Monday, September 11, 2017

बाइबलमा उल्लेखित मद्य के हो?




बाह्रओटा गलत धारणाहरू
यो मिडलटाउन बाइबल चर्चद्वारा प्रकाशित "Wine in the Bible - Twelve Misconceptions that are Commonly Held" बाट अनुदित सामग्री हो।
अनुवादक: सोम लिम्बु मादेन
गलत धारणा #१ -- बाइबलमा प्रयोग भएको "मद्य" शब्दको अर्थ र अचेल प्रयोग हुने अङ्ग्रेजी शब्द wine ("वाइन्", मद्य) को अर्थ एउटै हो। यसले सधैं किण्वीकरण गरिएको (fermented), नशालु, मात लगाउने, रक्सीयुक्त पेय पदार्थलाई जनाउँदछ।
गलत धारणा #२ -- बाइबलमा प्रयोग गरिएको wine "मद्य" शब्दले जहिले पनि किण्वीकरण गरिएको, नशालु, पेय पदार्थलाई जनाउँदछ।
गलत धारणा #३ -- wine "मद्य" लाई यसको किण्वीकरण नभएको अवस्थामा (गुलियो दाखरसको अवस्थामा) लामो समयसम्म जोगाइराख्न सकिन्छ भन्ने कुरा प्राचीन समयकाहरूलाई थाहा थिएन।
गलत धारणा #४ -- कानाको विवाह भोजमा प्रभु येशूले ४५० लिटरभन्दा बढी पानीलाई रक्सीयुक्त (नशालु) मद्यमा परिणत गर्नुभयो (यूहन्ना अध्याय २)।
गलत धारणा #५ -- अन्तिम भोजमा प्रयोग गरिएको मद्य किण्वीकरण गरिएको दाखमद्य थियो र त्यसैले आज मण्डलीको प्रभु-भोजमा रक्सीयुक्त (नशालु) मद्य प्रयोग गरिनुपर्छ।
गलत धारणा #६ -- प्रभु येशूले अक्सर किण्वीकरण गरिएको मद्य पिउनुहुन्थ्यो।
गलत धारणा #७ -- विश्वासी जनहरूलाई रक्सीयुक्त मद्य पिउन छुट छ किनभने १ तिमोथी ५:२३ मा पावलले तिमोथीलाई रक्सीयुक्त मद्य पिउनलाई सल्लाह दिए।
गलत धारणा #८ -- ती प्राचीन समयकाहरूले गुलियो दाखरस भन्दा रक्सीयुक्त मद्य मन पराउँथे। किण्वीकरण गरिएको मद्य नै मन पराइएको पेय पदार्थ थियो।
गलत धारणा #९ -- होशे ४:११ को नयाँ मद्य रक्सीयुक्त मद्य थियो।
गलत धारणा #१० -- "कडा मद्य" भनेर अनूदित हिब्रू शब्दले जहिले पनि कडा रक्सीयुक्त पेय पदार्थलाई जनाउँदछ।
गलत धारणा #११ -- "नयाँ मद्य" ले किण्वीकरण गरिएको रक्सीयुक्त मद्यलाई जनाउँदछ।
गलत धारणा #१२ -- विश्वासी जनहरूले थोरै रक्सी (संयमसाथ) पिउँदा हुन्छ तर धेरै पिउनु हुँदैन।

No comments:

Post a Comment