पद हेर्नुहोस्)


"किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, र हामीलाई यो सिकाउँछ − अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मासंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ" (तितस २:११-१२)

"अनि सधैंभरि सबै कुराहरूमा पूरा भरिभराउ भएर हरेक असल कामका लागि तिमीहरू भरपूर होओ भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरी दिनालाई परमेश्वर सामर्थी हुनुहुन्छ" (२ कोरिन्थी ९:८)


"मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ" (२ कोरिन्थी १२:९)


"यसकारण हे मेरा छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ" (२ तिमोथी २:१)


"पावल र बर्नबास . . . ले 'परमेश्वरको अनुग्रहमा लगिरहनुहोस्' भनी तिनीहरूलाई मनाए" (प्रेरित १३:४३--हामीले अनुग्रहद्वारा मुक्ति पाउने मात्र होइन तर अनुग्रहमा लागिरहनु पनि पर्छ। ख्रीष्टटियन जीवन जसरी सुरुआत भयो, त्यसरी नै अघि बढ्नुपर्दछ)

"र जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्" (रोमी ५:२१)


"तब उहाँका सहकर्मीहरू भएका हुनाले हामी तिमीहरूलाई पनि विन्ती गर्दछौं: 'परमेश्वरको अनुग्रह व्यर्थमा ग्रहण नगर!'" (२ कोरिन्थी ६:१)


"परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ"(गलाती २:२१; हेर्नुहोस् गलाती ५:४ र हिब्रू १२:१५)


"अनुग्रह . . . मा बढ्दै जाओ" (२ पत्रुस ३:१८)


अनुग्रहको माने यो हो कि परमेश्वरले सब credit पाउनुहुन्छ! मुक्ति उहाँकै हो! जीवन उहाँकै हो! कार्य उहाँकै हो! परमेश्वरलाई महिमा होस्! थुमा योग्य हुनुहुन्छ! हाम्रा शरीरहरूमा ख्रीष्टको महिमा भएको होस् (फिलिप्पी १:२०)! ख्रीष्ट हामीमा बनिनुभएको होस् (गलाती ४:१९)! उहाँका फलहरू उहाँकै महिमाको निम्ति भएको होस् (फिलिप्पी १:११)! हामी उहाँको महिमाको trophy हरू भएका हौं (एफेसी २:७)! ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु!
"म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु" (१ कोरिन्थी १५:१०)। "र लेखिएअनुसार, 'जसले गर्व (घमण्ड) गर्दछ, उसले प्रभुमा गर्व (घमण्ड) गरोस्'" (१ कोरिन्थी १:३१)।

विश्वासीका लागी प्रतिज्ञा




"परमप्रभु आफ्ना परमेश्वरमाथि विश्वास गर, तब तिमीहरू स्थिर रहनेछौ...तब तिमीहरू सफल हुनेछौ" (२ इतिहास २०:२०)।

"अनि परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा अविश्वास गरेर उनी लडखडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी विश्वासमा बलियो रहे; अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ सामर्थी हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे" (रोमी ४:२०-२१)।

१.साँचो विश्वासीको सुरक्षा (यूहन्ना ५:२४; ६:३७-४०; ६:४७; १०:२७-३०; रोमी ८:१; ८:२८-३९; एफेसी १:१३-१४; ४:३०; फिलिप्पी १:६; हिब्रू ७:२५; १ यूहन्ना २:१-२; १ पत्रुस १:५; यहूदा २४-२५।

२.परमेश्वरको अटुट वास्ता (१ पत्रुस ५:७); परमेश्वरको महान् विश्वासयोग्यता (विलाप ३:२१-२३; १ कोरिन्थी १:९; हिब्रू ११:११); परमेश्वरको प्रशस्त अनुग्रह (२ कोरिन्थी ९:८; १२:९; यूहन्ना १:१६-१७); परमेश्वरको अनन्त प्रेम (यर्मिया ३१:३; यूहन्ना १३:१; रोमी ८:३५-३९); परमेश्वरको अचूक प्रतिज्ञा (तीतस १:२; हिब्रू ६:१८; गन्ती २३:१९; २ कोरिन्थी १:२०; रोमी ४:२०-२१; हिब्रू ११:११); परमेश्वरको निरन्तर उपस्थिति (हिब्रू १३:५; व्यवस्था ३१:६,८; मत्ती २८:२०); परमेश्वरको सामर्थी सक्रियता (फिलिप्पी २:१२-१३; एफेसी ३:२०-२१; हिब्रू १३:२०-२१); परमेश्वरको पुग्दो प्रबन्ध (मत्ती ६;२५-३४; फिलिप्पी ४:१९; भजनसङ्ग्रह २३:१; ३४:१०)।

३.परमेश्वरको शान्तिको प्रतिज्ञा (यशैया २६:३; फिलिप्पी ४:६-७; ४:९; यूहन्ना १४:२७; १६:३३); परमेश्वरको आनन्दको प्रतिज्ञा (यूहन्ना १५:११; गलाती ५:२२); परमेश्वरको विश्रामको प्रतिज्ञा (मत्ती ११:२८-३०; हिब्रू ४:१-११); पापको क्षमा र शुद्धिको प्रतिज्ञा (१ यूहन्ना १:९; भजनसङ्ग्रह ३२:५; हितोपदेश २८:१३); प्रार्थनाको जवाफ पाउने कुराको प्रतिज्ञा (यूहन्ना १४:१३-१४; १५:७; १ यूहन्ना ३:२२; ५:१४-१५; मत्ती ७:७-११)।

४.आवश्यक सामर्थ्यका लागि प्रतिज्ञाहरू (२ कोरिन्थी १२:९-१०; फिलिप्पी ४:१३; यशैया ३०:२८-३१; यशैया ४१:१०); आवश्यक बुद्धिका लागि प्रतिज्ञा (याकूब १:५-७); आवश्यक सहायताका लागि प्रतिज्ञाहरू (हिब्रू १३:६; यशैया ४१:१०,१३); आवश्यक सान्त्वनाका लागि प्रतिज्ञाहरू (२ कोरिन्थी १:३-५; यूहन्ना १४:१६-१८; २ थेस्सलोनिकी २:१६-१७); आवश्यक अगुवाइका लागि प्रतिज्ञाहरू (हितोपदेश ३:५-६; भजनसङ्ग्रह २३:२-३); आवश्यक विश्वासका लागि प्रतिज्ञाहरू (रोमी १०:१७; हिब्रू अध्याय ११)।

५.पापमाथि विजय (रोमी ६; यूहन्ना ८:३१-३६); परीक्षामाथि विजय (१ कोरिन्थी १०:१३; हिब्रू २:१७-१८; ४:१५-१६); विपत्तीहरूका बीचमा विजय (हिब्रू १२:५-११; याकूब १:२-१२; १ पत्रुस १:६-८; ४:१९); दुःखकष्टहरूका बीचमा विजय (रोमी ८:१८,२८; २ कोरिन्थी १:३-४); सांसारिक प्रणालीमाथी विजय (१ यूहन्ना २:१७; ५:४-५); शैतानमाथि विजय (याकूब ४:७; १ यूहन्ना ४:४)।

६.परमेश्वरका आज्ञाहरू पालन गरेकोमा प्रतिज्ञाहरू (यूहन्ना १४:२१,२३; भजनसङ्ग्रह १९:११); परमेश्वरको खोजी गरेकोमा इनामको प्रतिज्ञा (हिब्रू ११:६; मत्ती ७:७; यर्मिया २९:१३; व्यवस्था ४:२९); विश्वासयोग्य जीवन यापन गरेकोमा इनामको प्रतिज्ञा (१ कोरिन्थी ३:११-१५; ४:२-५; लूका १६:९-१०); भावी स्वर्गीय घरको प्रतिज्ञा (१ पत्रुस १:४; प्रकाश २१:३-५; यूहन्ना १४:१-३; हिब्रू ११:१०)।

७.प्रभु येशू ख्रीष्टको सन्निकट आगमनको प्रतिज्ञा (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८; १ यूहन्ना २:२८-३:३; तीतस २:१३)। विश्वासको सरल परिभाषा: विश्वास भनेको परमेश्वरले जे भन्नुभएको छ त्यसप्रति सठीक रूपले प्रतिक्रया देखाउनु हो। जब परमेश्वरले कुनै आज्ञा दिनुहुन्छ तब भरोसा गर्ने विश्वासीले आज्ञापालन गर्दछ: "जब अब्राहाम त्यस ठाउँमा जानलाई बोलाइए, जुन ठाउँ उनले पछिबाट हकको सम्पत्तिको रूपमा पाउनेवाला थिए, तब उनले विश्वासैद्वारा आज्ञापालन गरे" (हिब्रू ११:८)। अब्राहामले परमेश्वरमा विश्वास गरे! उनले परमेश्वर यति महान् हुनुहुन्छ भनेर विश्वास गरे कि उहाँको आज्ञा पालन नगर्नु असोचनीय कुरो थियो!

जब परमेश्वरले कुनै प्रतिज्ञा दिनुहुन्छ, भरोसा गर्ने विश्वासीले त्यसमाथि विश्वास गर्दछ, त्यसबारेमा ऊ निश्चित हुन्छ, त्यसलाई देख्दछ, त्यसका निम्ति ऊ बाटो हेर्दछ, त्यसका लागि पर्खन्छ, त्यसमाथि अडेसिन्छ, त्यसलाई बलियो गरी पक्रन्छ र त्यसलाई अँगाल्दछ (हिब्रू ११:११,१३; ; रोमी ४:१८-२१; १०:१७; हिब्रू ४:१-२)। तपाईं परमेश्वरको वचनप्रति कस्तो प्रतिक्रिया देखाउने गर्नुहुन्छ? जब परमेश्वरले "म यसो गर्नेछु" भन्नुहुँदा उहाँले साँच्चीनै त्यो गर्नुहुनेछ भन्ने कुरामा तपाईं कत्तिको निश्चित हुनुहुन्छ? दाँज्नुहोस् प्रेरित २७:२५।

परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ -- मेरो समस्यालाई समाधान गर्न सक्ने क्षमता उहाँसित छ (एफेसी ३:२०); उहाँले त्यसलाई समाधान गर्न सक्नुहुन्छ। उहाँको निम्ति कुनै कुरा पनि औधी कठिन हुँदैन (उत्पत्ति १८:४)। कुनै पनि समस्या उहाँको क्षमताभन्दा बाहिरको हुँदैन। उहाँद्वारा म सबै कुराहरू गर्न सक्नेछु (फिलिप्पी ४:१३)।

परमेश्वर सर्वज्ञानी हुनुहुन्छ -- मेरो समस्याको बारेमा उहाँलाई सब थाह छ। त्यतिमात्र नभएर मेरो समस्याको समाधान गर्ने उपाय समेत उहाँलाई थाह छ। साथै यस समस्याको बीचमा मैले कतिसम्म सहन सक्छु भनेर पनि उहाँलाई थाह छ (१ कोरिन्थी १०:१३)।

परमेश्वर बुद्धिमान् हुनुहुन्छ -- मलाई सबभन्दा बढी भलाइ कसरी हुन्छ भनेर उहाँ जान्नुहुन्छ। यसैले त उहाँले यो समस्या मेरो जीवनमा आइपर्न दिनुभयो। मेरो समस्या-समाधानको सर्वोत्तम उपाय उहाँले नै जान्नुहुन्छ (याकूब १:५)।

परमेश्वर सर्वव्यापी हुनुहुन्छ -- म समस्यामा परेको छु तर म एकलो छैन किनकि परमेश्वर मेरो साथमा हुनुहुन्छ; उहाँ मभित्रै हुनुहुन्छ (गलाती २:२०)। उहाँले मलाई कुनै रीतिले छोड्नुहुनेछैन, न ता मलाई कुनै रीतिले त्याग्नुहुनेछ। समस्या आइपर्दा म एकलैले समाधान गर्नुपर्छ भनेर उहाँले कहिल्यै भन्नुभएन (प्रस्थान १४:१४)। जिउँदो परमेश्वर नै मेरा सहायक हुनुहुन्छ (हिब्रू १३:५-६; यशैया ४१:१०; मत्ती २८:२०)।

परमेश्वर अपरिवर्तनीय (बदली नहुने) हुनुहुन्छ -- जब परमेश्वरले मलाई बचाउनुभयो तब मेरो जीवनको सबभन्दा ठूलो समस्या हल भयो। अब उही परमेश्वरले त्योभन्दा सानो जुनसुकै समस्यामा पनि मलाई सहायता गर्न सक्नुहुन्छ। जुन परमेश्वरले दाऊदलाई, दनिएललाई, पावललाई र अरू धेरैजनालाई उनीहरूका समस्याहरूमा सहायता गर्नुभयो, उही परमेश्वरले मलाई पनि सहायता गर्न सक्नुहुन्छ। परमेश्वर हरहमेसा परमेश्वर नै हुनुहुन्छ भनी म मानिलिन सक्छु (हिब्रू १३:८)।

परमेश्वर सार्वभौम हुनुहुन्छ -- हरेक परिस्थितिको सम्पूर्ण नियन्त्रण परमेश्वरकै हातमा हुन्छ। उहाँले यो समस्या मेरो जीवनमा आउन दिनुभयो र यो पनि उहाँकै हातमा छ (रोमी ८:२८)।

परमेश्वर विश्वासयोग्य हुनुहुन्छ -- मेरो समस्याको समाधानको निम्ति मैले परमेश्वरमाथि भरोसा राख्दा उहाँले मलाई धोका दिनुहुनेछैन (व्यवस्था ३१:६)। उहाँका प्रतिज्ञाहरू चुक्नेछैनन्। मेरो यो परिस्थितिमा म परमेश्वरमाथि भर पर्न सक्छु (२ कोरिन्थी १:२०)। परमेश्वर पूर्ण रूपमा भरपर्दो, विश्वासीलो, वफादार हुनुहुन्छ।

परमेश्वर सत्य हुनुहुन्छ -- मेरो समस्याको बीचमा म परमेश्वरको वचनको प्रतिज्ञाहरूलाई दाबी गर्न सक्छु किनभने परमेश्वर झूट बोल्नुहुन्न; उहाँले झूट बोल्नै सक्नुहुन्न (तीतस १:२)। उहाँले जे भन्नुहुन्छ, त्यो उहाँले गर्नुहुन्छ। उहाँ जे बोल्नुहुन्छ, त्यो उहाँ पूरा गर्नुहुन्छ (रोमी ४:२१)।

परमेश्वर अनन्त हुनुहुन्छ -- अनन्तताको परिप्रेक्ष्यमा वा दाँजोमा हेर्दा मेरो समस्या सानोभन्दा सानो देखिन्छ। व्यवस्था ३३:२७ मा हेर्नुहोस्।

परमेश्वर प्रेम हुनुहुन्छ -- मेरो यो समस्यामा परमेश्वरले स्वयम् आफैलाई चिनाउन चाहनुहुन्छ। यस्तो कुनै समस्या छैन, त्यो जतिसुकै ठूलो किन नहोस्, जसले मलाई उहाँको प्रेमबाट अलग पार्न सक्दछ (रोमी ८:३५-३९)।

परमेश्वर भला हुनुहुन्छ -- मेरो समस्या र मेरो अप्ठ्यारो परिस्थितिकै बीचमा पनि परमेश्वरले मलाई उहाँको पुत्रजस्तै बनाउँदै लैजान चाहनुहुन्छ (रोमी ८:२८-२९)। जस्तोसुकै संकष्ट किन नहोस्, उहाँ भला हुनुहुन्छ भनी म उहाँको प्रशंसा गर्न सक्छु (भजनसंग्रह १०७:८,१५)।

परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ -- मेरो जीवनमा यो समस्या आउन दिनुमा परमेश्वरले ठीक नै गर्नुभएको छ। परमेश्वरले कहिल्यै गलती गर्नुहुन्न। आफ्नो दिन-दिनको जीवनमा आइपर्ने समस्याहरूका बीच तपाईं जीवित परमेश्वरलाई कत्तिको सम्झना गर्ने गर्नुहुन्छ?

"जसले तपाईंको नाम जान्दछन् (परमेश्वरको को हुनुहुन्छ भनी साँच्चै जान्दछन्), तिनीहरूले तपाईंमाथि भरोसा राख्नेछन्" (भजनसङ्ग्रह ९:१०)।

उहाँको अनुग्रहको धन




मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?

२१५ ओटा सत्यताहरू
जर्ज जेलर

"ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु! -- रोबर्ट रबिन्सन्

"उहाँमा हामीले, उहाँको अनुग्रहको धनअनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौं" (एफेसी १:६)।

"तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु" (१ कोरिन्थी १५:१०)।

"अब हाम्रा प्रभु येशू ख्रीष्ट आफैले, र परमेश्वरले अर्थात् हाम्रा पिताले, जसले हामीलाई प्रेम गर्नुभएको छ, र अनुग्रहद्वारा हामीलाई अनन्त सान्त्वना र उत्तम आशा दिनुभएको छ, तिमीहरूका हृदयहरूलाई सान्त्वना दिऊन्, अनि हरेक असल वचन र काममा तिमीहरूलाई स्थिर पारून्" (२ थेस्सलोनिकी २:१६-१७)।

ख्रीष्टमा विश्वासीले पाएको छुटकारा र क्षमाको कुरा गर्दा पावलले "उहाँको अनुग्रहको धन" (एफेसी १:७) भनेर उल्लेख गर्छन्। अर्को ठाउँमा उनले "तर म जे छु उहाँको अनुग्रहले छु" (१ को १५:१०) भन्छन्। हरेक विश्वासीलाई परमेश्वरले अनन्त सान्तवना र अनुग्रहद्वारा असल आशा दिनुभएको छ (२ थेस्स २:१६-१७)। २ को ८:९ पढ्नुहोस् -प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ- तिमीहरू धनवान् हुन सक भनेर।

धेरैजना विश्वासीहरू उनीहरूले पाएको धनहरूको महत्त्व बुझ्नलाई असफल भइरहेका हुन्छन्। fail to appreciate. एक वृद्ध चाँदी खनकले पश्चिम अमेरिकाको पहाडहरूहुँदो चाँदीको खोजीमा आफ्नो जीवनै बिताए। आफ्नो खोजीमा उनी यति तल्लीन भएका थिए कि उनकी पत्नी र बालबाच्चाहरूले समेत उनलाई त्यागिदिएका थिए। उनी मरेपछि उनलाई दफन गर्न आएका दुईचार जनाले उनको साथमा एउटा सानो कागत भेट्टाए जसमा उनलाई उनकै छाप्रोमुनि दफन गरियोस् भन्ने निर्देशन लेखिएको पाइयो। साबेलले जमीन खन्दै जाँदा त्यहाँ खरानी रङ्गको चमकदार पद्धार्थ देखापर्न थाल्यो। त्यहाँ त क्यालिफोर्निया राज्यकै इतिहासमा सबैभन्दा मूल्यवान् चाँदी खानी भेटियो जुनचाहिँ "कम्स्टक सिल्भर भेन" को नामले प्रख्यात भयो! त्यो खनक, एक खरबपति भए तापनि जीवनभरि उनलाई आफ्नो सम्पत्तिको कहिल्यै पत्तो भएन अनि उनले आफ्नो सम्पत्तिको कहिल्यै उपभोग गरेनन्। उनले आफ्नो प्राप्तिलाई कहिल्यै प्राप्त गरेनन्। त्यो उनकै भएर पनि त्यो उनको हुन सकेन। उनले आफूसँग भएको कुराको कहिल्यै उपभोग गरेनन्।

हरेक साँचो विश्वासी एक आत्मिक खरबपति हो। बाइबलले बताउँछ, ख्रीष्ट हाम्रा निम्ति गरिब हुनुभयो (र हाम्रो लागि मर्नुभयो) ता कि उहाँको गरिबीद्वारा हामी धनवान हुन सकौं (२को८:९)। विश्वासीहरू, राजाका सन्तान भएर पनि कतिपटक एउटा माग्नेजस्तै भएर हिँडिरहेको हुन्छ जब कि ऊ त एउटा राजकुमारजस्तै भएर जिउनुपर्ने हो। उहाँको अतुलनीय अनुग्रहले हामी कति धनवान् छौं भन्ने कुरा हामीले जानेको परमेश्वर चाहनुहुन्छ। पढ्नुहोस - एफेसी १:३। हरेक आत्मिक आशिशले आशिषित छौं हामी!

हाम्रा सम्पत्ति के के हुन् भनेर जानेनौं भने हामी तिनलाई उपभोग गर्न सक्दैनौं। हामीले हाम्रो बोलावट के हो भनेर जानेनौं भने हामी हाम्रो बोलावटको योग्य चालमा हिँड्न सक्दैनौं (एफेसी ४:१)। परमेश्वरको वचनमा पाइने गहकिला तथ्य र सत्यताहरूलाई विश्वासैद्वारा दाबी गरिनुपर्छ। परमेश्वरले हामीलाई ख्रीष्टमा जसरी देख्नुहुन्छ हामीले आफूहरूलाई त्यसरी नै देख्नुपर्छ। हामीलाई ख्रीष्टमा जे दिइसकिएका छन् तिनलाई हामीले विश्वासैद्वारा दावी गर्नु पर्छ।

हामी कसरी जिउनुपर्छ भन्ने कुरा परमेश्वरको अनुग्रहले हामीलाई सिकाउँछ (तीतस २:११-१४)। परमेश्वरको सिकाउने तरिका चाहिँ उहाँले अनुग्रहमा हाम्रो निम्ति के के गरिदिनुभएको छु भन्ने कुरा हामीलाई पहिला देखाउनु हो, अनि त्यसपछि त्यसअनुसार हिँड्नलाई हामीलाई बताउनु हो। एफेसी ५:८ ले यस कुरालाई छर्लङ्ग पार्छ (यसको राम्रो उदाहरण हो): किनकि तिमीहरू एक समय (नयाँ जन्म नपाएको पहिलाको समय) अन्धकार थियौ, तर अब तिंमीहरू प्रभुमा ज्योति हौ: ज्योतिका सन्तानझैं हिँड।" हामी जो हौं त्यसैको आधारमा हामी हिँड्नुपर्छ। हामी "जो हौं त्यही हुनुपर्छ"। हाम्रो अवस्था हाम्रो महिमित ओहोदासित मेल खानुपर्छ"। ख्रीष्टमा भएको हाम्रो ओहोदाका महिमित तथ्यहरूलाई हामीले विश्वासैद्वारा जति बलियो गरी पक्रन्छौं, त्यति नै गरी हामी यस संसारमा प्रभुसित हिँड्ने क्रममा यसले हाम्रो वास्तविक अवस्थालाई (हिँडाइलाई) असर पार्नेछ।

हाम्रो समझका आँखाहरू उज्याला पारिएका होऊन्, ताकि हामीले उहाँको बोलावटको आशा के रहेछ, आदि (एफेसी १:१८-१९)।

मेरो उद्धार पूर्ण रूपले सम्पन्न भइसकेको छ (यूहन्ना १९:३०)।
मसँग वर्तमान सम्पत्तिकै रूपमा अनन्त जीवन छ (यूहन्ना ५:२४; ६:४७; १ यूहन्ना ५:११-१३)।
मसँग वर्तमान सम्पत्तिकै रूपमा येशू ख्रीष्ट हुनुहुन्छ (१ यूहन्ना ५:१२)।
म एकमात्र, सत्य परमेश्वरलाई चिन्दछु (यूहन्ना १७:३; १ यूहन्ना २:३; ५:२०)।
उहाँको अनुग्रहले मैले मुक्ति पाइसकेको छु (एफेसी २:१-१०)।
उहाँको अनुग्रहले म धर्मी ठहरिसकेको छु (तीतस ३:७)।
म मृत्युबाट जीवनमा सरिसकेको छु (यूहन्ना ५:२४; १ यूहन्ना ३:१४)।
परमेश्वरले मलाई जीवित पारिसक्नुभयो (एफेसी २:१,५; कलस्सी २:१३)।
परमेश्वरले मलाई स्वर्गको लागि योग्य बनाइसक्नुभयो (कलस्सी १:१२)।
मैले पापहरूको क्षमा पाइसकें (एफेसी १:७; कलस्सी १:१४)।
मेरा पापहरू हटाइसकिए (यूहन्ना १:२९; हिब्रू ९:२६; १ यूहन्ना ३:५)।
मेरा पापहरू पूरै शुद्ध पारिसकिए (हिब्रू १:३)।
मेरा पापहरूलाई परमेश्वरले कहिल्यै सम्झना गर्नुहुनेछैन (हिब्रू ८:१२; १०:१७)।
म धोइसकिएँ (१ कोरिन्थी ६:११; तीतस ३:५; प्रकाश १:५)।
म ख्रीष्टसँग सेतो वस्त्र पहिरेर हिँड्नेछु (प्रकाश ३:४-५)।
म उहाँका कोर्राका चोटहरूले निको भइसकें (१ पत्रुस २:२४)।
मलाई सबै पापहरू क्षमा गरिसकिए (कलस्सी २:१३; १ यूहन्ना २:१२)।
म पूरै धर्मी ठहरिसकिएँ (रोमी ४:५; ८:३०; १ कोरिन्थी ६:११; गलाती २:१६; तीतस ३:७)।
परमेश्वरसित मेरो मिलाप भएको छ (२ कोरिन्थी ५:१८-१९; कलस्सी १:२०)।
म ख्रीष्टको रगतले नजिक पारिएको छु (एफसी २:१३)।
मैले छुटकारा पाएको छु (१ पत्रुस १:१८-१९; एफेसी १:७; कलस्सी १:१४)।
मैले व्यवस्थाको श्रापबाट छुटकारा पाएको छु (गलाती ३:१३)।
मैले सबै अधर्मबाट छुटकारा पाएको छु (तीतस २:१४)।
म दाम तिरी किनिएको छु (१ कोरिन्थी ६:२०; ७:२३)।
मैले यति ठूलो मृत्युबाट छुटकारा पाएको छु (२ कोरिन्थी १:१०)।
मैले यस वर्तमान दुष्ट संसारबाट छुटकारा पाएको छु (गलाती १:४)।
मैले अन्धकारको सामर्थ्यबाट छुटकारा पाएको छु (कलस्सी १:१३)।
मैले पछि आउने क्रोधबाट छुटकारा पाएको छु (१ थेस्सलोनिकी १:१०)।
म दण्डको आज्ञामुनि अर्थात् न्यायमा पर्नेछैन (यूहन्ना ५:२४; रोमी ८:१)।
म परमेश्वरको सन्तान भएको छु (यूहन्ना १:१२; रोमी ८:१६; गलाती ३:२६; १ यूहन्ना ३:१-२)।
म परमेश्वरको एक पुत्र भएको छु (गलाती ४:५-७)।
म येशू ख्रीष्टको भएको छु (गलाती ३:२९; ५:२४)।
मलाई धर्मपुत्रको रूपमा ग्रहण गरिएको छ (गलाती ४:५; रोमी ८:१५,२३)।
म परमेश्वरको हकवाला बनेको छु र ख्रीष्टसँग साझा-हकवाला बनेको छु (रोमी ८:१७; तीतस ३:७)।
म जीवनको अनुग्रहको हकदार भएको छु (१ पत्रुस ३:७)।
सबै कुराहरू मेरा हुन् (१ कोरिन्थी ३:२१-२३)।
मसँग सबै थोक छन् (२ कोरिन्थी ६:१०)।
म सबै कुराहरूको हकदार हुनेछु (प्रकाश २१:७)।
हरेक कुरामा म उहाँद्वारा धनवान् बनाइएको छु (१ कोरिन्थी १:५)।
म एक साझा-हकवाला भएको छु (एफेसी ३:६)।
ख्रीष्टको कारण म धनवान् भएको छु (२ कोरिन्थी ८:९; प्रकाश २:९)।
म सबै आत्मिक आशिषहरूले आशिषित पारिएको छु (एफेसी १:३)।
मैले हकको सम्पत्ति पाएको छु (एफेसी १:११,१४; हिब्रू १:१४; ९:१५; १ पत्रुस १:४)।
मैले मुक्ति पाऊँ भनी म ठहराइएको छु (१ थेस्सलोनिकी ५:९; हिब्रू १:१४)।
म उहाँको अधिकारको सम्पत्ति भएको छु (एफेसी १:१८)।
म सुसमाचारद्वारा ख्रीष्टमा उहाँको प्रतिज्ञाको साझा-भागीदार भएको छु (एफेसी ३:६)।
म ख्रीष्टमा नयाँ सृष्टि भएको छु (२ कोरिन्थी ५:१७; एफेसी २:१०; ४:२४; कलस्सी ३:१०)।
म पवित्र आत्माले नवीकरण गरिएको छु (तीतस ३:५)।
म उही प्रियमा ग्रहणयोग्य तुल्याइएको छु (एफेसी १:६)।
म ख्रीष्टमा स्वर्गीय स्थानहरूमा बसालिएको छु (एफेसी २:६)।
म उहाँको महिमाको प्रशंसाको कारण भएको छु (एफेसी १:१२)।
म प्रभुमा ज्योति भएको छु (एफेसी ५:८)।
म ज्योतिको सन्तान भएको छु (एफेसी ५:८; १ थेस्सलोनिकी ५:५)।
म एक "विशेष व्यक्ति" भएको छु, परमेश्वरको किनिएको विशेष सम्पत्ति (तीतस २:१४; १ पत्रुस २:९)।
म आत्मिक बलिदानहरू चढाउन सक्ने पूजाहारी भएको छु (हिब्रू १३:१५-१६; १ पत्रुस २:५,९; प्रकाश १:६; ५:१०; २०:६)।
म एक शासन गर्नेवाला राजा भएको छु (प्रकाश १:६; ५:१०; २०:६)।
पितासँग र उहाँका पुत्रसँग सङ्गति गर्ने सौभाग्य मेरो भएको छ (१ यूहन्ना १:३)।
ख्रीष्टभित्र रहन्छु (यूहन्ना ६:५६; १ यूहन्ना ३:२४; ४:१३,१५,१६)।
ख्रीष्ट मभित्र रहनुहुन्छ (यूहन्ना ६:५६; गलाती २:२०; १ यूहन्ना ३:२४; ४:१३-१६)।
म ख्रीष्टभित्र छु (यूहन्ना १४:२०; २ कोरिन्थी ५:१७)।
ख्रीष्ट मभित्र हुनुहुन्छ (यूहन्ना १४:२०; रोमी ८:१०; १ यूहन्ना ४:४)।
परमेश्वरको आत्मा मभित्र रहनुहुन्छ (रोमी ८:९; १ कोरिन्थी ३:६; एफेसी २:२१-२२)।
म शरीरमा होइन तर आत्मामा छु (रोमी ८:१९)।
मेरो माटोको भाँडोमा ठूलो धन रहेको छ (२ कोरिन्थी ४:७)।
मेरो शरीर पवित्र आत्माको मन्दिर भएको छ (१ कोरिन्थी ६:१९)।
म पवित्र आत्माको दान र बैनाद्वारा आशिषित बनाइएको छु (१ कोरिन्थी १:२२; गलाती ४:६; एफेसी १:१३-१४; १ थेस्सलोनिकी ४:८; तीतस ३:६; १ यूहन्ना ३:२४; ४:१३)।
मसँग पवित्र आत्माबाटको अभिषेक छ (१ यूहन्ना २:२०)।
म ख्रीष्टका बोलाइएकाहरूमध्ये एक हुँ (रोमी १:६; ८:२८-३०; यहूदा १; प्रकाश १७:१४)।
म परमेश्वरको पुत्रसँगको सङ्गतिमा बोलाइएको छु (१ कोरिन्थी १:९)।
म अनन्त महिमामा बोलाइएको छु (१ पत्रुस ५:१०)।
म पवित्र बोलावटले बोलाइएको छु (२ तिमोथी १:९)।
म उच्च र स्वर्गीय बोलावटको भागीदार भएको छु (फिलिप्पी ३:१४; हिब्रू ३:१)।
म अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र बोलाइएको छु (१ पत्रुस २:९)।
परमेश्वरले मलाई पहिले नै जान्नुभएको थियो (रोमी ८:२९; १ पत्रुस १:२)।
परमेश्वरले मलाई ख्रीष्टको रूपमा ढालियोस् भनेर पहिले नै ठहराउनु भयो (रोमी ८:२९; एफेसी १:५, ११)।
परमेश्वरको विचार र मनसायमा मलाई महिमा दिइसक्नुभयो (रोमी ८:३०)।
म परमेश्वरको प्रेममा अनन्तसम्म सुरक्षित छु (रोमी ८:३८-३९)।
म ख्रीष्टमा चुनिएको छु (एफेसी १:४; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; १ पत्रुस २:९; प्रकाश १७:१४)।
म मुक्तिका निम्ति चुनिएको छु (२ थेस्सलोनिकी २:१३)।
म ख्रीष्टमा पूर्ण भएको छु (कलस्सी २:१०)।
म परमेश्वरको प्रिय भएको छु (कलस्सी ४:१२; २ थेस्सलोनिकी २:१३)।
मैले मेरा स्वर्गका पिताको ताडना र अनुशासन पाउँदछु (हिब्रू १२:६-७)।
म त्यो समूहको भएको छु जसलाई ख्रीष्टले आफ्ना "भाइहरू" र "मित्रहरू" भन्न शर्माउनुहुन्न (हिब्रू २:११; यूहन्ना १५:१५)।
म अब्राहामको सन्तान हुँ (गलाती ३:७)।
म अब्राहामको वंश हुँ (गलाती ३:२९)।
म अब्राहामको आशिषमा रमाउँदछु (गलाती ३:९)।
म प्रतिज्ञाको सन्तान हुँ (गलाती ४:२८,३१)।
म एक विश्वासयोग्य हुँ (प्रकाश १७:१४)।
म उहाँको बगालमा एक भेँडा हुँ (लूका १२:३२; हिब्रू १३:२०; १ पत्रुस २:२५)।
म उहाँको शरीरको अङ्ग हुँ (१ कोरिन्थी १०:१७; एफेसी ३:६; ४:२५; ५:३०)।
म उहाँको भवनको एउटा पत्थर हुँ (एफेसी १:२०-२२; हिब्रू ३:६; १ पत्रुस २:५)।
म उहाँको दाखको बोटको एउटा हाँगा हुँ (यूहन्ना १५:१-७)।
म उहाँको राज्यको एक प्रजा हुँ (कलस्सी १:१३)।
म उहाँको परिवारभित्र नयाँ गरी जन्मिएको छु (यूहन्ना १:१२-१३; याकूब १:१८; १ पत्रुस १:३,२३; २:२; १ यूहन्ना ५:१)।
म परमेश्वरको प्रजा हुँ किनकि उहाँको अनुग्रहले मलाई आफ्नो भनी दाबी गर्नुभएको छ(१ पत्रुस २:१०; प्रकाश २१:७)।
म पवित्र जनहरूसँगै एक सँगी नागरीक हुँ (एफेसी २:१९)।
म येशू ख्रीष्टभित्र बप्तिस्मा भएको छु (रोमी ६:३; गलाती ३:२७)।
म ख्रीष्टसँग उहाँको मृत्युमा सम्मिलित गराइएँ (रोमी ६:३-६,८-११; २ कोरिन्थी ५:१४; कलस्सी २:१२; २:२०; ३:३)।
म ख्रीष्टसँग उहाँको बौरिउठाइमा सम्मिलित गराइएँ (रोमी ६:५,८,११; २ कोरिन्थी ५:१५; गलाती २:२०; कलस्सी २:१२; ३:१)।
म पापका निम्ति मरेँ (रोमी ६:२)।
मेरो पुरानो मानिस ख्रीष्टसँग क्रूसमा टाँगियो (रोमी ६:६)।
म ख्रीष्टसँग क्रूसमा टाँगिएँ (गलाती २:२०)।
मैले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेको छु (गलाती ५:२४)।
म परमेश्वरका निम्ति जिउँदो भएको छु (रोमी ६:११,१३; गलाती २:१९-२०)।
ख्रीष्ट मेरो जीवन हुनुहुन्छ (फिलिप्पी १:२१; कलस्सी ३:४)।
म जीवनको नयाँपनामा हिँड्न सक्छु (रोमी ६:४)।
म आत्माको नयाँपनामा सेवा गर्न सक्छु (रोमी ७:६)।
म धार्मिकताका निम्ति जिउन सक्छु (१ पत्रुस २:२४)।
म व्यवस्थाका निम्ति मरेँ (रोमी ७:४; गलाती २:१९)।
म व्यवस्थाबाट मुक्त भएको छु (रोमी ७:६)।
म व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छु (रोमी ६:१४)
परमेश्वरका व्यवस्थाहरू मेरो हृदयमा लेखिएका छन् (हिब्रू १०:१६)।
म येशू ष्टसँग विवाहित भएको छु (रोमी ७:४)।
म ख्रीष्टको भागीदार भएको छु (हिब्रू ३:१४)।
म ख्रीष्टसँग उहाँका दुःखहरूमा सम्मिलित गराइएको छु (२ तिमोथी २:१२; फिलिप्पी १:२९; १ पत्रुस २:२०; ४:१२-१३; १ थेस्सलोनिकी ३:३; रोमी ८:१८; कलस्सी १:२४)।
मद्वारा परमेश्वरको ज्ञान प्रकट गरिन्छ (२ कोरिन्थी २:१४)।
मद्वारा ख्रीष्टको मीठो बास्ना प्रकट गरिन्छ (२ कोरिन्थी २:१५-१६)।
म ख्रीष्टको पत्र हुँ (२ कोरिन्थी ३:३)
म ख्रीष्टको महिमापूर्ण रूपमा बदली गराइँदैछु (२ कोरिन्थी ३:१८)।
म सिद्ध बनाइँदैछु (फिलिप्पी १:६)।
मेरो भित्री मान्छे दिन-दिनै नयाँ बनाइँदैछ (२ कोरिन्थी ४:१६)।
मैले ख्रीष्टलाई पहिरेको छु (गलाती ३:२७)।
म संसारको होइन (यूहन्ना १७:१४,१६)।
संसार मेरो निम्ति क्रूसमा टाँगियो (गलाती ६:१४)।
म संसारका निम्ति क्रूसमा टाँगिएँ (गलाती ६:१४)।
म परमेश्वरको सुसमाचारका निम्ति अलग पारिएको छु (रोमी १:१)।
म ख्रीष्ट येशूमा अलग गरिएको छु, पवित्र पारिएको छु (१ कोरिन्थी १:२; ६:११; हिब्रू १०:१०; यहूदा १)।
म पवित्र छु (कलस्सी ३:१२; हिब्रू ३:१; १ पत्रुस २:९; प्रकाश २०:६)।
म उहाँको धार्मिकताले पहिराइएको छु (प्रकाश १९:८)।
म एक पवित्र जन हुँ (१ कोरिन्थी १:२; फिलिप्पी १:२; कलस्सी १:२)।
म ख्रीष्टमा निष्कलङ्क छु (एफेसी ५:२७; कलस्सी १:२२; यहूदा २४)।
म सदाका निम्ति सिद्ध पारिएको छु (हिब्रू १०:१४)।
म आफैको होइन (१ कोरिन्थी ६:१९)।
म पवित्रताका निम्ति बोलाइएको छु (१ थेस्सलोनिकी ४:७)।
म स्वर्गको नागरिक हुँ (फिलिप्पी ३:२०)।
म एक परदेशी र यात्री हुँ र यस संसार मेरो घर होइन (हिब्रू ११:१३; १ पत्रुस २:११)।
म उहाँको प्रेमको पुत्रको राज्यभित्र सारिसकिएको छु (कलस्सी १:१४)।
मेरो हृदयको खतना गरिएको छ (कलस्सी २:११)।
मेरा विश्वासयोग्य परमेश्वरले मलाई पूरा रीतिले पवित्र पार्नुहुनेछ (१ थेस्सलोनिकी ५:२३-२४)।
मेरा विश्वासयोग्य परमेश्वरले मलाई दुष्टबाट जोगाउनुहुनेछ (२ थेस्सलोनिकी ३:३; २ तिमोथी ४:१८)।
ख्रीष्टले मलाई स्वतन्त्र पार्नुभएको छ -- साँच्चै स्वतन्त्र (यूहन्ना ८:३६; गलाती ५:१; १ कोरिन्थी ७:२२)।
येशू ख्रीष्ट मलाई छुटकारा दिनेवाला हुनुहुन्छ (रोमी ७:२४-२५)।
म पापबाट स्वतन्त्र छु (रोमी ६:७,१८,२२)।
जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ (रोमी ८:२)।
म परमेश्वरको दास (कमारो) हुँ (रोमी ६:२२)।
म ख्रीष्टको दास (कमारो) हुँ (१ कोरिन्थी ७:२२)।
म धार्मिकताको दास (कमारो) हुँ (रोमी ६:१८)।
म स्वतन्त्रताका निम्ति बोलाइएको छु (गलाती ५:१३)।
ख्रीष्ट मेरो शान्ति (मेलमिलाप) हुनुहुन्छ (एफेसी २:१४)।
मसँग ख्रीष्टको मन छ (१ कोरिन्थी २:१६)।
मसँग आत्मसंयमको आत्मा (स्वस्थ मन) छ (२ तिमोथी १:७)।
ख्रीष्टले मलाई समझशक्ति दिनुभएको छ (१ यूहन्ना ५:२०)।
मसँग ख्रीष्टको धार्मिकता छ (२ कोरिन्थी ५:२१)।
म सबै कुराहरूमा पूरा भरिभराउ पारिएको छु (२ कोरिन्थी ९:८)।
मसँग जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू छन् (२ पत्रुस १:४)।
म सधैं सन्तुष्ट हुन सक्छु किनकि मसँग ख्रीष्ट हुनुहुन्छ (हिब्रू १३:५)।
मसँग मलाई चाहिने सबै हातहतियार छन् (२ कोरिन्थी १०:४; एफेसी ६:१०-१७)।
मसँग परमेश्वरको प्रशस्त गरी पुग्ने अनुग्रह छ (२ कोरिन्थी १२:९)।
मसँग खाँचो पर्दा सहायता गर्ने अनुग्रह छ (हिब्रू ४:१६)।
मसँग परमेश्वको सामर्थ्य छ (एफेसी १:१९; ३:२०)।
म पिताकहाँ पुग्न पाउँछु (एफेसी २:१८; हिब्रू ४:१६)।
मेरा एक महान् महापूजाहारी हुनुहुन्छ (हिब्रू २:१७-१८; ३:१; ४:१४-१६; ८:१)।
मेरा एक अटुट अन्तर्विन्तीकर्ता हुनुहुन्छ (हिब्रू ७:२५; ९:२४)।
मैले पाप गर्दाखेरिका लागि पितासँग मेरा एक धर्मी वकिल हुनुहुन्छ (१ यूहन्ना २:१)।
परमेश्वरसँग मेरो मिलाप भएको छ (रोमी ५:१)।
मेरो प्राणको लागि विश्राम छ (मत्ती ११:२८-२९; हिब्रू ४:९)।
म परमेश्वरको आत्माले डोर्‍याइँदछु (रोमी ८:१६)।
म परीक्षा र सङ्कष्टहरूमा सक्षम तुल्याइँदछु (१ कोरिन्थी १०:१३)।
मलाई आत्माद्वारा निश्चयता दिइँदछ (रोमी ८:१६)।
मलाई परमेश्वरबाट सान्त्वना दिइँदछ (२ कोरिन्थी १:३-७)।
म उहाँको शान्तिले निश्चल तुल्याइँदछु (फिलिप्पी ४:७)।
मलाई आत्माद्वारा सत्यता र ज्ञान सित्तैमा दिइन्छन् (१ कोरिन्थी २:१२)।
म सङ्कटमा पारिएको छैन (२ कोरिन्थी ४:८)।
म हताश पारिएको छैन (२ कोरिन्थी ४:८)।
म त्यागिएको छैन (२ कोरिन्थी ४:९)।
म अन्धकारमा छैन (१ थेस्सलोनिकी ४:४)।
परमेश्वर मेरा प्रशस्तता (योग्यता) हुनुहुन्छ (२ कोरिन्थी ३:५)।
परमेश्वर मेरा बल हुनुहुन्छ (२ कोरिन्थी १२:९-१२; फिलिप्पी ४:१३)।
परमेश्वर मेरा सहायक हुनुहुन्छ (हिब्रू १३:६)।
म एक सार्वभौम परमेश्वरको हातमा छु जसले सबै कुरालाई मेरो भलाइका लागि काममा लगाउनुहुन्छ (रोमी ८:२८)।
सबै कुराहरू मेरै निम्ति हुन् (२ कोरिन्थी ४:१५)।
मेरा परमेश्वर मेरो पक्षमा हुनुहुन्छ (रोमी ८:३१)।
मेरो हरेक खाँचो पूरा गरिन्छ (फिलिप्पी ४:१९)।
म ख्रीष्टसँग सहकर्मी हुँ (१ कोरिन्थी ३:९; २ कोरिन्थी ६:१)।
म उहाँको हातको कारिगरी हुँ (एफेसी २:१०)।
परमेश्वर मभित्र काम गर्नुहुन्छ (फिलिप्पी २:१३; हिब्रू १३:२१)।
परमेश्वरको वचनले मभित्र काम गर्दछ (१ थेस्सलोनिकी २:१३)।
म परमेश्वरद्वारा छाप मारिएको छु (२ कोरिन्थी १:२२; एफेसी १:१३)।
म चट्टान (ख्रीष्ट येशू) माथि बसालिएको छु (मत्ती १६:१८; १ कोरिन्थी ३:११)।
म ख्रीष्टमा सुरक्षित रूपले स्थापित भएको छु (१ कोरिन्थी १:२१; २ थेस्सलोनिकी ३:३)।
म परमेश्वरको सामर्थ्यले सुरक्षित राखिएको छु (१ पत्रुस १:५)।
म येशू ख्रीष्टमा सुरक्षित राखिएको छु (यहूदा १)।
म लोट्नदेखि बचाई राखिएको छु (यहूदा २४)।
मसँग स्वर्गमा सदा रहिरहने परमेश्वरबाटको भवन छ (२ कोरिन्थी ५:१)।
मेरो नाम स्वर्गमा सदालाई लेखिएको छ (लूका १०:२०)।
म विजेताभन्दा बढी छु (रोमी ८:३७)।
मैले ख्रीष्टद्वारा विजय पाएको छु (१ कोरिन्थी १५:५७)।
मैले संसारलाई जितेको छु (१ यूहन्ना ५:४-५)।
म ख्रीष्टमा सधैं विजयी बन्छु (२ कोरिन्थी २:१४)।
मभित्र विजयी ख्रीष्ट हुनुहुन्छ जो शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)।
शैतानले मलाई छुन सक्दैन (१ यूहन्ना ५:१८)।
मेरो आशा जिउँदो छ (१ पत्रुस १:४)।
मेरो भविष्य महिमापूर्ण छ (रोमी ८:१८; २ थेस्सलोनिकी २:१४)।
मलाई अनुग्रहद्वारा अनन्त सान्त्वना र उत्तम आशा दिइएको छ (२ थेस्सलोनिकी २:१६)।
म स्वर्गीय राज्यका निम्ति बचाइराखिनेछु (२ तिमोथी ४:१८)।
मैले हल्लन नसकिने राज्य पाइरहेको छु (हिब्रू १२:२८)।
मेरो निम्ति स्वर्गमा ठाउँ सुनिश्चित गरिएको छ (यूहन्ना १४:२-३; १ पत्रुस १:४)।
मैले जीवनको रूखबाट खानेछु (प्रकाश २:७)।
मलाई दोस्रो मृत्युबाट कुनै हानि हुनेछैन (प्रकाश २:११; २०:६)।
मेरो एउटा नयाँ नाम पाउनेछु (प्रकाश २:१७; ३:१२)।
मलाई जातिहरूमाथि अधिकार दिइनेछ (प्रकाश २:२६; ५:१०)।
मेरो नाम जीवनको पुस्तकबाट कुनै रीतिले काटिनेछैन (प्रकाश ३:५)।
म परमेश्वरको मन्दिरमा खाँबो बनाइनेछु (प्रकाश ३:१२)।
म ख्रीष्टसँग उहाँको सिंहासनमा बस्नेछु (प्रकाश ३:२१)।
म सदा सर्वदा मेरा परमेश्वरसँग हुनेछु (प्रकाश २१:३-४)।
अचम्मको अनुग्रह
Amazing Grace
रचयिता: जोन न्यूटन (१७२५-१८०७)
नेपालीमा अनूदित


१)    अचम्मको अनुग्रहले
      बाँच्यो तुच्छ प्राण मेरो
      हराएको थिएँ अब पाइएको छु
      अन्धो देख्‍ने भएँ!

२)    अनुग्रहले ईश्वरको भय
      अनुग्रहले शान्ति
      कस्तो अमूल्य स्वाद अनुग्रहको
      जब विश्वास गरेँ!

३)    अनेकौं जोखिम परीक्षा
      भएर आइपुगेँ
      यहाँसम्म ल्याउने त्यो अनुग्रहले
      पुग्‍नेछु स्वर्गमै!

४)    प्रभुको वाचा भलाइको
      यो मेरो भरोसा
      उहाँ नै मेरो सूर्य र ढाल
      प्राण मेरो रहुन्जेल!

५)    हजारौं वर्ष स्वर्गमा
      सूर्यझैं चम्कन्छौं
      यो अनुग्रहको प्रशंसा गाउँदै
      युग-युगौं रहन्छौं!

"ख्रीष्‍टमा" हुनु भनेको के हो?




जर्ज जेलर

मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छ: १) जोहरू ख्रीष्‍टबाहिर छन् (कलस्सी ४:५; १ थेस्सलोनिकी ४:१२); २) जोहरू "ख्रीष्‍टमा" छन् (२ कोरिन्थी ५:१७; रोमी ८:१)।
पहिलो जन्मले मान्छे "आदममा" हुन्छ (१ कोरिन्थी १५:२२) र पुरानो सृष्‍टिसित आवद्ध हुन्छ जुनचाहिँ आदममा मानिसको पतनले बिगारिएको थियो। दोस्रो जन्मले (यूहन्ना ३) मान्छे "ख्रीष्‍टमा" हुन्छ (१ कोरिन्थी १५:२२) र नयाँ सृष्‍टिसित आवद्ध हुन्छ (२ कोरिन्थी ५:१७) जुनचाहिँ ख्रीष्‍टद्वारा बचाइएको थियो।
चाबी खण्डहरू: १) २ कोरिन्थी ५:१७ -- मेरो नयाँ ओहोदा; २) एफेसी १:३ -- मेरा आत्मिक आशिषहरू; ३) १ कोरिन्थी १:५ -- मेरो प्रशस्त सम्पत्ति
म कसरी "ख्रीष्‍टमा" हुन गएँ? यो मलाई कसरी हुन गयो? मानिसको जिम्मेवारी ‍= विश्वास (गलाती ३:२६) परमेश्वरको जिम्मेवारी ‍= बप्‍तिस्मा (गलाती ३:२७)। जब म बचाइएँ, परमेश्वरले मलाई येशू ख्रीष्‍टभित्र डुबाउनुभयो!
म को हुँ? म के हुँ?
ख्रीष्‍टमा...
म एक नयाँ सृष्‍टि हुँ -- २ कोरिन्थी ५:१७; दाँज्नुहोस् गलाती ५:६; ६:१५; एफेसी २:१०
म एक पवित्र जन हुँ -- १ कोरिन्थी १:२
म उहाँको मण्डलीको एउटा भाग हुँ -- एफेसी २:२१-२२
म परमेश्वरका आत्माको निम्ति एक मन्दिर हुँ -- एफेसी २:२२
म परमेश्वरको अनन्त योजनाभित्र पर्छु -- एफेसी १:४; २ तिमोथी १:९
म पूर्ण छु (ख्रीष्‍टको परिपूर्णताले पूरै भरपूर) -- कलस्सी २:९; दाँज्नुहोस् कलस्सी १:१९)
म धनवान् बनाइएको छु -- १ कोरिन्थी १:५
म ग्रहणयोग्य बनाइएको छु (परमेश्वरको अनुग्रह ममाथि खन्याइएको छ) -- एफेसी १:६
म ज्योति हुँ -- एफेसी ५:८
म परमेश्वरको प्रेमभित्र सुरक्षित छु -- रोमी ८:३८-३९
म दृढ पारिएको, जरा हालिएको र निर्माण गरिएको छु -- २ कोरिन्थी १:२१; कलस्सी २:७
म खतना गरिएको छु -- कलस्सी २:११
म परमेश्वरको हृदयको नजिक छु -- एफेसी २:१३
यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
विश्वासैद्वारा मैले यी कुराहरू यस्तै हुन् भनेर दाबी गर्नुपर्छ! मैले आफूलाई परमेश्वरले जस्तै देख्‍नुपर्छ!

मसित के छ? मेरा सम्पत्ति के हुन्?
ख्रीष्‍टमा...
मसित हरेक आत्मिक आशिषहरू छन् -- एफेसी १:३
मसँग अनन्त जीवन छ (परमेश्वरसित अनन्त सम्बन्ध) -- १ यूहन्ना ५:११; रोमी ६:२३; १ कोरिन्थी १५:२२
मसित महिमापूर्ण मुक्ति छ -- २ तिमोथी २:१०
मसित धनाढ्य पैत्रिक सम्पत्ति छ -- एफेसी १:४; हेर्नू: १ पत्रुस १:४; रोमी ८:१७
मसित एउटा महिमापूर्ण भविष्य छ -- एफेसी १:४-५
मसित एउटा स्वर्गीय ओहोदा वा स्थान छ (बसालिएको) -- एफेसी २:६
मसित एउटा उच्च बोलावट छ -- फिलिप्पी ३:१४
मसित अनन्त महिमाको आशा छ -- १ पत्रुस ५:१०
मसित परमेश्वरको सिद्ध धार्मिकता छ -- २ कोरिन्थी ५:२१; १ कोरिन्थी १:३०; १ कोरिन्थी ६:११
मसित पवित्रता छ -- १ कोरिन्थी १:२; १:३०; ६:११
मसित परमेश्वरको बुद्धि छ -- १ कोरिन्थी १:३०; हेर्नू: कलस्सी २:३ र १ कोरिन्थी २:१६
मसित उद्धार छ (बन्धनबाट छुटकारा) -- एफेसी १:७; कलस्सी १:१४; रोमी ३:२४; १ कोरिन्थी १:३०
मसित सुरक्षा छ -- रोमी ८:१
मसित सम्पूर्ण पापको क्षमा छ -- एफेसी १:७; कलस्सी १:१४; १ कोरिन्थी ६:११ ("धोइएका")
यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
विश्वासैद्वारा मैले आफ्ना सम्पत्तिहरूलाई अपनाउनुपर्छ र आफ्ना धनहरूको उपभोग गर्नुपर्छ!

व्यावहारिक पक्षहरू
ख्रीष्टमा...
म हिँड्छु र जिउँदछु -- कलस्सी २:६
म स्थिर रहँदछु -- फिलिप्पी ४:१
म सधैं विजय पाउँदछु -- २ कोरिन्थी २:१४
म फलदायी हुँदछु -- १ कोरिन्थी १५:५८; एफेसी २:१०
म सबै कुरा गर्न सक्छु -- फिलिप्पी ४:१३
म परमेश्वरको नजिक जान सक्दछु ‍‍-- एफेसी २:१३,१८
म आफ्ना सबै खाँचोहरू पूरा भएको पाउँछु -- फिलिप्पी ४:१९
म सधैं आनन्द गर्न सक्छु -- फिलिप्पी ४:४; १ पत्रुस १:८
म शुद्ध पार्ने आशा पाउँछु -- १ यूहन्ना ३:३
म बलियो छु -- २ तिमोथी २:१; एफेसी ६:१०
म विश्वासयोग्य छु -- एफेसी १:१
मसँग विश्वास र प्रेम छ -- १ तिमोथी १:१३
म परिपक्क्व बन्न सक्छु -- कलस्सी १:२८
यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
विश्वासैद्वारा म यसरी नै हिँडूँ र जीवन बिताऊँ (कलस्सी २:७)!

येशूको प्रार्थनाको जीवन




आइभान फ्रेन्च

प्रार्थना भन्ने विषयवस्तुको अध्ययन गर्ने हो भने हामीले येशूको अभ्यास र शिक्षालाई अवलोकन गर्नु अत्यन्तै जायज देखिन्छ; किनकि --

पहिलो, उहाँले जुन विषयलाई छुनुहुन्छ, उहाँ त्यसको सर्वोत्कृष्ट शिक्षक ठहरिनुहुन्छ। प्रार्थनाको विषयमा उहाँका भन्ने कुरा धेरै छन्।

दोस्रो, उहाँ हरेक विश्वासीका लागि नमुना हुनुहुन्छ। यदि हामी थोरबहूत गम्भीरतामा उहाँको अनुसरण गर्न चाहन्छौं भने, हामीले उहाँको प्रार्थनाको निरन्तर तथा नियमित अभ्यासलाई अवलोकन गर्नैपर्ने हुन्छ।

तेस्रो, पवित्र जीवनको जड नै ख्रीष्टस्वरूप (Christlikeness) अर्थात् ख्रीष्टजस्तै बनिँदैजानु हो (१ यूहन्ना २:६; रोमी ८:२८,२९)। कुनै पनि ख्रीष्टियनलाई ख्रीष्टस्वरूपमा अघि बढेको मान्न सकिन्न जसले आफ्नो जीवनमा प्रार्थनालाई प्रशस्त ठाउँ दिँदैन।

आफ्नो सेवाकार्यको अवधिभित्र येशूले पन्ध्र पटक प्रार्थना गर्नुभएको कुरा सुसमाचारीय पुस्तकहरूमा उल्लेखित छ। प्रत्येकलाई हामी संक्षेपमा हेरौं।

१) उहाँको बप्तिस्मामा (लूका ३:२१)
प्रार्थनामा पर्खँदै गर्नुहुँदा नै उहाँले पवित्र आत्माको अभिषेक प्राप्‍त गर्नुभएको। हेर्नू: यशैया ४२:१; यशैया ६१:१; प्रेरित १०:३८; मत्ती १२:२८।
येशूको जीवनमा यो अत्यन्तै महत्त्वपूर्ण घडी थियो। उहाँ नासरतको आफ्नो दुर्बोध र अपरिचित घरबाट निस्केर सामर्थ्यका वचन र कार्यले रङ्गिने आफ्नो मसीह-सेवाकार्यमा उत्रन लाग्दै हुनुहुन्थ्यो। त्यसैले उहाँले प्रार्थना गर्नुभयो।
एउटा साङ्केतिक घटना, हेर्नू: प्रेरित ४:२३-३३ (विशेष गरी पद ३१)। प्रार्थनाले सामर्थ्यलाई जन्माउँछ !
२) कपर्नहुममा व्यस्त हुनुभएको एउटा दिनको लगत्तैपछि (मर्कूस १:३५; लूका ४:४२)
त्यस दिन शहरमा उहाँले सभाघरको सेवामा सिकाउने काम गर्नुभएको थियो, त्यहाँ उहाँलाई एकजना दुष्टात्मा लागेको मान्छेले बीचैमा अवरोध दिएको थियो, त्यसलाई उहाँले निको पार्नुभयो, पछि पत्रुसकी सासुलाई निको पार्नुभयो, र रोगी र दुष्टात्मा लागेका थुप्रैसित उहाँ व्यस्त हुनुभयो।
तर भोलिपल्ट बिहान अबेरसम्म सुत्‍नुको सट्टा उहाँ प्रार्थना गर्नालाई सबैरै उठ्नुभयो।
चेलाहरूले उहाँलाई भेट्टाए र एउटा विशाल भीड उहाँसित भेट्नलाई पर्खिरहेको छ भनेर जब उहाँलाई बताइयो, उहाँ अझ अरू गाउँ तथा शहरहरूमा पनि जानुपर्छ भनेर जवाफ दिनुभयो।
यहाँ हामीले सिक्नुपर्ने पाठहरू छन्:
दिन जति व्यस्त हुन्छ, प्रार्थनाको त्यति नै बढी खाँचो हुन्छ।
हामीले प्रार्थनाको शान्त स्थानमा नै त्यस दिनका लागि "स्वर्गीय हुकुमहरू" प्राप्‍त गर्न सक्छौं।
प्रार्थनाले दर्शन वा दृष्टिलाई निर्मल पार्छ, कर्तव्यलाई परिभाषित गर्छ, आत्मालाई मृदु बनाउँछ, अठोटलाई प्रबल बनाउँछ।
३) भीडको ठेलमठेलमा (लूका ५:१६)
"अनि उहाँ सुनसान ठाउँहरूमा जानुहुन्थ्यो, र प्रार्थना गर्नुहुन्थ्यो।"
यो वाक्यरचनाले उहाँका व्यस्त दिनहरू कस्तो किसिमको आदतले भिजेको थियो भन्ने सङ्केत दिन्छ।
मानिसको भीड लाग्दा प्रार्थना गर्ने अवसर कम हुन्थ्यो तर त्यसको आवश्यकता झन् बढी हुन्थ्यो त्यसैले मौका पाउने बित्तिकै उहाँ भीडबाट अन्यत्र जानुभई प्रार्थनामा समय बिताउनुहुन्थ्यो।
हाम्रो जीवनमा बाहिरबाट जति चापाचाप आइपर्छ त्यति नै बढी प्रार्थनाको समय नछोट्टिनका लागि डाही बनी सचेत रहनुपर्छ। प्रार्थना निराशाको विरुद्धमा सुरक्षा हो।
४) बाह्रजनालाई चुन्नुअगाडि (लूका ६:१२)
"ती दिनहरूमा…" ती दिनहरू यस्ता थिए:
भीडहरूका बीच लोकप्रियता
फरिसीहरूको बढ्दो दुश्मनी
उहाँको विशाल आत्मिक भवन अर्थात् मण्डलीको जग-ढुङ्गा हुनलाई चुन्ने काम (हेर्नू: एफेसी २:२०; प्रकाश २१:१४; मत्ती १६:१८)।
रातभरि प्रार्थनामा जागो रहँदाको सुनसानमा परमेश्वर पिताले येशूलाई बाह्रजना "दिनुभयो" (हेर्नू: यूहन्ना १७:६,९,११,१२)।
हामीले सिक्नुपर्ने पाठहरू:
महत्त्वपूर्ण निर्णयहरू गर्नु अगाडि धेरै प्रार्थना गर्नुपर्छ।
प्रार्थना गर्दा परमेश्वरसित सङ्गति पनि गरिन्छ। येशूले त्यत्रो समय माग्ने काम मात्र गरिरहनुभएको थियो भन्ने कुरो अकल्पनीय छ।
येशू ख्रीष्टको हरेक साँचो स्थानीय मण्डलीले पदाधिकारीहरू चुन्ने, पास्टर नियुक्त गर्ने जस्ता काम गर्नुपर्दा यो नमुनालाई पछ्यानुपर्छ। काम गर्नु अगाडि सधैं लामो समयहरू प्रार्थनामा बिताइनुपर्छ।
५) पाँच हजारलाई खुवाउनुभएपछि र पहिलाकै परीक्षाको फेरि सामना गर्नुपर्दा (मत्ती १४:२२,२३; मर्कूस ६:४५,४६; यूहन्ना ६:१५)
पहाडमाथि यस रात के भएको थियो राम्ररी ध्यान दिनुहोस्:
उहाँले बप्तिस्मा दिने यूहन्नाको मृत्यु भयो भन्ने खबर पाउनुभयो -- एक भावनामय घडी (मत्ती १४:१२)
एकलै हुन र आराम लिन उहाँ तलाउको उत्तर-पूर्वी तटमा जानुभयो तर भीड उहाँको पछिपछि आयो (मत्ती १४:१३)।
उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो (मर्कूस ६:३४) र तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो (मत्ती १४:१४) - यसरी नै बाँकी दिन बिताउनुभयो र त्यसपछि वृद्धिको एउटा सामर्थी आश्चर्यकर्मद्वारा सारा जमातलाई खुवाउनुभयो।
उहाँका उदेकलाग्दा आश्चर्यकर्मले उत्तेजित भएर उनीहरू उहाँलाई आफ्नो राजा बनाउन खोज्दछन् (यूहन्ना ६:१५)।
उहाँले आफ्ना चेलाहरूलाई तलाउपारि पठाउनुभयो र प्रार्थना गर्नालाई पहाडको एकान्तमा जानुभयो (मत्ती १४:२३)।
उहाँले के प्रार्थना गर्नुभयो हामीले अड्कल मात्र लाउन सक्छौं। यसो हेर्दा त्यसमा निम्न कुरा समावेश भए होलान्: परीक्षाबाटको छुटकाराको लागि धन्यवाद, शारीरिक र मानसिक नवीकरणका लागि विन्ती, र तलाउमा यात्रा गरिरहेका त्रसित चेलाहरूको विश्वासलाई हौसला दिन सक्नका लागि सामर्थ्य। (साथै उहाँले पानीमाथि-माथि हिँड्न र पत्रुसलाई पनि त्यसो गराउन सक्नलाई विशेष सामर्थ्य पनि प्राप्‍त गर्नुभएको थियो कि?)
६) सिजरिया फिलिप्पीमा (लूका ९:१८)
यहाँ भएको कुनचाहिँ अनौठो अभिव्यक्तिले ध्यानलाई आकर्षण गर्दछ?
अरूहरू उपस्थित हुँदा पनि उहाँलाई पितासित एक्लै हुन सम्भव गराउने आत्माको एकान्तताको अभ्यास गर्न उहाँ जान्नुहुन्थ्यो।
"यी कतिपय आखिरी घटनाहरूले यस्तो सङ्केत दिएको जस्तो देखिन्छ कि उहाँले उनीहरू (बाह्रजना) लाई उहाँसितको त्यो गुप्त सामर्थ्यको आकर्षणका निम्ति उहाँ जस्तै तृषित बनाउन चाहनुभएको थियो" (गोर्डन, २२०)।
७) रूप परिवर्तन हुँदा (लूका ९:२९)
प्रार्थना गरिरहनुहुँदा उहाँको रूप बदलियो।
यसले कुनै कुराको सङ्केत दिँदैछ (हेर्नू: रोमी १२:२; २ कोरिन्थी ३:१८)। विश्वासीको जीवन विस्तारै विस्तारै रूपान्तरण हुने काममा प्रार्थनाको कुनै भूमिका छैन र?
८) सत्तरीजना फर्केर आएपछि (लूका १०:२०,२१)
योचाहिँ एक किसिमको उद्‍गारको प्रार्थना (ejaculatory prayer) थियो अर्थात् एकाएक गरिएको प्रार्थना।
यहाँ उहाँको हृदयको आनन्द प्रस्फुटित भएको देखिन्छ। उहाँ सधैं पिताको उपस्थितिको अनुभूति गर्नुहुन्थ्यो र उहाँसित बोल्नु उहाँको लागि एकदमै स्वाभाविक कुरो थियो।
९) जब उहाँको प्रार्थना गराइले चेलाहरूको इच्छालाई जगायो (लूका ११:१)
निःसन्देह उनीहरू प्रार्थना गर्ने मानिस थिए, तर उनीहरूले येशूको प्रार्थना गराइमा यस्तो गुण भएको महसुस गरे कि उनीहरूलाई आफूहरू प्रार्थनाको बारेमा केही नजान्नेहरू रहेछौं भन्ने लाग्यो।
"प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्" भन्ने उनीहरूको अनुरोधले गर्दा प्रभुले "दृढतापूर्वक माग्ने छेमेकी" को दृष्टान्त बाट शिक्षा दिने मौका लिनुभयो।
१०) लाजरसलाई पुनर्जीवित पार्नुहुँदा (यूहन्ना ११:४१,४२)
चिहान भएको ठाउँमा आइपुग्नु अगावै उहाँले एकलै प्रार्थना गर्दै हुनुहुन्थ्यो भन्ने कुराको यहाँ सङ्केत दिइएको छ र त्यहाँ हुन गएका घटनाहरू उहाँको प्रार्थनाकै जवाफस्वरूप घटेका हुन्।
येशूको प्रार्थनाको जीवनका यी विभिन्न घटनाहरूलाई नियालेर हेर्दा उहाँले आफ्ना सामर्थ्यका कामहरू पवित्र आत्माको सामर्थ्यमा गर्नुभएको थियो भन्ने कुरा स्पष्ट हुन आउँछ जुन सामर्थ्य उहाँले प्रार्थनाद्वारा प्राप्‍त गर्नुहुन्थ्यो।
११) जब कोही ग्रीक खोजकर्ताहरू उहाँकहाँ ल्याइए (यूहन्ना १२:२७,२८)
योचाहिँ उद्‍गारको प्रार्थना थियो - विश्वासी र अविश्वासी दुवैका बीचमा प्रस्फुटन भएको उहाँको गहीरो भावनाको अभिव्यक्ति।
उहाँले पितासित राख्नुभएको मागले उहाँको वास्तविक मनुष्यत्वलाई झल्काएको छ। डरलाग्दो मृत्युको सम्भावना देखेर झस्किनु मनुष्य स्वभावका लागि पूर्णतयाः स्वाभाविक कुरा हो, पाप होइन।
उहाँले आफूलाई तुरुन्तै पिताको अधीनतामा सुम्पनुभएको कुराले प्रार्थनाको अन्तिम लक्ष्य देखाउँदछ जुन हो परमेश्वरको महिमा।
स्वर्गबाट आएको पिताको जवाफले प्रार्थनामा राखिएका मागहरूले साँच्ची नै वस्तुगत परिणामहरू ल्याउन सक्छन् भन्ने कुराको प्रमाण दिएको छ र त्यसलाई प्रकट गरेको छ।
१२) पत्रुसको निम्ति गरिएको उहाँको अन्तर्विन्ती (लूका २२:३१,३२)
यहाँ उहाँको प्रार्थनाको आदतहरूमध्येको एउटा कुरा झल्केको पाइन्छ। उहाँले पत्रुसको निम्ति नाम लिएर प्रार्थना गरिरहनुभएको रहेछ। उहाँ अर्काका लागि अन्तर्विन्ती गर्ने गर्नुहुन्थ्यो।
आज पनि बौरिउठ्नुभएका प्रभुको प्रार्थनाको सेवाकार्यको मुटु अन्तर्विन्ती हो (हेर्नू: हिब्रू ७:२५; रोमी ८:३४)।
यस प्रार्थनाको जवाफ पक्कै पनि मिल्यो। त्यस रात पत्रुसको साहस टुटे तापनि उसको विश्वास भने टुटेन।
१३) उहाँको महापूजाहारीय प्रार्थना (यूहन्ना १७)
वास्तवमा "प्रभुको प्रार्थना" यसलाई भन्न मिल्छ। उहाँको मृत्यु हुनु अगाडिको रातमा येशूले गर्नुभएको प्रार्थना हो यो। ठीक कुन ठाउँमा उहाँले यो प्रार्थना गर्नुभयो सो अनिश्चित छ तर त्यो यरुशलेम र गेतसेमनीको बीचको ठाउँ हुनुपर्छ भन्ने बुझिन्छ।
यो प्रार्थनालाई तीन खण्डमा सजिलै विभाजन गर्न सकिन्छ: प्रभुले आफ्नो निम्ति, आफ्ना प्रेरितका निम्ति र आफ्नो भावी मण्डलीका निम्ति प्रार्थना गर्नुहुन्छ।
ख्रीष्टले आफ्नो निम्ति गर्नुभएको प्रार्थना (पद १-५)
विन्ती: "तपाईंको पुत्रको महिमा गर्नुहोस्...मेरो महिमा गर्नुहोस्" (पद १,५)
उद्देश्य: "र तपाईंका पुत्रले पनि तपाईंको महिमा गरून्" (पद १)
आधार: उहाँले पूरा गर्नुभएको कार्य (पद २-४)
ख्रीष्टले आफ्ना प्रेरितका निम्ति गर्नुभएको प्रार्थना (पद ६-१९)
विन्ती: "रक्षा गर्नुहोस्" (पद ११,१५), संसारका शत्रुदेखि, अर्थात् पाप र शैतानदेखि। "पवित्र पार्नुहोस्" (पद १७)। पवित्र पार्ने माध्यम परमेश्वरको वचन हो।
उद्देश्य: एकता (पद ११) र आनन्द (पद १३)। (दाँज्नुहोस् यूहन्ना १५:११)
आधार: परमेश्वरसितको सम्बन्ध (पद ६-८, १०) र संसारसितको सम्बन्ध (पद ११)। यसैको कारण उनीहरूलाई ईश्वरीय संरक्षणको खाँचो पर्छ (तुलना गर्नुहोस्: यूहन्ना १५:१८)
ख्रीष्टले आफ्नो मण्डलीको लागि गर्नुभएको प्रार्थना (पद २०-२६)
विन्ती: उनीहरू जीवनमा (पद २१) र वासस्थानमा (पद २४) एक होऊन्
उद्देश्य: वर्तमान समयमा (पद २१,२३), "र...संसारले विश्वास गरोस्"; र भविष्यमा (पद २४) "र...मेरो महिमा तिनीहरूले देखून्"
आधार: पितासितको ख्रीष्टको एकता (पद २१-२३) र ख्रीष्टको निम्ति पिताको प्रेम (पद २४,२५)
सारांशमा, ख्रीष्टले तीनओटा कुराका लागि प्रार्थना गर्नुभयो: (१) आफ्नो महिमाकरणका लागि, (२) प्रेरितका संरक्षणका लागि र (३) सबै विश्वासीहरूलाई एक बनाइनका लागि
१४) गेत्समनीको बगैँचामा (मत्ती २६:३६-४६; मर्कूस १४:३२-४२; लूका २२:४०-४६)
यूहन्ना १७ को प्रार्थनाको चरित्र शान्त छ भने गेत्समनीको तीव्र, किनकि पहिलोचाहिँ अन्तर्विन्तीको प्रार्थना थियो भने दोस्रोचाहिँ एकदमै व्यक्तिगत।
त्यो "कचौरा" -- अर्थात् भोलिपल्ट हुने पिताबाटको विपत्ती र विछोड -- बाट उहाँ फेरि पनि झस्किनुभएकोबाट प्रभुको साँचो मनुष्यत्व झल्केको देखिन्छ।
यस सङ्घर्षसित हामीले आफ्नै अनुभवलाई तुलना गर्नु खास असम्भवै छ किनकि यसमा ख्रीष्टका दुई स्वभावहरूका सारभूत एकता (hypostatic union) को भूमिका हुनु बाहेक हाम्रो निम्ति उहाँले सहनुभएको उहाँको कष्टको सवाल छ।
तर आफ्नो गहिरो खाँचोको घडीमा उहाँले मानव सहचारिताको चाहना गर्नुभएको कुरामा ध्यान दिनुहोस्: "...तिमीहरू यहीं बस, र मसँग जागा रहो।" यहाँ हामी प्रार्थनाको सङ्गतिको चाहना देख्छौं।
प्रार्थनामा ठूलो असफलता हुनुको पछाडीको कारण पनि यहाँ दिइएको छ: "...आत्मा साँच्चै तयार छ, तर शरीर कमजोर छ।"
साथै आफ्ना मानवीय भावनाहरू जस्तासुकै भए तापनि उहाँ पूर्णरूपमा पिताको इच्छामा सुम्पिनुभएको तथ्यलाई ध्यान दिनुहोस्: "...तरै पनि म जे इच्छा गर्छु त्यो होइन, तर तपाईं जे इच्छा गर्नुहुन्छ।"
१५) क्रूसबाट गर्नुभएका प्रार्थनाहरू (मत्ती २७:४६; मर्कूस १५:३४; लूका २३:३४,४६)
प्रभुले जसरी आफ्नो सेवाकार्य प्रार्थनाद्वारा सुरु गर्नुभयो (लूका ३:२१), उसरी नै अन्त पनि गर्नुभयो। क्रूसबाट बोल्नुभएका उहाँका सातओटा "वाक्यहरू" मध्येमा तीनओटा चाहिँ प्रार्थना थिए।निश्चय नै जीवनपर्यन्तका आदत मृत्युको घडीमा झल्कन्छन् नै।

"हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्" (लूका २३:३४)।
यो एक अन्तर्विन्तीको प्रार्थना हो। उहाँका हातले अब परमेश्वरका काम गर्नु असम्भव थियो; उहाँका पाउ अब परमेश्वरका मार्गमा हिँड्नु असम्भव थियो; तर गर्न सकिने सेवाहरूमा सर्वोत्तमचाहिँ उहाँको लागि प्राप्य नै थियो जब उहाँ आफूलाई सताउनेहरूका लागि प्रार्थना गर्नुभयो।
यहाँ हामी हाम्रा प्रार्थनाहरूका एउटा अत्यन्तै ठूलो लक्ष्यलाई हेरिरहेका छौं अर्थात् हामीलाई खराबी गर्नेहरू। हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ र हामीलाई खराबी गर्नेहरूका लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई आज्ञा गरिएको छ (मत्ती ५:४४)। कतिपटक यो असम्भव जस्तै देखा पर्छ तर जसरी येशूले आफूलाई हत्या गरिरहेकाहरूका लागि प्रार्थना गर्नुभयो त्यसरी नै उनीहरूका लागि पनि हामीले प्रार्थना गर्ने अठोट गर्दा यो पहिलाभन्दा धेरै सजिलो हुन थाल्छ।
"हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?" (मत्ती २७:४६; मर्कूस १५:३४)
योचाहिँ हाम्रा पाप-हरणकर्ताको चित्कार थियो जब हाम्रा सबै पापहरू उहाँमाथि हालियो। यो व्यक्तिगत थियो, भयावह थियो, पीडादायी थियो र जान्नै नसकिने थियो।
हाम्रो प्रार्थनाको जीवनका लागि महत्त्वपूर्ण कुरा के सिक्न सक्छौं? अवश्य नै यहाँ हामी पाप कति भयङ्कर थियो भन्ने देख्छौं र त्यसैले व्यक्ति क्षमा र शुद्धिकरणका लागि हामी पाप स्वीकार गर्न छिटो हुनुपर्छ।
"हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु" (लूका २३:४६)।
प्रार्थना येशूको जीवनको आदत नै थियो। उहाँले "निरन्तर" प्रार्थना गर्नुभयो। अब उहाँले आफ्नो जीवन जसरी जिउनुहुन्थ्यो त्यसरी अन्त गर्नुभयो -- पितासित शान्तमय सङ्गति गर्नुहुँदै।
के हामी राम्रो तरिकामा मर्न चाहन्छौं? त्यसो भए हामी राम्ररी जिउनुपर्छ। र मृत्युको अनुभवलाई उचित किसिमले पार गराउने एउटै किसिमको जीवनचाहिँ प्रार्थनाको जीवन हो।
साभार:
Ivan H. French, The Principles and Practice of Prayer, The Great Commission Prayer League, Leesburg, Florida (1985)

परिपक्व र अपरिपक्व विश्वासीका बीच एक तुलनात्मक अध्ययन




एउटा विश्वासी परिपक्व बन्न सक्नलाई ऊ आत्मिक (अर्थात् एक स्वस्थ विश्वासी, पवित्र आत्माको भरपूरी अथवा नियन्त्रणमुनि जिउने विश्वासी) भएर मात्र पनि पुग्दैन; समय पनि लाग्छ। प्रभुमा हुर्कँदै, बढ्दै जानु भनेको समय लाग्ने कुरो हो। एउटा सानो बच्चा स्वस्थ होला तर परिपक्व ऊ निश्चय हुँदैन। परिपक्व बन्न र हुर्कन बच्चालाई समय लाग्छ। गलाती ६:१ ("तिमीहरू जो आत्मिक छौ") को तात्पर्य हुर्कन र बढ्न समय लाग्छ भन्ने हो। प्रभुमा नयाँ गरी जन्मेको एउटा बालक आत्मिक होला, तर गल्ती गर्ने कुनै भाइलाई सुधार्न सक्नलाई चाहिने परिपक्वता र हुर्काइमा ऊ घटी नै हुन्छ। ऊ आत्मामा हिँड्दै गर्‍यो र आत्मिक रूपमा स्वस्थ रहिरह्यो भने, कालान्तरमा उसले त्यस्तो काम पनि गर्न सक्नेछ।

एउटा विश्वासी ख्रीष्टमा हुर्कन र बढ्न नसकेमा ऊ आत्मिक रूपमा बालकै रहिरहन सक्ने खतरा छ। यो अति खेदजनक कुरो हो। पच्चीस वर्ष पुगेर पनि आफ्नो सरसफाइ आफै गर्न नसक्ने, दूधको बोतल चुसेर बस्ने एउटा मान्छेलाई देख्‍नुभयो भने तपाईंलाई कस्तो लाग्ला? दूध नयाँ जन्मेको बालकको लागि ज्यादै उपयुक्त पौष्टिक आहार त हो (१ पत्रुस २:२), तर युवावस्थामा पुगेर पनि दूधै मात्र पिउँछ भने त्यहाँ केही न केही गडबड छ भन्ने हामीलाई महसुस हुन्छ।

पावलले एकजना स्वस्थ, परिपक्व विश्वासीको बयान यसरी गरेका छन्:

"यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका होओ भनी विन्ती गर्न छोडेका छैनौं; कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ; अनि आनन्दसितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ" (कलस्सी १:९- ११)।